स्थानीय तहमा नयाँ फर्निचर र गाडी खरिद रोकिने

स्थानीय तहमा नयाँ फर्निचर र गाडी खरिद रोकिने
काठमाडौं – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयले देशभरका जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई मन्त्रिपरिषद्बाट स्वीकृत भएको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन कार्यान्वयनका लागि निर्देशन दि...

फास्ट ट्रयाकमा विश्व बैंकको ऋण

फास्ट ट्रयाकमा विश्व बैंकको ऋण
काठमाडौं, २४ जेठ ।   स्वदेशी लगानीमै बनाउने भन्दै सुरु गरिएको तराई–मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) मा सरकारले विश्व बैंकको ऋण प्रयोग गर्ने भएको छ । ७६.२ किमि लामो फास्ट ट्रयाक बनाउन आन्तरिक स्रोतको अभाव हुनुका साथै आगामी वर्षबाट निर्माणका लागि उल्लेख्य बजेट आवश्यक पर्ने भएपछि सरकारले विश्व बैंकको ऋण लिन लागेको हो । आगामी वर्ष ९ अर्ब ७५ करोड रुपैयाँ ऋण रकम प्रयोग गरिनेछ ।  ‘विश्व बैंककै चासोअन...

सरकारले ३ महिनामै बाँड्यो १ करोड

सरकारले ३ महिनामै बाँड्यो १ करोड
काठमाडौं – सरकारले उपचार खर्च र आर्थिक सहायताका नाममा ३ महिनामा १ करोडभन्दा बढी रकम बाँडेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत् १ करोडभन्दा बढी आर्थिक सहयोग बाँडिएको हो । कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका , विभिन्न आन्दोलनका घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिए पनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको हो । ...

ठेकेदार समात्न गृहलाई भनेका छैनौंः गौतम

ठेकेदार समात्न गृहलाई भनेका छैनौंः गौतम
काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले समयमा काम सम्पन्न नगरेको भन्दै ठेकेदारलाइर्ए बारबाही गर्ने अभिव्यक्ति दिइरहेका बेला सडक विभागले अहिलेसम्म गृह मन्त्रालयसँग सहयोगका लागि आग्रह नगरिएको प्रस्ट पारेको छ । विभागले समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने प्रक्रिय ऐन, कानुनले तोकेअनुसार नै भइरहेको समेत जनाएको छ । समयमा काम नगर्ने ठेकेदारलाई सम्झौताअनुसार कारबाही गर्ने क्रम जारी रहेको विभागका ...

हुण्डी विरुद्ध प्रहरीको कडाई, अष्ट्रेलियाबाट यसरी भित्रिन्छ अवैध रकम

हुण्डी विरुद्ध प्रहरीको कडाई, अष्ट्रेलियाबाट यसरी भित्रिन्छ अवैध रकम
काठमाडौं, २४ जेठ । सुन तस्करी, खेलमा हुने सट्टेबाजी, घुसदेखि अपहरणजस्ता संगठित अपराधमा हुण्डीमार्फत अवैध कारोबार बढ्न थालेपछि प्रहरीले कडाई शुरु गरेको छ ।देशको अर्थतन्त्रको मेरुदण्ड बनेको विप्रेषण अझै पनि ठूलो परिमाणमा गैरकानुनी हुण्डीमार्फत आउने हुँदा अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा देशमा भित्रिन नसकेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अर्थ मन्त्रालयले हुण्डी कारोबारीविरुद्ध कारबाही गर्न ...

कतारमा लागूऔषधको भरिया नेपाली

कतारमा लागूऔषधको भरिया नेपाली
काठमाडौं – राजकुमार चौधरी २०१७ सेप्टेम्बर ७ देखि कतारको केन्द्रीय कारागारमा छन् ।कतारी अदालतको आदेशअनुसार उनी १५ वर्ष जेल बस्नुपर्नेछ भने भने ३ लाख रियाल (झन्डै ९० लाख रुपैयाँ) जरिवाना बुझाएपछि मात्रै जेलबाट निस्कन सक्नेछन् । अदालतले चौधरी लागूऔषध तस्करीमा संलग्न भन्दै जेल पठाएको हो । कतारको केन्द्रीय कारागारमा रहेका नेपालीमध्ये सबभन्दा बढी जेल सजाय पाउने चौधरी नै हुन् । तर, लागूऔषधमा सजाय पाएक...

आरक्षण अब ८ क्लस्टरमा

आरक्षण अब ८ क्लस्टरमा
काठमाडौं – सरकारले संघीय निजामती प्रशासनमा ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ । यसअघि सरकारले ५ क्लस्टरलाई ४५ प्रतिशत सिटमा आरक्षण दिँदै आएको थियो । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तहरूको व्यवस्था गर्न बनेको विधेयक’ मा संघीय निजामती प्रशासनलाई अझ बढी समावेशी बनाउन सरकारले मुस्लिम, थारू र विपन्न खस–आर्यलाई छुट्टै आरक्षणको प्रस्ताव गरेको छ । विधेयकअनुसार ख...

गृहमन्त्री थापाको सय दिनको उपलब्धि के ?

गृहमन्त्री थापाको सय दिनको उपलब्धि के ?
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयबाट सय दिनमा भएका उपलब्धि सार्वनिक गरेका छन् ।गृहमन्त्रीले सय दिनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यलाई मानेका छन् । त्यसपछि सुन तस्कारीको जालो भत्काउन सफल हुनु मन्त्रालयको अर्को उपलब्धि रहेको उनको दाबी छ । सनम शाक्य हत्याकाण्डको अनुसन्धान गर्न गृह मन्त्रालयको सहसचिव नेतृत्वको छानबिन समिति गठन र सुन ततस्करी...

हिमालयन बैंकलाई राष्ट्र बैंकको अंकुश, श्रेष्ठ र राणाबीच विवाद

हिमालयन बैंकलाई राष्ट्र बैंकको अंकुश, श्रेष्ठ र राणाबीच विवाद
काठमाडौं, २४ जेठ । कर्जा प्रवाह र जग्गा खरिदमा विवाद नै विवादमा फसेको हिमालयन बैंकलाई राष्ट्र बैंकले अंकुश लगाउने तयारी गरेको छ ।राष्ट्र बैंकले शेयर स्वामित्वका आधारमा सञ्चालन समितिको व्यवस्था गर्न निर्देशन दिएसँगै बैंकभित्र लफडा बढेको छ । आइतबार राष्ट्र बैंकको पत्र आएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले शेयरधनीका आधारमा सञ्चालक समिति गठन गर्ने प्रक्रिया शुरु गरेका छन् ।शेयरधनीका आधार...

बाँदर नियन्त्रण गर्न बजेट, युवालाई बाँदर समात्ने जागिर

बाँदर नियन्त्रण गर्न बजेट, युवालाई बाँदर समात्ने जागिर
पर्वत – बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि पर्वतको महाशिला गाउँपालिकाले बजेटै छुट्याएर नियन्त्रण गर्ने योजना अघि सारेको छ ।गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको छ । सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लाडि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेश गरेका थिए । गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्त...
trusted online casino malaysia