इन्टरनेटको शुल्क ह्वात्तै घट्ने

काठमाडौं। इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ । सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर रहेको छ।

बोक्सो आरोपमा घाटी रेटेर हत्या

बोक्सो आरोपमा घाटी रेटेर हत्या
मोरङ। ‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित हुँदै आएका यहाँका एक वृद्धको आइतबार राति विभत्स हत्या भएको छ। रंगेली नगरपालिका ९ स्थित स्थानीय बजार गएर फर्कदै गरेका ६३ वर्षीय पहाडचन राजबंशीको घाँटी रेटेर हत्या भएको छ। बिच सडकमै रगताम्य अवस्थामा राजबंशीको शव फेला परेको थियो। हत्या कसले गरेको भन्ने खुलेको छैन। घटनास्थलबाट कुनै हतियार र शंकास्पद बस्तु फेला परेको छैन। प्रहरीले हत्यामा संलग्न कसैलाई पनि सोम...

सिंगो गाउँमा १७ भोट मात्रै

सिंगो गाउँमा १७ भोट मात्रै
ताप्लेजुङ। निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ। बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन्। वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने कोही विदेशमा छन्। काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ। चुनावका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई नासु वा खरिदारस्तरका सहायक ...

के साह्रो देउवा !

के साह्रो देउवा !
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुरा गाविस १ असिग्राम मावि रुवाखोला केन्द्रमा उनको नाम भएका ९ जना मतदाता पाइएका छन् । निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्रीको नामसँग मिल्ने यति धेरै देउवा देखिएका हुन् । असली प्रधानमन्त्री देउवाका पिताको नाम प्रसादसिंह देउवा हो । अन्य देउवा भने उहाँको नामसँग मिल्ने देउवा मात्रै हुन् । आजको नेपाल समाचारपत्रमा खबर रहेको छ ।

बहराइन राजपरिवारको आग्रह : कामदार नरोक्नुस् : कामदार पठाइदिन दूतावासलाई पत्र

बहराइन राजपरिवारको आग्रह : कामदार नरोक्नुस् : कामदार पठाइदिन दूतावासलाई पत्र
काठमाडौँ। बहराइनका राजपरिवार, प्रधानमन्त्री, मन्त्रीहरूसहितका पदाधिकारीले घरबिदामा नेपाल गएका घरेलु कामदारलाई फर्कने इजाजत दिन नेपाल सरकारसँग अनुरोध गरेका छन् । बहराइनको राजधानी मन्मास्थित नेपाली दूतावासलाई पत्र पठाउँदै उनीहरूले बिनाकारण कामदार रोकिएकोमा असन्तुष्टिसमेत जनाएका छन् । कामदार रोकिनुको कारणबारे राजदरबारलगायत निकायबाट दूतावासमा दिनहुँ औपचारिक र अनौपचारिक सोधपुछ भइरहेको छ । गत चैत २...

भोलि शीर्ष नेता को कहाँ मत हाल्दै?

काठमाडौँ। स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । सर्वसाधारण जनता मात्रै होइन, शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् । शीर्ष नेताहरूले भोलि कहाँबाट मतदान गर्दैछन्।  प्रधानमन्त्री शेरबहादुर देउवा- गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्...

चुनावबारे अमेरिका र बेलायतको यस्तो चासो

चुनावबारे अमेरिका र बेलायतको यस्तो चासो
काठमाडौँ। अमेरिका र बेलायतले दोसे चरणको स्थानीय निर्वाचनमा सुरक्षा निकायलाई कर्तव्य पालना गर्ने क्रममा संयम अपनाउन र राष्ट्रिय अन्तराष्ट्रिय मापदण्ड ख्याल गर्न आग्रह गरेका छन् । सोमबार दुबै दूतावासले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै निर्वाचन सुरक्षा प्रति चासो प्रकट गरेको छ । अमेरिकाले निर्वाचनको उचित वातावरण निर्माण गर्न पनि सबै पक्षसँग आग्रह गरेको छ । आजको कान्तिपुरमा खबर रहेको छ।

निगमका पाइलटले मासिक ६ लाखसम्म पाउने

निगमका पाइलटले मासिक ६ लाखसम्म पाउने
काठमाडौँ। नेपाल वायु सेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ। निजी क्षेत्रका एयरलाइन्सहरूले आकर्षक तलब भत्ता दिन थालेपछि निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो। निजी क्षेत्रका एयरलाइन्ससँग प्रतिश्पर्धा गर्न नसकेपछि निगमबाट पाइलटहरू बाहिरिने क्रम बढेको थियो। निगमले लामो समयदेखि पाइलटको तलब बढाउने प्रक्रिया अघि बढाए पनि अर्थ मन्त्रालयले स्वीकृती नदिँदा कार्यान्वयनमा आ...

उम्मेदवारीको पक्षमा समर्थन जुटाउन परराष्ट्रमन्त्री भारत भ्रमणको तयारीमा

उम्मेदवारीको पक्षमा समर्थन जुटाउन परराष्ट्रमन्त्री भारत भ्रमणको तयारीमा
काठमाडौं। उप प्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आसन्न स्थानीय तहको निर्वाचन लगत्तै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् । भारतसँगको कूटनीतिक सम्बन्ध विस्तार र संयुक्त राष्ट्र संघको मानव अधिकार काउन्सिल सदस्यमा नेपालले दिएको उम्मेदवारीको पक्षमा समर्थन जुटाउन मन्त्री महरा भारत भ्रमणको तयारीमा रहेको परराष्ट्र स्रोतले जनाएको छ । मन्त्री महरा अहिले रोल्पामा छन् । बुधबारको निर्वाचन पछि ...

पेट्रोलियम पदार्थमा कमिसन बढाउन अनावश्यक दबाब

पेट्रोलियम पदार्थमा कमिसन बढाउन अनावश्यक दबाब
काठमाडौँ। पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने क्षति (प्राविधिक लस) को मात्रामा कमिसन बढाउन व्यवसायीहरुले अनावश्यक दबाब दिएका छन् । नेपाल आयल निगमले हाल ४ हजार लिटर पेट्रोल थानकोट डिपोबाट पम्पसम्म ढुवानी गर्दा करिब ३५ लिटर क्षति हुने अनुमान गरी सो बराबरको मूल्य समायोजन गरिदिने गरेको छ । तर व्यवसायीहरुले भने अब यो मात्रा पेट्रोलमा ८४ र डिजेलमा ६० लिटर (४ हजार लिटर ढुवानी गर्दा) पुर्याउनुपर्ने म...
trusted online casino malaysia