विकासमा जुट्न जनप्रतिनिधिलाई प्रधानमन्त्री ओलीको निर्देशन

विकासमा जुट्न जनप्रतिनिधिलाई प्रधानमन्त्री ओलीको निर्देशन
दमक, १९ वैशाख । प्रधानमन्त्री केपी ओलीले आफ्नो ठाउँको विकासमा जुट्न झापाका जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । उनले आफ्नो ठाउँको विकासको सम्भावना अध्ययन गरेर गुरुयोजना निर्माणमा जुट्न स्थानीय तहलाई निर्देश गरेका हुन् । मंगलबार चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको हलमा जिल्ला सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको काममा विवाद नगर्न आग्रह गरे । उनले मुलुक निरर्थक बहस र विवादमा नअल्झी वि...

सुनकाण्डमा को-को पक्राउ परे, नयाँ फाइल खोल्दै समिति, न सुन छ, न मुख्य अभियुक्त

सुनकाण्डमा को-को पक्राउ परे, नयाँ फाइल खोल्दै समिति, न सुन छ, न मुख्य अभियुक्त
काठमाडौं, १९ वैशाख । समितिका संयोजक पौडेलले प्रारम्भमा प्रहरी, केही व्यवसायी र एयरलाइन्सका केही कर्मचारी पक्राउ गरिए पनि छानबिनको दायरा अब फराकिलो पारेर लगिने बताए । ‘अहिले झट्ट हेर्दा प्रहरी मात्रै समातिए भन्ने गुनासा आएका छन् । तर, त्यो मात्रै होइन’, समितिका संयोजक पौडेलले भने, ‘भन्सारका कर्मचारी पनि हाम्रा निगरानीमा छन् । विमानस्थल मात्रै नभई स्थलमार्गबाट हुने तस्करीबारे पनि अनुसन्धान गर्छौ...

पाँच महिनापछि फर्किएका डा. देवकोटाको न्युरो अस्पतालमा उपचार

पाँच महिनापछि फर्किएका डा. देवकोटाको न्युरो अस्पतालमा उपचार
काठमाडौँ, १९ वैशाख । वरिष्ठ स्नायु शल्य चिकित्सक प्रा.डा. उपेन्द्र देवकोटा पाँच महिनापछि स्वदेश फर्किएका छन् ।बेलायतबाट फर्केर उनी बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका छन् । उनको सघन रुपमा उपचार चलिरहेको अस्पतालले जनाएको छ । न्युरो अस्पतालले डा.देवकोटाको उपचारबारे कुनै जानकारी सार्वजनिक गरेको छैन । गत शनिबार नेपाल फर्केका डा.देवकोटाको स्वास्थ्य स्थिति 'स्थिर' रहेको उपचारमा संलग्न चिकित...

साउदीको जेलमा परेका श्रीमान्‌को रिहाइको माग

साउदीको जेलमा परेका श्रीमान्‌को रिहाइको माग
गोरखा, १९ वैशाख । मजदुर दिवस मनाइरहँदा मंगलबार यहाँ एक महिलाले रोजगारीका लागि विदेश गएर जेलमा परेका श्रीमान्‌को उद्धारका लागि सहयोग गरिदिन आग्रह गरेकी छन् । भीमसेन थापा गाउँपालिका-७ वोर्लाङका कुमार रानामगर सेप्टेम्वर २०१७ देखि प्रहरी हिरासत र जनावरी २०१८ देखि साउदी अरबको अफिम सेन्ट्रल जेलमा छन् । साउदीको खालिद एसअल कम्पनीमा हेल्पर काम गर्दै आएका मगरले सवारीचालक अनुमतिपत्र बिनै चलाएको गाडी २४ अप...

यी हुन् पत्नी पीडित पति, न्याय नपाइ ज्यान गयो

यी हुन् पत्नी पीडित पति, न्याय नपाइ ज्यान गयो
झापा। ‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको न्यायिक समितिमा पुगेर आफ्नो पीडा सुनाउँदै थिए। न्यायिक समिति संयोजक नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले ती युवाको सबै कुरा सुनिन्। उपप्रमुख प्रसाईंले आचार्य बिरामी रहेको थाहा पाइन्। उपप्रमुखले ती युव...

लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र बन्दै

लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र बन्दै
लुम्बिनी, १८ बैशाख । लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ । बुद्धजयन्तीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी छिन् । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको हो । ठूलो क्षमताको हल नहुँदा धे...

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा टोली नेपालमा

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा टोली नेपालमा
जनकपुर / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन्। भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका सुरक्षाकर्मीको टिमले मोदीको भ्रमणका बेला अपनाइने सुरक्षा घेराको स्केच तयार पारेको छ। नेपाली सुरक्षाकर्मीको स...

एउटा बोकाको मूल्य ३ लाख!

एउटा बोकाको मूल्य ३ लाख!
गाउँघरमा एउटा बोकाको मूल्य कति पर्ला? नवलपरासीको एक ब्यवसायिक बाख्रापालन फर्ममा एउटा बोकाको मूल्य ३ लाख छ। नवलपरासीको हर्कपुरमा रहेको बगैंचा फर्म हाउसमा अष्ट्रेलियाबाट ल्याइएको अष्ट्रेलियन बोयर जातका बाख्रा छन्। फर्ममा सबै यूरोपमा काम गरेर फर्किएकाहरु खटेका छन् । उनीहरूले पालेको एउटै बोकाको मूल्य यति धेरै रहेको हो। पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यका कान्छा छोरा वीरभद्र आचार्यलगायत १० जनाको लग...

भदौ १ देखि खुला कारागार सञ्चालनमा आउने

भदौ १ देखि खुला कारागार सञ्चालनमा आउने
काठमाडौं / नेपालको कारागारको इतिहामा पहिलोपटक खुला कारागार सञ्चालनमा आउने भएको छ।  नेपालको कारागारको एक सयवर्षभन्दा लामो इतिहासमा पहिलोपटक खुला कारागार सञ्चालनमा आउन लागेको हो।  यस वर्षको भदौदेखि बाँके जिल्लाको गानापुर भन्ने ठाँउमा खुला कारागार सञ्चालनमा आउने कारागार व्यवस्था विभागले जनाएको छ। सो ठाँउमा विगत पाँच वर्षदेखि खुला कारागार निर्माणको प्रक्रिया अघि बढाएको हो। विभागका शाखा अधिकृत द...

फोर्ड गाडीमा अर्को ठगी, ग्राहकबाट बढी रकम असुल्ने गरेको खुलासा

फोर्ड गाडीमा अर्को ठगी, ग्राहकबाट बढी रकम असुल्ने गरेको खुलासा
काठमाडौँ, १८ बैशाख । सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ। जीओ अटोमोबाइल्स प्रालिले उक्त गाडीको बिक्रीमा ४० प्रतिशतसम्म मूल्य असुलेर उपभोक्तालाई ठगी गरेको भेटिएको हो। उक्त कम्पनीले इकोस्पोर्ट टाइटानियम गाडीको बिक्रीमा करिब १२ लाख ३२ हजा...
trusted online casino malaysia