नेपाल एयरलाइन्सको खेलाँची : राष्ट्रपतिकै उडानमा कार्यविधि उल्लंघन

नेपाल एयरलाइन्सको खेलाँची : राष्ट्रपतिकै उडानमा कार्यविधि उल्लंघन
काठमाडौं,  २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल वायुसेवा निगमले गम्भीर लापर्वाही गरेको पाइएको छ।भण्डारीले गत वर्ष १२ मे २०१७ मा गरेको श्रीलंका भ्रमणका क्रममा निगमले ‘मानक सञ्चालन कार्यविधि’ (स्ट्यान्डर्ड अपरेटिङ प्रोस्युडर) विपरीत पाइलट तथा को–पाइलटको बन्दोबस्त गरेको अन्नपूर्णले फेला पारेको छ। राष्ट्र प्रमुखको हैसियतमा भण्डारीले काठमाडौंदेखि बैंककसम्म निगमको विमान...

अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो !

अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो !
काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए । आमा चमेलीले गार्डेन चोकमा सञ्चालन गरेको चिया पसलमा खाजा खाए । ज्यामिरे–९ सिन्धुपाल्चोक घर भएकी चमेलीले सात वर्षदेखि यही क्षेत्रमा पसल चलाउँदै आएकी छिन् भने उनका श्रीमान् मलेसियामा मजदुरी गर्छन् । विद्यालयबाट निशान आउँदा नियमित ग्राहक गोपाल तामाङ पसलमै थिए । चमेलीले मोबाइल पुरानो ...

कार्यालय खारेज कर्मचारी कामविहीन !

कार्यालय खारेज कर्मचारी कामविहीन !
जिल्ला पशुसेवा कार्यालय काठमाडौंका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ दिनहुँ कार्यालय जान्छन्, हाजिर गर्छन् र घर फर्किन्छन् । गर्छु भने पनि अहिले उनलाई कुनै काम नै छैन । नया“ आर्थिक वर्षदेखि जिल्ला पशुसेवा कार्यालयहरू खारेज भएपछि त्यहाँ कार्यरत कर्मचारीलाई सरकारले समायोजन गर्न नसक्दा कामविहीन भएका हुन् । ‘सधैँ कार्यालय पुग्छु, हाजिर गर्छु र घर फर्किन्छु,’ श्रेष्ठले भने । श्रेष्ठ मात्र होइन ख...

फोहोर व्यवस्थापनमा चुनौती, महामारीको खतरा बढ्यो

फोहोर व्यवस्थापनमा चुनौती, महामारीको खतरा बढ्यो
काठमाडौं, २२ साउन  । काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ । फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता अपनाउन आग्रह गरेको छ । कामपाका वरिष्ठ जनस्वाथ्य अधिकृत राजेन्द्र घिमिरेले पानीको कारण झाडापखाला, हैजा, रगतमासी, जन्डिसलगायतका रोग बढ्न जाने सम्भावना बढेको ब...

पूर्व साँसद विक ठगी आरोपमा हिरासतमा

पूर्व साँसद विक ठगी आरोपमा हिरासतमा
पर्वत, २२ साउन ।  अमेरिका पठाईदिन्छु भन्दै बिभिन्न ब्यक्तिबाट लाखौ रुपैँया ठगी गरेको आरोपमा पुर्व साँसद मिठाराम बिश्वकर्मा (दुःखी) बैदेशिक रोजगार बिभागको हिरासतमा परेका छन । नेपाली कांग्रेसबाट संसद पूर्नस्थापना पछि अन्तरिम ब्यबस्थापिका संसदको सदस्य बनेका बिश्वकर्मा चार हप्ता देखि बैदेशिक रोजगार बिभागको हिरासतमा परेका हुन । पुर्व साँसद बिश्वकर्माले पर्वतको कुस्माका दुई युवालाई अमेरिका पठाउँछु भन...

‘होमवर्क’ गर्दागर्दै पुरिए बालक, ठाँटीबजार शोकमा डुब्यो

‘होमवर्क’ गर्दागर्दै पुरिए बालक, ठाँटीबजार शोकमा डुब्यो
जाजरकोट, २२ साउन ।  कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार डेरा फर्किइन् । फर्किंदा डेरा बसेको घरको नामोनिसान फेला पार्न सकिनन् । पहिरोले घरसँगै उनका दुई भाइ गोविन्...

मौरिससमा विद्यार्थी पठाउन रोक

मौरिससमा विद्यार्थी पठाउन रोक
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मौरिससमा पढ्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन रोक लगाएको छ । दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयको सुझावमा मन्त्रालयले अनुमतिपत्र दिन रोकेको हो । दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर अध्ययनका लागि मौरिसस पुगेका विद्यार्थी पटक/पटक अलपत्र परेर उद्धार गर्नुपरेको जानकारी गराएको थियो । दूतावासको सुझ...

अधिकृतद्वारा अढाइ वर्षमै ७ करोड भ्रष्टाचार

अधिकृतद्वारा अढाइ वर्षमै ७ करोड भ्रष्टाचार
काठमाडौं, २२ साउन  ।  अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो । अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्य...

तेह्रथुमको छथरमा बसाइँ सर्नुहाेस्, पाउनुहाेस् लाखौँको ईनाम !

तेह्रथुमको छथरमा बसाइँ सर्नुहाेस्, पाउनुहाेस् लाखौँको ईनाम !
तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लख रुपैयाँ इनाम दिने नीति लिएको छ । त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको छ । नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएके अधिकारीहरुले जनाएका छन् । नागरिकलाई ब्यावासयिक तथा गाउँपालिकामा रहेको नागरिकलाई आर्थिक रुपमा समृद्ध...

४५ लाख क्षतिपूर्ति तिरेर स्वदेश फर्किएपछि राईको परिवारमा खुसी

४५ लाख क्षतिपूर्ति तिरेर स्वदेश फर्किएपछि राईको परिवारमा खुसी
काठमाडौं, २१  साउन  । साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल ९झन्डै ४५ लाख रुपैयाँ० बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए ।साउदीमा जेलबाट छुटेर त्रिभुवन विमानस्थलमा आइपुगेका प्रेमबहादुर राई आफ्ना पत्नी सरिता र छोरीसँग । राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुना...
trusted online casino malaysia