रामदेवका औषधि स्तरहीन : बजारबाट फिर्ता लिन आदेश

रामदेवका औषधि स्तरहीन : बजारबाट फिर्ता लिन आदेश
काठमाडौँ। योग गुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधिलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ । रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट उत्पादित पतञ्जली आयुर्वेद केन्द्रबाट बिक्रीविरण हुने ६ वटा औषधि गुणस्तरहीन ठहर भएको हो । दुई साता अघि पनि रामदेवका ४ वटा औषधि गुणस्तरहीन ठहर भएपछि सरकारले फिर्ता लिन आदेश दिएको थियो । औषधि विभागले आवलाचुर्ण, दिव्य गैसहर चूर्ण, बकुची चू...

यस कारण भारतले रोक्यो चार सय नेपाली बुलेट

काठमाडौँ। भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् । नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो । ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए । सबै कानुनी प्रक्रिया पुरा गरे पनि भार...

देशैभर मनसुन सक्रिय, यसपालि औसत वर्षा

देशैभर मनसुन सक्रिय, यसपालि औसत वर्षा
काठमाडौं, ७ असार । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशैभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो । देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ सुवास रिमालले बताए । बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ । सुदूरपश...

प्रहरी नियन्त्रणमा कांग्रेसका उम्मेद्वार

प्रहरी नियन्त्रणमा कांग्रेसका उम्मेद्वार
काठमाडौं, ७ असार । मनोनयन दर्ता गर्न जाने क्रममा आइतबार बाजुराको डेडेदह गाउँपालिकामा भएको झडपमा संलग्न भएको आरोपमा प्रहरीले कांग्रेसबाट अध्यक्षका उम्मेद्वार नरबहादुर रावतसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । झडपमा एमालेका एक कार्यकर्ताको मृत्यु भएको थियो । प्रहरीले मन्टेश्वरी माविका शिक्षक पदमबहादुर रावत र देवबहादुर रावतलाई पनि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दलबहादुर बोगटीले बताए । मनोनयन दर्त...

नयाँ मर्यादाक्रममा सार्वजनिक?, महानगरका मेयर १८औं स्थानमा (सूचीसहित)

नयाँ मर्यादाक्रममा सार्वजनिक?, महानगरका मेयर १८औं स्थानमा (सूचीसहित)
काठमाडौँ। गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ। जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ। यस्तै दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौमा स्थानमा सभामुख रहने व्यवस्था गरिएको छ। यस्तै पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैठौ मर्यादाक्रममा रहने प्रावधान राखिएको छ। यस्तै मन्त्र...

सबै शीर्ष नेता निर्वाचनमा : को कुन जिल्ला खटिए ?

सबै शीर्ष नेता निर्वाचनमा : को कुन जिल्ला खटिए ?
काठमाडौं, ७ असार । कांग्रेस -प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर – रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने -महामन्त्री शशांक कोइराला अमेरिकातिर -कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त -अनुगमन गर्न डा. प्रकाशशरणको नेतृत्वमा कार्यदल – प्रदेश नं. १ मा ‘हेभिवेट’ नेता, ५ मा ‘लो प्रोफाइल’मात्रै महत्वपूर्ण ठाउँमा कांग्रेसका ठूलै नेता -भीमसेनदास प्रधान ताप्लेजुङ -अर्...

रोल्पाका सबै तहमा माअोवादीका केन्द्रीय नेता

रोल्पाका सबै तहमा माअोवादीका केन्द्रीय नेता
काठमाडाैं, ७ असार । रोल्पाका सबै तहमा केन्द्रीय नेता माओवादीको बलियो पकड मानिएको रोल्पामा आधा दर्जन केन्द्रीय नेता परिचालन भएका छन् । नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र प...

एमालेमा गुपचुप राखिएको एउटा डरलाग्दो काण्ड

काठमाडौं, ७ असार । दोस्रो चरणको स्थानइि निर्वाचनमा उठ्न चाहनेहरुसँग रकमको मोलमोलाई गरेको प्रमाण फेला परेपछि एमाले वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ कारवाहीस्वरुप पार्टी मुख्यालयमा तानिएका छन् । उनी एमालेको मोरङ सहइञ्र्चार्ज हुन् र त्यहीँ उनले उठ्तीपुठ्ती गरेको उजुरी छ । रकमको मात्रा कम, तर एमालेभित्र बहसको स्तरचाहिँ राज्यलक्ष्मी गोल्छ प्रकरणजत्रै बनेको छ । त्यसमाथि रुपनाराणले आफू बच्नका ...

धरानमा एमालेको ‘किल्ला’ भत्काउन माओवादीको यस्तो तयारी, ल्यायो ‘पपुलिस्ट’ कार्यक्रम

धरानमा एमालेको ‘किल्ला’ भत्काउन माओवादीको यस्तो तयारी, ल्यायो ‘पपुलिस्ट’ कार्यक्रम
धरान । धरान मुलुककै पहिलो उपमहानगर हुन सक्छ जहाँ माओवादी केन्द्र खानेपानी र बिजुली निःशुल्क दिने ‘पपुलिस्ट’ नारा अघि सारेर चुनावमा उत्रेको छ । केन्द्रले आफ्नो पार्टीले मेयर जिते प्रतिपरिवार दैनिक १० हजार लिटर खानेपानी र प्रतिमहिना १० युनिट बिजुली निस्शुल्क उपलब्ध गराउने भन्दै भोट मागिरहेको छ । माओवादी केन्द्रले धरानबासीको मन जित्न अर्को पनि ‘पपुलिस्ट’ नारा दिएको छ, त्यो हो धरानलाई प्रदेश नं। ...

नेपाल-चीन वार्ता : यही वर्ष उच्चस्तरीय भ्रमण

नेपाल-चीन वार्ता : यही वर्ष उच्चस्तरीय भ्रमण
काठमाडौं। चिनियाँ सहायक विदेशमन्त्री कोङ् सोयानयुले यही वर्ष (सन् २०१७ भित्र) चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुनखसक्ने संकेत गर्नुभएको छ ।नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित एघारौं बैठकमा चिनियाँ सहायक विदेशमन्त्री सोयानयुले नेपालसँग उच्चस्तरीय भ्रमण आदानप्रदान बढाउन चीन इच्छुक रहेको बताउनुभएको हो । बैठकमा नेपाल-चीनबीचको राजनीतिक सम्बन्ध थप प्रगाढ बढाउन...
trusted online casino malaysia