पानी पाउँदा खसी काटेर भोज

पानी पाउँदा खसी काटेर भोज
रामेछाप । तामाकोसीबाट २ बण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुशीले गद्गद् भएका छन् ।गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरे ।  अहिले केही घरमा धारा जोड्ने चटारो छ । यहीबीच स्थानीयले योजनाको उद्घाटन पनि गराएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

राजधानीमा फैलियो झाडापखाला

राजधानीमा फैलियो झाडापखाला
काठमाण्डाै । बर्षायामसँगै शुरु हुने झाडापखालाका विरामी काठमाडौंमा बढेका छन् । राजधानीमा प्रत्येक दिन झाडापखाला तथा आउँ (रगतमासी) का बिरामी बढ्दै गएका छन् । दुई सातादेखि काठमाडौंलगायत बर्षात शुरु भएका क्षेत्रमा पानीका कारण झाडापखाला र आउँमसीका विरामी बढेको टेकु अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए । विगत बर्ष झैं काठमाडौंमा हालसम्म हैजाका विरामीभन्दा सिबेला ब...

महिनावारी भएकाले बेला महिलालाई सर्पले टोक्यो

महिनावारी भएकाले बेला महिलालाई सर्पले टोक्यो
सुर्खेत । छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ । जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो । स्थानीय लैनचौर निवासी तुल्सी शाहीलाई बिहीबार राति छाउगोठमा सुतेको समयमा सर्पले टोकेको थियो । मध्यरातमा सर्पले टोकेपछि परिवारले धामी झाँक्रीमार्फत् उपचारको प्रयास गरेका थिए । तर, भरपर्दो उपचार नपाउँदा २२ वर्षीया तुल्सीको ...

इँटाको मूल्य ह्वात्तै घट्यो

इँटाको मूल्य ह्वात्तै घट्यो
सर्लाही । यस वर्ष यहाँ इँटाको मूल्य घटेको छ । उत्पादन बढी र विक्री कम भएकाले व्यापारीले इँटाको भाउ घटाएका हुन् । गत वर्ष इँटाको साइज र गुणस्तरअनुसार प्रतिगोटा ११ देखि १६ रुपैयाँ पर्नेमा यस वर्ष भाउ घटेर ९ देखि १४ रुपैयाँमा विक्री भइरहेको छ ।बढी उद्योग भएर उच्च प्रतिस्पर्धा र मागमा कमी आएकाले भाउ घटेको बताइएको छ ।अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।

असारभित्र संविधान संशोधन हुने, एमालेले मान्ला ?

असारभित्र संविधान संशोधन हुने, एमालेले मान्ला ?
काठमाडौं । सरकारले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपालाई सहभागी गराउन असारभित्रै संविधान संशोधनका लागि प्रयास गर्ने प्रतिवद्धता जनाएको छ । सरकार र राजपा नेताबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म चाँडै संविधान संशोधन गर्ने गरी पहल सुरु गर्ने जनाएका थिए । राजपाका न...

मधेसका जिल्लामा एमाले कमजोर थियो ? तराईका १२ जिल्लामा पनि एमाले १ नं. पार्टी

मधेसका जिल्लामा एमाले कमजोर थियो ? तराईका १२ जिल्लामा पनि एमाले १ नं. पार्टी
काठमाडौं । दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २४ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९५ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ३९ तह जितेको छ ।   परिणाम आउन बाँकी रहेका ६ तहमध्ये मोरङको विराटनगर महानगरपालिका, धनपाल गाउँपालिका, झापाको मेचीनगर र कै...

स्थानीय तह चुनाव : एमाले पहिलो, कांग्रेस दोस्रो

काठमाडौं । स्थानीय तहको दुई चरणको निर्वाचनबाट प्रमुख राजनीतिक दलहरूको राजनीतिक हैसियत फेरबदल भएको छ । स्थानीय चुनावले संसदीय गणितमा तलमाथि नपारे पनि जनमत बदलिएको स्पष्ट देखाएको छ । एमाले पहिलो दलका रूपमा स्थापित भएको छ भने कांग्रेस दोस्रो दलमा खुम्चिएको छ । यसअघि २०७० को चुनावमा कांग्रेस पहिलो दलका रूपमा थियो । वैशाख ३१ मा भएको प्रदेश नम्बर ३, ४ र ६ तथा असार १४ मा भएको १, ५, ७ नम्बर प्रदेशका ...

सिपाहीसँग असुल्ने इन्स्पेक्टरलाई गृहले जागिरबाट हटायो

सिपाहीसँग असुल्ने इन्स्पेक्टरलाई गृहले जागिरबाट हटायो
काठमाडौं, २३ असार । आफ्नै प्रहरी कर्मचारीसँग घुस लिएको अरोपमा इन्स्पेक्टर बन्धुराज खनाललाई गृह मन्त्रालयले सेवाबाट हटाएको छ । क्षेत्रीय प्रहरी कार्यालय हेटौंडामा कार्यरत रहँदा उनले बढुवा गरिदिने भन्दै सिपाहीहरुसँग पैसा असुलेका थिए । कर्मचारी प्रशासन शाखामा कार्यरत उनले तराईका विभिन्न जिल्लामा कार्यरत सिपाहीहरुसँग पैसा लिएका थिए । पैसा दिएर पनि बढुवा नभएपछि सिपाहीहरुले उनीविरुद्ध उजुरी गरेका थिए...

तराईमा प्रहरीको शुद्धीकरण अभियान

तराईमा प्रहरीको शुद्धीकरण अभियान
काठमाडौं, २३ असार । तराईका जिल्लामा प्रहरीले आन्तरिक शुद्धीकरण अभियान सुरु गरेको छ । आपराधिक गिरोहसँग प्रहरीको मिलेमतोको उजुरी बढेपछि मुख्यालयले कारबाही सुरु गरेको हो । पर्सा र सप्तरीका एसपीलाई जिम्मेवारीबाटै हटाएर प्रहरी मुख्यालयले छानबिन गरिरहेको छ । पर्साका गोविन्द साह र सप्तरीका अनुराग द्विवेदीलाई मुख्यालयले मंगलबार तानेको हो । प्रहरी महानिरीक्षकको सचिवालयले उनीहरूमाथि छानबिन गरिरहेको छ । ‘गम्...

प्रदेश सभाको चुनाव असोज ३० मा गर्न निर्वाचन अायोगको प्रस्ताव

काठमाडौं, २३ असार । निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन आगामी असोज ३० गते सोमबार गर्ने गरी निर्वाचनको मिति र कार्यक्रम नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ । साथै आयोगले असार मसान्तभित्र प्रदेश सभा र प्रतिनिधिसभा सदस्य ऐन आयोगमा आउनुपर्ने दबाब पनि सरकारलाई दिएको छ । निर्वाचन आयोगमा बिहीबार साँझ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारी र कानुन सचिव कमलशाली घिमिरे तथा गृह मन्...
trusted online casino malaysia