६ गतेभित्र माग पूरा हुनुपर्ने सर्तसहित १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन
काठमाडाैं । प्रा.डा. गोविन्द केसीले सरकारसँग १० बुँदे सहमति भएपछि बुधबार दुई साता लामो १३ औं आमरण अनशन तोडेका छन् । आफ्नो मागबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत जारी गर्न कात्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गर्न सरकार सहमत भएकाले हाड भाँच्चिएकी १० वर्षीया बालिका रोजिना तामाङको हातबाट मह–पानी पिएर केसीले अनशन तोडेका हुन् । सरकारले गरेको सहमतिअनुसार शैक्षिक वर्ष २०७४/७५ ...











