संसदबाट सामूहिक राजीनामा दिने : आन्दोलन चर्काउने रणनीति

संसदबाट सामूहिक राजीनामा दिने : आन्दोलन चर्काउने रणनीति
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद व्यवस्थापिका संसद्बाट सामूहिक राजीनामा दिएर मधेस आन्दोलन पुनः चर्काउने रणनीतिमा  लागेका छन् । काठमाडौंमा बुधबार भएको राजपा नेपालका सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष बैठकले सांसद पदबाट राजीनामा दिएर पुनः मधेस आन्दोलन चर्काउनुपर्ने विषयमा छलफल गरेको हो । राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले पार्टी केन्द्रीय कमिटी बैठकमा सांसदबाट र...

बिजुली किन्न नेपालसँग जीएमआरको गुहार

बिजुली किन्न नेपालसँग जीएमआरको गुहार
काठमाडौं । माथिल्लो कर्णालीको लाइसेन्स लिएर ‘अध्ययन गरिरहेको’ भारतीय कम्पनी जीएमआरले १० वर्षअघि अनुमतिपत्र लिएको माथिल्लो मर्स्याङ्दी-२ (६०० मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली खरिद गरिदिन नेपाललाई गुहारेको छ । सम्पूर्ण अध्ययन सकी दुई वर्षअघि ऊर्जा मन्त्रालयमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाइसकेको जीएमआरको सहायक कम्पनी हिमताल हाइड्रोपावर कम्पनीले विद्युत् प्राधिकरणका कार्यका...

डाक्टर भन्छन् – ‘सय प्रतिशत भत्ता चाहिन्छ’

डाक्टर भन्छन् – ‘सय प्रतिशत भत्ता चाहिन्छ’
काठमाण्डाै । सरकारी चिकित्सक संघ (गोडान)ले एक सय प्रतिशत प्रोत्साहन भत्ता नभएसम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बहिरंग सेवामा काम गर्न बाध्य नहुने जनाएको छ । सरकारले सहमति गरे अनुसार २०७४ सालदेखि सय प्रतिशत प्रोत्साहन भत्ता सुनिश्चित नगरेसम्म अतिरिक्त बहिरंग सेवामा काम नगर्ने गोडानले जनाएको हो । आजको कान्तिपुरमा यो खबर छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण भदौ दोस्रो साता

प्रधानमन्त्री देउवाको भारत भ्रमण भदौ दोस्रो साता
नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा भदौ दोस्रो साता भारत भ्रमणमा अाउने भएका छन्  । ‘अगस्ट २४ अर्थात् ८ भदाैमा भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको’ भारतीय स्रोतले जनाएको छ । भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ ।       प्रधानमन्त्री देउवा भ्रमणको लागि कुन दिन आउने त्यस बारे निधो भएको छैन्, श्रोतले जानकारी दिएको छ। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र...

चेपुवामा बाबुराम , एक वर्ष देखि वैचारिक विवादमा

चेपुवामा बाबुराम , एक वर्ष देखि वैचारिक विवादमा
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई दिनप्रतिदिन चेपुवामा पर्दै गएका छन् । वैकल्पिक शक्ति बनाउने उद्देश्यसहित खोलिएको नयाँ शक्तिले स्थानीय तहमा अत्यन्तै निराशाजनक मत पाएपछि सो पार्टीले उनको विकल्पसमेत खोज्न थालेको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर ठूलो पार्टी बनाउने भट्टराईको योजना नेतृत्वको विषय र पार्टीभित्रका नेताह...

बहालवाला एसएसपी जसलाई नियतिले ठग्यो

बहालवाला एसएसपी जसलाई नियतिले ठग्यो
काठमाण्डाै । २८ फागुन ०४६ मा भर्ना भएको इन्स्पेक्टरको टोलीमा राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए । श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा पहिचान बनाए । उनै चारमध्ये तीनजना गत साता डिआइजी बढुवाको सिफारिस परे । तर, एक वर्षदेखि ‘बेड’मा रहेका श्रेष्ठको भविष्य अन्धकारमा छ । १५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए । ...

शिवम् सिमेन्टको ठगीलाई महानिर्देशकको संरक्षण

शिवम् सिमेन्टको ठगीलाई महानिर्देशकको संरक्षण
हेटौंडा । उपभोक्ताहरुलाई लोभ देखाउदै विभिन्न उपहारहरु दिने घोषणा गरेर बजारमा आएका नेपालमा उत्पादित विभिन्न कम्पनीका सिमेन्टहरुमा तौल कम भएको फेला परेको छ । हेटौंडामा गोयल समूहद्धारा उत्पादित शिवम् सिमेन्टमा प्रति वोरा आठ किलोसम्म कम रहेको खुल्न आएको रहस्य सार्वजनिक भएको छ । कम्पनी रहेको नगर हेटौंडामै शिवम् सिमेन्टले उपभोक्ता ठगी गरेको कर्तुत फेला परेको हो । आफ्नो उत्पादनको वजार प्रवद्धन गर्ने विज...

ग्रिनकार्डधारी पाइलटलाई मासिक १० लाख तलब

काठमाडौं । नेपाल वायु सेवा निगमका उचच अधिकारीहरुको मिलेमतोमा विज्ञताको नाम दिएर पाइलट आङनुरी शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएको खुलासा भएको छ । विज्ञ भन्दै नवौं तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएका शेर्पाले अहिले आन्तरिक सेवामा रहेको १७ सिटे चिनियाँ जहाज ‘वाई १२–ई’ उडाउँदै आएका छन् । उनीजस्तै यही जहाज उडाउने अन्य पाइलटलाई भने निगमले मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ ...

सपथपछि कुन मन्त्रीले के निर्णय गरे ?

सपथपछि कुन मन्त्रीले के निर्णय गरे ?
काठमाडौं । प्रधानमन्त्री निर्वाचित भएको ४९ दिनपछि शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार कांग्रेसका १०, माओवादी केन्द्रका ६, लोकतान्त्रिक फोरमका दुई र नेकपा संयुक्तबाट एक गरी उनले १९ मन्त्री थपेका छन् । मन्त्रिपरिषद् अब २७ सदस्यीय भएको छ । २४ जेठमा प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले कांग्रेस र माओवादीबाट तीन–तीन र लोकतान्त्रिक फोरमबाट एक गरी सात मन्त्री नियुक्त ग...

कोकाकोलामा लेदो भेटियो, कारबाही खोइ ?

कोकाकोलामा लेदो भेटियो, कारबाही खोइ ?
पोखरा । खाद्य वस्तुमा चरम लापरवाही गर्नेमा वहुराष्ट्रिय कम्पनीका उत्पादनहरुले वेला वेलामा उपभोक्ताहरुबीच आतंक मच्चाइरहेका छन् ।घरेलु तथा मझौला उद्योगहरुले नजान्दा नजान्दै कमजोरी गरिरहेका भेटिन्छन् भने ठूला–ठूला राष्ट्रिय र वहुराष्ट्रिय कम्पनी (उद्योग) हरुले बढि जान्ने भएर गम्भिर कमजोरी र लापरवाही गरेको प्रमाण भेटिएको छ । कानुनतः यि दुवै अक्षम्य र दण्डनीय अपराध हुन् । डावर नेपालका उत्पादनहरुमा अ...
trusted online casino malaysia