प्रदेश २ को प्रारम्भिक मतपरिणामः के भन्छन् प्रतिष्पर्धी दलका नेता ?

प्रदेश २ को प्रारम्भिक मतपरिणामः के भन्छन् प्रतिष्पर्धी दलका नेता ?
काठमाडौं ।  प्रदेश २ मा असोज २ गते भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहेको छ । मतपरिणाम सार्वजनिक भइरहँदा निर्वाचनमा सहभागी दलहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कसैले सन्तोष व्यक्त गरेका छन् भने कसैले मनी र मसलको बलमा चुनाव भएकाले परिणाम प्रभावित भएको आरोप लगाएका छन् । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रदेश नम्बर २ को आठ जिल्लामा समग्र जनमतका हिसाबले धेरैअघिदेखि...

२० गतेदेखि सत्याग्रह थाल्ने केसीको चेतावनी

२० गतेदेखि सत्याग्रह थाल्ने केसीको चेतावनी
काठमाण्डाै । प्रा.डा. गोविन्द केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझावअनुसार परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्नुपर्नेलगायत चारबुँदे माग पूरा नभए असोज २० देखि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । उनले गुणस्तरीय चिकित्सा शिक्षा र सेवामा आम नागरिकको पहुँच स्थापित गर्ने आफ्नो अभियानका बाबजुद माफियागिरी हावी रहेको उल्लेख गर्दै सत्याग्रह थाल्ने चेतावनी दिएका हुन् । ड...

सभामुखलाई विदेश उड्ने हतारो: एकै दिन सात विधेयक पारित

सभामुखलाई विदेश उड्ने हतारो: एकै दिन सात विधेयक पारित
काठमाडौं । सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किने भएपछि मंगलबार व्यवस्थापिका-संसद्ले एकै दिन सातवटा विधेयक पारित गरेको छ । सभामुख घर्ती आज (बुधबार) चीन भ्रमणमा जाँदै छिन् । संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीच दसैं, तिहारलगायत चाडपर्व परेका कारण मंगलबार संसद् बैठक दुईपटक बसेर विधेयकहरू पारित गरिएका हुन् ।  (विदेश भ्रमणमा जाने भएपछि सभामुखले संविधान दिवसकै दिन (मंगलबार) संसद् बैठक ...

२ नम्बरमा ५ पार्टीबीच तीव्र प्रतिस्पर्धा

२ नम्बरमा ५ पार्टीबीच तीव्र प्रतिस्पर्धा
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशको मतदान सकिएसँगै मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । मतगणना भएका स्थानीय तहमा शुरुआती परिणाम मिश्रितरुपमा आएको छ । जसमा कांग्रेस, एमाले, राजपा नेपाल, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । २ नम्बर प्रदेशका वीरगञ्ज महानगर, जनकपुरसहित कलैया र जितपुरसमिरा उपमहामनगरको नतिजा कसको प...

महानगरका मतगन्ने पारा उस्तै : पाँच दिनमा रिजल्ट आउन मुस्किल

महानगरका मतगन्ने पारा उस्तै : पाँच दिनमा रिजल्ट आउन मुस्किल
काठमाण्डाै । प्रदेश नम्बर–२ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको मतगणना जारी छ ।ठाकुरराम बहुमुखी क्याम्पसको भवनमा मंगलबार दिउँसो२ बजेर १० मिनेटबाट मत गणना शुरु गरिएको हो । कुनै बेला मधेस आन्दोलनको केन्द्र बनेको वीरगञ्ज महागरपालिकाका मत परिणाम सबैले चासोको साथ कुरिररहेका छन् । दिउँसो वडा नं १ बाट मत गणना शुरु गरिएको भएपनि अबेररातिदेखि १, २, ३, ३०, ३१, ३२ को मत गणना भईरहेको छ । ६ वटा ट...

कांग्रेस र एमालेबीच झडप : एमाले उम्मेदवारको टाउको फूट्यो

कांग्रेस र एमालेबीच झडप : एमाले उम्मेदवारको टाउको फूट्यो
काठमाडाैं । रौतहटको बृन्दावन नगरपालिकाको मत गणना स्थलमा झडप भएको छ । स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको सो नगरपालिकाका कार्यकारी अधिकृत उदय देवकोटाले बताए । एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका थिए । धाँधली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको थियो । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् । मतगणनास्थलको अवस्था तनावग्रस्त र मतगणन...

संविधान दिवसः कहिले बनिसक्लान् कानुन ?

संविधान दिवसः कहिले बनिसक्लान् कानुन ?
काठमाण्डाै । संविधानसभाद्वारा संविधान जारी भएको मंगलबार दुई वर्ष पुगेको छ । तर सत्ता प्राप्तिको खेल र तीन तहको चुनावमा ज्यादा समय खर्चिंदा संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माणमा भने ढिलाइ भएको छ । यो संविधानको मौलिक हकअन्तर्गतका २५ प्रावधान कानुन बनेपछि मात्र कार्यान्वयन तहमा जान्छन् । त्यसबाहेक विभिन्न जाति, क्षेत्र र समुदाय विशेषलाई सम्बोधन हुने कानुन बनाउनुपर्ने दायित्व पनि छ । दुई व...

मोदीले पठाए संविधान दिवसको पहिलो शुभकामना : के छ मोदीको सन्देशमा ?

मोदीले पठाए संविधान दिवसको पहिलो शुभकामना : के छ मोदीको सन्देशमा ?
काठमाण्डाै । भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । संविधान जारी भएलगत्तै नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भारतले दुई वर्षपछि संविधान दिवसमा शुभकामना दिएको हो । पहिलोपटक भारतीय नेतृत्वले शुभकामना दिएर नेपाल नीति बदलेको सन्देश दिएको छ । ...

नेपालमा रोहिंग्याको संख्या बढ्दै : सरकार बेखबर

नेपालमा रोहिंग्याको संख्या बढ्दै : सरकार बेखबर
काठमाण्डाै । म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ ।राजधानीको कपनस्थित बालुवाखानीमा उनीहरू अस्थायी टहरा बनाएर पाँच वर्षयता शरण लिइरहेका छन् ।  अहिले उनीहरूको संख्या झन्डै पाँच सय पुग्न लागेको छ। शरण लिइरहेका रोहिंग्याहरूका अनुसार एक महिनाअघि मात्रै शिविरमा १३ जना थपिएका छन् । यद्यपि, संख्या बढ्दै गएकोबारे सरकार जानकार छैन ।...

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा : श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा : श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा
काठमाण्डाै । म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको छ । कम्पनीका ११ जनाविरुद्ध २३ करोड ठगी तथा कालोबजारी गरेको मुद्दामा प्रहरीले आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । कम्पनीबाट २३ करोड रुपैयाँ बराबरको म्याद गुज...
trusted online casino malaysia