सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा
काठमाडौँ। आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ । बर्तमान सत्ता गठबन्धनसँग दुई पटक तीन बुँदे सहमति भएपनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ । राजपाका प्रवक्ता कृष्णा सिंहले असार १४ गते पछि सरकारबाट समर्थन फिर्ता हुने बताएको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेको छ।

जेलको भुइँमा पूर्वआइजिपीहरू

जेलको भुइँमा पूर्वआइजिपीहरू
काठमाडौँ। डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ। जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो। तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको सुत्ने कोठा बनेको छ। अदालतले भ्रष्टाचारी ठहर गरेपछि बिहीबार आफैँ उपस्थित भई उनीहरू जेल गएका थिए। तर, डिल्लीबजार जेलमा सुत्ने पर्याप्त ठाउँ छैन। जसका कारण पूर्वआइजिपीहरू लाइब्रेरी कोठामा सुत्न बाध्य छन्।...

९८ वर्षसम्मका उम्मेदवार, ८० वर्ष काटेका ५१ जना

९८ वर्षसम्मका उम्मेदवार, ८० वर्ष काटेका ५१ जना
काठमाडौँ। स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेका वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । १७ जेठ १९७६ मा जन्मिएका रावल कांग्रेसबाट उम्मेदवार बनेका हुन् । रावलको मतदाता नम्बर ०९९४२१७६ हो । ९० काटेका तीन उम्मेदवार बझाङको दुर्गाथलीका रावलजस्तै अन्य दुई उम्मेदवार पनि ९० कटेका छन् ।...

स्वास्थ्य बुझ्न सरकारी टोली मलेसिया जाँदै : ‘नेपाली युवा उठ्ने समयमा मृत फेला’

स्वास्थ्य बुझ्न सरकारी टोली मलेसिया जाँदै : ‘नेपाली युवा उठ्ने समयमा मृत फेला’
काठमाडौँ। मलेसियामा रोजगारीका लागि पुगेका नेपाली युवाको मृत्युको कारण पत्ता लगाउन सरकारी चिकित्सकसहितको टोली मलेसिया जाने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका युवाहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि सरकारले चासो देखाएको छ । प्रतिवर्ष चार सयभन्दा बढी मलेसियामा कामका लागि पुगेका कामदारको मृत्यु कुनै न कुनै रोगका कारण हुने गरेको अनुमान गरिएको छ । स्वास्थ्य मन्त्रालय चिकित्...

प्रहरी अझै बेपत्ता : हतकडी पनि हरायो

प्रहरी अझै बेपत्ता : हतकडी पनि हरायो
चितवन। नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा आएको पहिरामा पुरिएर हराइरहेको दुई प्रहरी अझै बेपत्ता छन् । प्रहरीका अनुसार बिहीबार मध्यरातपछि सो सडक खण्डको कालीखोलामा पहिरो जाँदा चार जना प्रहरी रहेको गाडी पुरिएको थियो । दुईको शव शुक्रबार बिहान फेला परेको थियो । दुई प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङको अवस्था अज्ञात छ । भ्यानमा एउटा हतकडी र दुइ वटा सञ्चार सेट पनि थिए ।आजको नागरिकमा खबर र...

लुम्बिनी हाँक्ने दौडमा मुस्लिमहरु

लुम्बिनी हाँक्ने दौडमा मुस्लिमहरु
लुम्बिनी। धार्मिक सद्भावको नमुना हेर्ने भए लुम्बिनी आउनुहोस् । बुद्धको जन्मस्थल लुम्बिनीको थप सौन्दर्य हो वरिपरि बस्तीमा रहेका बहुसंख्यक मुस्लिम । त्यही भएर सबैजसो राजनीतिक दलले लुम्बिनी सांस्कृतिक नगरपालिकामा मुसलमान समुदायबाटै प्रमुख उम्मेदवार बनाएका छन् ।   मेयर प्रतिस्पर्धी नै स्वतन्त्रसहित ७ जना छन् । कांग्रेसले मोहम्मद सइद खाँ, संघीय समाजवादी फोरमले फखरुद्दिन खान, राप्रपाले मोहम्मद सmिक, ल...

‘देउवाले देश बनाउन्या हुन्, गाउँ हाम्ले’

‘देउवाले देश बनाउन्या हुन्, गाउँ हाम्ले’
डडेल्धुरा। प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल। दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो। चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेदवार ईश्वरीदत्त भण्डारी आफूले पाउन सक्ने मतको हिसाब निकाल्दै हुनुहुन्थ्यो। डलेल्धुरा जिल्लाको यही गाउँपालिका वडा नं. १ मटेलामा हो प्रधानमन्त्री देउवाको गाउँ।   यो गाउँपालिकामा माओवादीका अध्यक्ष पदका प्रत...

कतारी ऊँटलाई साउदीमा नाकाबन्दी, नेपाली गोठालालाई तनाव

कतारी ऊँटलाई साउदीमा नाकाबन्दी, नेपाली गोठालालाई तनाव
काठमाडौँ। साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ। साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो। त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ छन्। उँट र बाख्रालाई दाना, औषधि, घाँस, पानीलगायत बन्दोबस्तीका सामान खरिद गर्न आउने मुख्य स्थल अल होफुफ हो। भोजपुरका ३७ वर्षीय अर्जुन राई अल होफुफबाट झन्डै सय किलोमिटर टाढा मरुभू...

‘१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ’

‘१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ’
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलानजिक खसेको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ। भ्यानसहित दुई प्रहरी अझै बेपत्ता छन्। मृत्यु हुनेमा धादिङ खनियाबास गाउँपालिका–४ बस्ने वर्ष २९ का इलाका प्रहरी कार्यालय मुग्लिङमा कार्यरत प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा हरैया–६ बस्ने वर्ष ३० का प्रहरी जवान दीपककुमार मास्के रहेको प्रहरीले जनाएको छ। बेपत्ता भएका प्रहरी...

‘अनियमितता रोक्न खोज्दा सरुवा’

‘अनियमितता रोक्न खोज्दा सरुवा’
काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सचिव सरुवाले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कुनै अप्ठ्यारो नपर्ने बताएका छन्। आयोग प्रमुख यादवले भने, ‘निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले निर्वाचन आचारसंहिता र कार्यान्वयनमा कुनै अप्ठ्यारो पर्दैन।’ सचिव सरुवाले निर्वाचनसम्बन्धी व्यवस्थापकीय काममा कुनै बाधा व्यवधान नपर्ने दाबी गर्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोग संवैधानिक अं...
trusted online casino malaysia