मन्त्रीलाई २ नम्बर प्रदेशमा जान रोक
काठमाडाैं । निर्वाचन आयोगले २ नम्बर प्रदेशको निर्वाचनमा मन्त्रीसमेत चुनावी प्रचार प्रसारमा सहभागी भएको भन्दै त्यस्तो कार्य गर्न रोक लगाएको छ । प्रदेश २ का जिल्लामा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई उपस्थित नभइदिन आयोगले शुक्रबार आग्रह गरेको छ। असोज २ गते हुने मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्रीबाहेक अन्य मन्त्रीको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्...








