कञ्चनपुर घटनाः निर्मला र सन्नीका परिवारलाई सरकारको १०-१० लाख

कञ्चनपुर घटनाः निर्मला र सन्नीका परिवारलाई सरकारको १०-१० लाख
काठमाडौं, १० भदौ ।  सरकारले कञ्चनपुरमा बलात्कार गरी हत्या गरिएकी किशोरी निर्मला पन्त र शुक्रबार प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मारिएका किशोर सन्नी खुनाका परिवारलाई राहत स्वरुप १० लाख दिने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतक किशोर र बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई राहत स्वरुप १०-१० लाख रुपैयाँ दिने निर्णय गरेक...

छोरी जन्मिए बैँक खाता !

छोरी जन्मिए बैँक खाता !
बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोेरी प्रतिज्ञालाई जन्म दिइन । परिवारले जन्म द र्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैँक खाता खोलिदियो । परिवारले अन्नप्राशनमा जम्माा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्म गरिदिए । नगरपालिकाले खाता खोलिदिएपछि छोराका लागि बचत गर्ने प्रेरणा मिल्यो, आमा सुशीलाले भनिन्, छोरी विद्यालय जाँदासम्म ५० हजार रकम जम्मा गरिदिने लक्ष्य छ । प्रतिज्ञाको मत्र हो...

भारतले नियुक्त गर्‍यो नेपालीभाषी राजदूत

भारतले नियुक्त गर्‍यो नेपालीभाषी राजदूत
काठमाडौं / भारतले नेपालीभाषीलाई अफ्रिकी मुलुक कंगोका लागि राजदूत नियुक्त गरेको छ। भारतको दार्जीलिङकी नेपालीभाषी निना छिरिङ लालाई भारतले राजदूत नियुक्त गरेको हो। उनी गोर्खाली समुदायकी पहिलो राजदूत हुन्। उनी सन् १९९१ मा भारतीय परराष्ट्र सेवा प्रवेश गरेकी थिइन्। राजदूतमा नियुक्त हुनुअघि उनी भियतनामस्थित नियोगकी डिपुटी मिसन प्रमुख रहेकी थिइन्। उनले यसअघि अल्जेरिया, ट्युनिसिया, फ्रान्सस्थित भारतीय न...

निर्मला हत्या प्रकरणः प्रहरी घटना मोड्नमै तल्लीन !

निर्मला हत्या प्रकरणः प्रहरी घटना मोड्नमै तल्लीन !
साउन १० गते बिहान साथी रोशनी बमको घरमा गएकी छोरी निर्मला पन्त साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिईन । उनले प्रहरी गुहारिन् । गाउँलेले पनि खोजी गरिदिन प्रहरीलाई आग्रह गरे । दुर्गादेवीले प्रहरीचौकीमा राति दुई बजेसम्म बसेर छोरी खोजिदिन अनुनयविनय गरिन्, तर, प्रहरीले आनाकानी गरेर उनको अनुरोध मानेन् । प्रहरीले तयही साँझ छोरीको खोजी गरिदिएको भए सास नभेटिए पनि दोषी पत्ता लाग्न सक्थ्यो, उनले भनिन...

निरु पाल धम्की प्रकरणः तीन सातासम्म अनुसन्धान अपुरो

निरु पाल धम्की प्रकरणः तीन सातासम्म अनुसन्धान अपुरो
काठमाडौं / १५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा सांसद निरुदेवी पाललाई एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भयो । तेस्रो दिन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन टोली पनि गठन भयो । छानबिनको २० दिन बितिसक्दा पनि समितिले कुनै तथ्य सार्वजनिक गर्न सकेको छैन । प्रहरीको अनुसन्धान अपुरो हुँदा घटना नै वास्तविक होइन कि...

‘वाइड बडी’ उडाउन नयाँ गन्तव्य पाएन निगमले

‘वाइड बडी’ उडाउन नयाँ गन्तव्य पाएन निगमले
काठमाडौं, ८ भदौ ।  नेपाल वायु सेवा निगमको वाइड बडीलाई थप अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने योजना विफल भएको छ । दुईवटा वाइड बडी विमान ल्याएर थप तीन देशमा उडान भर्ने निगमको योजना युरोपियन युनियन (ईयू) ले लगाएको प्रतिबन्धका कारण असफल भएको हो । नयाँ गन्तव्यमा उडान अनुमति नपाएपछि निगमले हाल सञ्चालन भइरहेकै सेक्टरमा दुवै वाइड बडी उडाउनुपर्ने बाध्यता आइलागेको छ । निगमले भारतको नयाँदिल्ली, बेंगलोर, मु...

रातमा ट्रिपरको लर्को, ध्वनी प्रदुषण चर्को

रातमा ट्रिपरको लर्को, ध्वनी प्रदुषण चर्को
काठमाडौं, ८ भदौ  ।   काठमाडौं उपत्यकामा राति ८ बजेपछि मात्रै ट्रिपर चलाउने निर्णय भएसँगै सडक दुर्घटना केही कम भएपनि अन्य प्रकारका समस्या निम्तिन थालेका छन् । उपत्यका प्रवेश गर्ने विभिन्न नाकाबाट एकै पटक ५ हजार भन्दा धेरै ट्रिपरहरु राजधानी भित्रँदा रात्रीकालिन जनजिवन समेत प्रभावित बन्न थालेको छ । केही दिन अघि भक्तपुरको मध्यपुर ठिमीमा साती साढे ११ बजे आसपासको समयमा ट्रिपरबाट ढुंगा झार्दै गर्दा बा २...

विमस्टेकमा बहुपक्षीय ऊर्जा सम्झौताको तयारी

विमस्टेकमा बहुपक्षीय ऊर्जा सम्झौताको तयारी
काठमाडौं, ८ भदौ  ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बहुपक्षीय ऊर्जा सम्झौताको तयारी भएको छ । यससँगै क्षेत्रीय व्यापार र कनेक्टिभिटी पनि सम्मेलनको मुख्य एजेन्डा बन्दै छ । विमस्टेक स्थापना भएको २ दशक पूरा भइसक्दा पनि स्पष्ट नतिजा नदेखिएको र दिशाहीन बनेको भनेर आलोचना भइरहेका बेला काठमाडौं सम्मेलनले यस्ता विषयलाई प्राथमिकतामा राख्ने ...

मलेसियासँग श्रम सम्झौता हुँदै

मलेसियासँग श्रम सम्झौता हुँदै
काठमाडौँ, ८ भदौ  ।   मलेसियामा सहज रूपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ । अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरूले प्रवेश गर्न पाउनेछैनन् । बायोमेट्रिक, स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरूले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदार...

स्थानीय तहमा मनपरी: एम्बुलेन्स छैन, प्रमुख चढ्न भने लाखौंका गाडी !

स्थानीय तहमा मनपरी: एम्बुलेन्स छैन, प्रमुख चढ्न भने लाखौंका गाडी !
जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्। स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुसारापात भएको छ। प्रदेश १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन। विशेषज्ञ चिक...
trusted online casino malaysia