मुआब्जामै अल्झियो अन्तर्राष्ट्रिय क्रिकेट मैदान
काठमाडौं / दुई वर्षभित्र सक्ने लक्ष्यसहित १९ माघ ०७१ मा निर्माण सुरु गरिएको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान चार वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । २ सय ९४ रोपनी सरकारी जग्गामा भइरहेको निर्माणको अधिकांश काम सकिए पनि पूर्व-पश्चिम क्षेत्रको ४६ आना ३ पैसा निजी जग्गाको मुआब्जा विवाद नसल्टिँदा आयोजना लम्बिएको हो ।
जग्गा मुआब्जा विवाद रहेको पूर्व-पश्चिम क्षेत्रमा प्याराफिट निर्माण गर्...












