प्रदेश २ को चुनाव तेस्रो चरणमा : गच्छदार

काठमाडौं । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदारले स्थानीय तहको निर्वाचन सार्थक बनाउन २ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुन सक्ने बताएका छन् ।  विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रिय जनता पार्टी (राजपा)लाई दल दर्ता गरी निर्वाचन आयोगबाट चुनाव चिह्न प्राप्त गरी ऐन संशोधन गरेर पनि निर्वाचनमा आउने अवस्था नरहेको बताए । ‘असार १४ गते हुने निर्वा...

राजपालाई सरकारले दियो यस्ताे ‘अफर’

राजपालाई सरकारले दियो यस्ताे ‘अफर’
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आसन्न स्थानीय तह निर्वाचनमा चुनाव चिह्न छनोटको विकल्प खुलेको छ । व्यवस्थापिका संसद्ले राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक पारित गर्दै निर्वाचन आयोगले हाल मतपत्रमा व्यवस्था गरेका चुनाव चिह्नमध्ये छनोटको विकल्प दिएको हो । विधेयक संसद्को बहुमतले पारित गरेको हो । विधेयक पारित गर्न छिटोमा ९ दिनको प्रक्रियालाई निलम्बन गरी संसद्ले दलीय प्रतिबद्धताअनुस...

कसरी हुँदै छ मन्त्रालय भागबन्डा ? कुरा नमिलेपछि शीर्ष तहबाट टुंग्याउने

कसरी हुँदै छ मन्त्रालय भागबन्डा ? कुरा नमिलेपछि शीर्ष तहबाट टुंग्याउने
काठमाडौं । सत्तारुढ कांग्रेस–माओवादीले मन्त्रालय भागबन्डा अझै टुंगो लगाउन सकेका छैनन् । ११ मन्त्रालय कांग्रेस र ९ मन्त्रालय माओवादीले लिएर अन्य साना दललाई दिने सैद्धान्तिक सहमति भए पनि कुन–कुन मन्त्रालय भन्ने टुंगो लागेको छैन । खासगरी भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, सहरी विकासलगायतका विकासे मन्त्रालयमा दुवै दलले दाबी छाडेका छैनन् । माओवादीले विगतमा कांग्रेसले लिएको मन्त्रालय आफूलाई दिनुपर्ने र...

राजपाका नेताहरूलाई झट्का, कांग्रेस र माओवादी चुनाव सार्न मानेनन्

राजपाका नेताहरूलाई झट्का, कांग्रेस र माओवादी चुनाव सार्न मानेनन्
काठमाण्डाै । राजपाका नेताहरूलाई झटका, कांग्रेस र माओवादी चुनाव सार्न मानेनन्काठमाडौँ, जेठ २८ गते ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले असार १४ गते तय भएको स्थानीय तहको चुनाव सार्न सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई आग्रह गरेको छ । मधेशवादी दलले राखेको माग चुनावअघि पूरा गर्न नसकिने सत्तारूढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रले स्पष्ट पारेपछि राजपा नेपालका नेताहरूले त्यसो ...

एमालेबाट विराटनगरमा ढकालले पाए टिकट, धरान र इटहरीमा पनि टिकट बाँडियो

एमालेबाट विराटनगरमा ढकालले पाए टिकट, धरान र इटहरीमा पनि टिकट बाँडियो
काठमाडौं, २८ जेठ । नेकपा (एमाले)ले विराटनगर महानगरपालिकाको मेयरमा विनोद ढकाललाई उठाउने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले ढकाललाई उम्मेदवार बनाउने निर्णय लिएको हो । उपमेयर भने छनौट गर्न बाँकी छ । राजधानी दैनिकले समाचार छापेको छ । यसैगरी धरान उपमहानगरपालिकाको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीलाई उम्मेदवार बनाइएको छ । इटहरी उपमहानगरपालिकाको मेयरमा द्वारिकालाल चौधर...

उपत्यकामा तीन वर्षसम्म जग्गाको कित्ताकाट रोक्का : उपत्यकामा चार स्मार्ट सिटी

उपत्यकामा तीन वर्षसम्म जग्गाको कित्ताकाट रोक्का : उपत्यकामा चार स्मार्ट सिटी
काठमाण्डाै । सरकारले उपत्यकाभित्र चार किल्ला तोकेर ती क्षेत्रमा तीन वर्षसम्मका लागि जग्गा कित्ताकाटमा रोक लगाएको छ । खासगरी चार स्थानमा ‘स्मार्ट सिटी’ बनाउने उद्देश्यले कित्ताकाट रोकिएको उपत्यका विकास प्राधिकरणले जनाएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले चारवटा स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो । प्राधिकरणका अनुसार चारवटा सिटी बनाउँदा एक लाख ३० हजार रोपनी जग्गा समेटिनेछ । पहिलो स्मार्ट सिट...

सांसदहरूको आवास सुविधा रोक्का : आफैंले बनाएको कानुन मान्दैनन् सांसद

काठमाण्डाै । संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधा रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ। संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो। संसदको पदाधिकारी र सांसद गरी १ सय १९ जनाको आवास सुवाधा रोक्कामा परेको छ। उनीहरूले आफ्नो घर उपत्यकाभित्र हो या बाहिर भन्ने स्पष्ट विवरण नदिएका...

सबै समस्याको समाधान डीएनए परीक्षण नहुन सक्छ

सबै समस्याको समाधान डीएनए परीक्षण नहुन सक्छ
काठमाण्डाै । “विज्ञान असजिलो पनि हुन्छ, यसले सामाजिक संरचना हेर्दैन।  जे छ, त्यो देखाइदिई हाल्छ।  कहिलेकाहीँ त डीएनए नगराइदिए हुन्थ्योजस्तो लाग्छ।  सबै समस्याको समाधान डिअक्सिराइवो न्युक्लिक एसिड अर्थात् डीएनए नै त होइन नि ?”यो भनाइ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालको हो ।  “अदालतले कतिपय मुद्दा र व्यक्तिले शङ्काकै भरमा डीएनए गराउनुपर्छ भन्...

अनुदान अाउने भएपछि ९० दिनमै रिजल्ट

काठमाण्डाै । विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा ९० दिनमा सार्वजनिक गरेको छ। तर, परियोजनाबाहिरका वार्षिक तथा प्रणालीकै विषयमा पनि ११ महिनासम्म नतिजा आउन सकेको छैन। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका नवनियुक्त परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर त...

महिलामाथि चुनाव सामग्रीमा आयोगको ‘अपमान’

काठमाण्डाै । निर्वाचन आयोगले मतदातालाई मतदानबारे सुसूचित गराउन छापेको मैथिली भाषाको जानकारी पुस्तिकामा महिलालाई ‘जनानी’ भनी अपमानित गरिएको छ । आयोगद्धारा मैथिलीमा प्रकाशित निर्वाचनसम्बन्धी प्रश्न र त्यसको उत्तरपुस्तिकामा महिलाका लागि ‘जनानी’ शब्द प्रयोग गरिएको छ। मिथिला नाट्यकला परिषदका पूर्वअध्यक्ष सुनील मिश्रले  ‘जनानी’ शब्द मधेसमा महिलालाई होच्याएर बोल्न प्रयोग हुने हुँदा यसले महिलाको अपमा...
trusted online casino malaysia