रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने
काठमान्डाैं / रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुननिर्माणको कामसमेत सुरु भएको छ । यसका लागि मूल मन्दिर वरिपरि यसअघि राखिएका क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ । मन्दिर परिसरमा चुनासुर्की प्रयोग गरेर मूल मन्दिर वरिपरिको प्यासेज पुननिर्माण थालिएको हो । त्यसका लागि रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिर नजिकै ...

नेकपा भित्र आन्तरिक विवादः माधवकुमार नेपालको बरियता खोसियो

नेकपा भित्र आन्तरिक विवादः माधवकुमार नेपालको बरियता खोसियो
काठमान्डाैं / नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको बरियता खोसिएको छ । यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ । आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको बरियताक्रममा उनलाई ल्याइएको छ । खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए । आजको न...

देशभरका १५ स्थान विश्व सम्पदा सूचीमा पर्ने सम्भावना टर्दै

देशभरका १५ स्थान विश्व सम्पदा सूचीमा पर्ने सम्भावना टर्दै
काठमान्डाैं / पुरातत्त्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका १५ महत्तवपूर्ण स्थान हालसम्म पनि युनेस्कोको सूचीमा पर्न सकेका छैनन् । सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्त्व विभागले सम्भावित १५ स्थानको दस्तावेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूह (युनेस्को) लाई बुझाएको थियो । बीचमा सरकारी निकायले युनेस्कोसँग छलफल नगर्दा ...

नेकपामा राष्ट्रपतिको सक्रियता

नेकपामा राष्ट्रपतिको सक्रियता
काठमान्डाैं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ । पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो । स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउन र जबजका पक्षमा बलियो मत बनाउन राष्ट्रपति भण्डारी...

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने
काठमान्डाेैं / छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ । ‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो । अब काम अघि बढ...

काम खोज्दै नेपाल आउने विदेशीको संख्या बढ्दै

काम खोज्दै नेपाल आउने विदेशीको संख्या बढ्दै
काठमान्डाैं / वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो । आर्थिक वर्ष २०७४/७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ रहेकोमा गत आर्थिक वर्षमा वर्षमा दुई हजार हराहारीमा...

लाल आयोगको प्रतिवेदन : क्षेत्राधिकार नाघेर दरबार हत्याकाण्डसम्मको व्याख्या

लाल आयोगको प्रतिवेदन : क्षेत्राधिकार नाघेर दरबार हत्याकाण्डसम्मको व्याख्या
काठमान्डाैं / संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर प्रतिवेदनमा ‘राजदरबार हत्याकाण्ड’ लगायत विषय समेटेको छ । तत्कालीन राजपरिवारको हत्या कसले गर्यो भन्ने विषय विवादित रहेकै अवस्थामा आयोगको प्रतिवदेनमा ‘युवराज दीपेन्द्रले अरुको हत्या गरेर आफूले आत्महत्या गरेको’ उल्लेख छ । इतिहासदेखिका घटनाको प्रसंग...

२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड

२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड
काठमान्डाैं / २८ वाणिज्य बैङ्कले आव २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ मुनाफा गरेका छन् । आव ०७४/७५ मा तुलनामा बैङ्कहरुको खुद नाफा २४.५८ प्रतिशत बढेको हो । २०७४/७५ मा बैङ्कहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए । २०७४/७५को तुलनामा तीन बैङ्कको नाफा घटेको छ भने बाँकी २५ बैङ्कले नाफा बढाएका छन् । कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य वृद्धि भएको छ । आव ०७५/७६ मा वाणिज्य बैङ्कहर...

बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही

बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही
काठमान्डाैं / सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैङ्कमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सूचना जारी गरी श्रम कानुन अनुसार तोकिएको न्यूनतम पारिश्रमिक श्रमिकहरुलाई बैङ्कमार्फत उपलब्ध गराउन उद्योग र प्रतिष्ठानहरुलाई सचेत गराएको हो । सूचनामा श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोक...

नेपालगन्जमा गाई राजनीति

नेपालगन्जमा गाई राजनीति
नेपालगन्ज / नेपालगन्जमा उपमहानगरपालिकाले वडा नं २१ मा निर्माण गरेको कान्जी हाउसभित्र अहिले चार सयदेखि पाँच सयकोको हाराहारीमा छाडा गाईगोरु थुनिएका छन् । उपमहानगरको मुख्य र भित्री सडकमा गरी झनै एक हजार पाँच सयको संख्यामा छाडा गाईवस्तु रहेको अनुमान गरिएको छ । भारतबाट भित्रीएका यस्ता गाईगोरु व्यवस्थापन गर्न उपमहानगरपालिकालाई हम्मेहम्मे परिरहेको छ । घाँस र पानी नपाउँदा गाईबस्तु मर्ने क्रम पनि चलिरहे...
trusted online casino malaysia