नयाँ दर्ता र रिट्रायल बन्द
काठमान्डाैं, असोज ७ / यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय बागमती एकान्तकुनाले शुक्रबारबाट नयाँ दर्ता र रिट्रायल सेवा बन्द गरेको छ । कार्यालयका सूचना अधिकारी ईश्वरराज रेग्मीले अन्य सेवा भने सुचारु रहने बताए । -अब नयाँ दर्ता र रिट्रायल असोज २२ बाट सुरुचारु हुनेछ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।












