मुसा त लागेनन् भरतपुरको मतपत्रमा !

मुसा त लागेनन् भरतपुरको मतपत्रमा !
चितवन, २७ असार । मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका गणना सकिएका र गन्न बाँकी मतपत्र ४४ दिनदेखि प्रहरी घेरामा छन् । यस प्रकरणमाथिको मुद्दामा सर्वोच्चको सुनुवाइ सर्दै गएकाले अब के गरिने हो भन्ने अन्योल झन्झन् बढदै गएको छ । गणना हुने हो वा पुन: मतदान भन्नेबारे कुनै टुंगो लाग्न सकेको छैन । सोमबार हुने भनिएको सुनुवाइलाई सर्वोच्चले फेरि साउन २ का लागि सारेको छ । जेठ १४ गते राति गणनाकै क...

एमाले निष्कर्ष : दोस्रो चरणको निर्वाचनमा अन्तर्घातले २५ स्थानमा हार

एमाले निष्कर्ष : दोस्रो चरणको निर्वाचनमा अन्तर्घातले २५ स्थानमा हार
काठमाडौं, २७ असार । दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । सोमबार बसेको स्थायी समिति बैठकले चुनावी सफलता र अनपेक्षित परिणामको समग्र समीक्षासहितको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ । दोस्रो चरणको निर्वाचनमा कम्तीमा एक सय ७० तहमा जित हात पर्ने अनुमान गरेको एमालेले एक सय ५१ स्थानमा प्रम...

अक्षय कोषबाट भागे माओवादी नेता

अक्षय कोषबाट भागे माओवादी नेता
काठमाडौं, २७ असार । माओवादी केन्द्रले निर्णय भएको दुई वर्षसम्म पनि केन्द्रीय स्तरमा अक्षय कोष स्थापना गर्न सकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा कोष स्थापना गर्ने निर्णय भएको थियो । १० वर्षे’जनयुद्ध’, जनआन्दोलनलगायत आन्दोलनका सहिद, बेपत्ता परिवारका छोराछोरीको पठनपाठन तथा व्यवस्थापन, घाइते अनि अंगभंग भएकाहरूको उपचारका लागि कोष बनाउने निर्णय केन्द्रीय समितिले गरेको थियो । को...

मुख्यसचिव बन्न दौडधूप

मुख्यसचिव बन्न दौडधूप
काठमाडौं, २७ असार । अाफ्नो एकवर्षे पदावधि बाँकी रहँदै मुख्य सचिव सोमलाल सुवेदी एसयाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशकका रुपमा जाने भएपछि उनको ठाउँ लिन सचिवहरुको दौडधूप सुरु भएको छ । सुवेदी एडिबीको वैकल्पिक निर्देशकका रुपमा साउन १ गतेखि कार्याभार सम्हाल्न फिलिपिन्सको मनिलाथित एडिबी मुख्यालय मनिला जाने भएका छन् । मुख्य सचिवका रुपमा उनको कार्याकाल १९ साउन २०७५ सम्म थियो । भावी मु...

बम फ्याँक्ने प्रहरी हवल्दारलाई १५०० रुपैयाले पुरस्कृत

बम फ्याँक्ने प्रहरी हवल्दारलाई १५०० रुपैयाले पुरस्कृत
काठमाडौं, २७ असार । स्थानीय निर्वाचनका समयमा साहसिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ । प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत भएका हुन् । तीनैजना आयुक्त कार्यालय मातहत कार्यरत छन् । हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए भने क...

कतारमा नेपाली कामदारलाई १२ लाख पुरस्कार

कतारमा नेपाली कामदारलाई १२ लाख पुरस्कार
कतार ।कतारी कम्पनी नास्सिर अल अली इन्टरप्राइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ ।   खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् ।  कम्पनीले हरेक बर्ष उत्कृष्ट काम गर्ने कामदारलाई पुरस्कृत गर्दै आएको छ ।उनी उक्त कम्पनीमा दुई बर्षअघि सहायक लेखापालका रुपमा प्रवेश गरेका थिए ।आजको कान्तिपुरमा खबर छ ।

सरकारले खाद्यान्न रोकेपछि दार्जिलिङमा संकट

सरकारले खाद्यान्न रोकेपछि दार्जिलिङमा संकट
दार्जिलिङ । छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै एक महिनादेखि जारी आन्दोलन दबाउन मुख्यमन्त्री ममता बेनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङसहितको पहाडी क्षेत्रमा ल्याउने खाद्यान्नमा रोक लगाएपछि मजदुर र विपन्न समुदायमा भोकमरी सुरु भएको छ ।गोर्खाल्यान्ड आन्दोलनलाई आतंककारी आन्दोलनको संज्ञा दिँदै बंगाल सरकारले तराईबाट भित्रिने खाद्यान्न रोकेपछि दार्जिलिङमा रहेका भरिया, चिया बगानका मजदुर, ग्रामीण क्ष...

राजधानीमा ‘डन’ ‘शुक्रे’को बिगबिगी, टोले गुन्डाबाट ‘डन’ बनेका ‘शुक्रे’ को हुन् ?

राजधानीमा ‘डन’ ‘शुक्रे’को बिगबिगी, टोले गुन्डाबाट ‘डन’ बनेका ‘शुक्रे’ को हुन् ?
काठमाडौं । टोले गुण्डा हुँदै राजधानीमा डनको विल्ला पाएपछि जेलमा जाकिएका दोलखाका शुक्रे लामा पछिल्लो समय प्रहरीलाई चुनैती बनेका छन् । नयाँ बानेश्वरका डन महिन्द्र खड्काको हत्या पश्चात जेल पुगेका शुक्रे जेलबाट छुटेसँगै आपराधिक समूह खडा गरेर राजधानीमै अपहरण र लुटपाटमा सक्रिय छन् ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को नक्कली प्रहरी खडा गरेर शुक्रेले ठेकदार, व्यापारी र सरकारी कर्म...

बाढीपीडितको विचल्ली : धमिलो पानी र चिउराको भरमा

बाढीपीडितको विचल्ली : धमिलो पानी र चिउराको भरमा
सप्तरी  । आँगनमा अझै पनि डेढ फिटजति पानी छ । भान्छा पनि हिलाम्य, बाढीको पानीले ट्युबवेल पनि डबानमै । सप्तरीको मभेडियाका फागु खंगको घरको अवस्था हो यो ।बाढी आएको १० दिन भयो घरमा चुलो बलेको छैन । राहतमा पाएको भुजा चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ ।बस्तीको तल्लो भेगमा घर रहेको कतिपय बाढीपडित परिवारको अवस्था फागुको जस्तै छ ।, आजको नगारिक दैनिकमा खबर छ ।

१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती !

१६ करोडको गाडी खरिदबारे संसदमा र्‍याखर्‍याखती !
काठमाडौं  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने प्रस्ताव नआएको बताउनुभएको छ ।व्यवस्थापिका संसद्मा विनियोजन विधेयकका मन्त्रालयगत खर्च शीर्षकमा भएको छलफलका क्रममा यस विषयमा जवाफ माग भएपछि प्रधानमन्त्री देउवाले यसरी स्पष्ट पार्नुभएको हो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभएको थियो ।राष्ट्रपतिका लागि १६ करोडको गाडी ...
trusted online casino malaysia