कैले खूल्छ तातोपानी नाका ?
काठमाडौं। दुई बर्षदेखि बन्द तातोपानी नाका छिट्टै सञ्चालनमा ल्याउन नेपाल र चीन सहमत भएका छन् । चार बर्षपछि मंगलबार काठमाडौंमा सम्पन्न परराष्ट्र सचिवस्तरीय नेपाल चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा दुवै देशका पदाधिकारी सो नाका खुलाउन सहमत भएका हुन् । तातोपानी नाका छिट्टै सुचारु गर्ने कुरालाई बैठकमा हामीले उच्च प्राथमिकताका साथ उठयौँ चिनियाँ प्रतिनिधिले हाम्रो आग्रहलाई गम्भीर रुपमा लिएका छन् ...









