प्राविधिक एआइजीलाई नेपाल प्रहरीको कमान्ड

प्राविधिक एआइजीलाई नेपाल प्रहरीको कमान्ड
काठमाडाैं, फागुन ३ / आइजिपी बढुवा विवादपछि सरकारले प्राविधिक एआइजीलाई नेपाल प्रहरीको कमान्ड दिएको छ । प्रहरी अस्पतालका प्रमुख एआइजी डा. दिनेशचन्द्र पोखरेललाई सरकारले निमित्त प्रहरी महनिरीक्षकको जिम्मेवारी दिएको हो । सोमबार बसेको मन्त्रिपरिष्दको बैठकले प्रहरी नियमावली २०७१ संशोधन गर्दै एआइजी पोखरेललाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिएको हो । यसअघिको नियमावलीमा प्राविधिकलाई निमित्त प्रहरी प्रम...

बैंक कर्मचारीले नै चोरे २३ लाख

बैंक कर्मचारीले नै चोरे २३ लाख
काठमाडाैं , फागुन ३ / एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ। धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन्। शुक्रबार एटीएममा राखिएको करिव २७ लाखमध्ये २३ लाख ४४ हजार गायव भएको थियो। प्रहरीले उपाध्यायका छिमेकी लिला जोशीको घर अगाडि परालमुनि लुकाएर राखिएको अवस्थामा रकम ब...

संसारकै अग्लो बाँध उच्च जोखिममा, १ लाख ८० हजार विस्थापित

संसारकै अग्लो बाँध उच्च जोखिममा, १ लाख ८० हजार विस्थापित
३ फागुन, काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको संसारकै अग्लो ओरोभिल बाँध फुट्ने खतरा बढेपछि करिब १ लाख ८० हजारलाई अन्यत्रै सारिएको छ । भारी वर्षाका कारण क्यालिफोर्नियामा रहेको सो बाँधमा पानीको मात्रा बढी भएको र पुरानो बाँध कमजोर भएको अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूले पानी भरिएपछि ७ सय ७० फिट अग्लो ओरोभिल बाँधको तटबन्ध फुट्ने खतरा पैदा भएको उल्लेख गरेका छन् । पानीका कारण बाँधमा खत...

पूर्वराजा सिमरा र कसरातिर

पूर्वराजा सिमरा र कसरातिर
पूर्वराजा ज्ञानेन्द्र शाह केही हप्ताका लागि सिमरा जाने भएका छन् ।  पत्नी कोमलको चितवनको कसरामा आयोजना हुने जन्मोत्सव समारोहमा सरिक हुन उनी सिमरा हुदैँ चितवन जान लागेका हुन्।  पर्सि फागुन ५ गते विहान ज्ञानेन्द्र र पूर्वरानी कोमल हवाइ मार्ग हुदैँ सिमरा जाने कार्यक्रम तय भएको छ। उनले चितवन जादाँ सडक मार्ग प्रयोग गर्नेछन् । सिमरामा प्रभु शमशेरको दरबारमा बसेर राजनीतिक भेटवार्ता उनले गर्ने बताइएको छ।...

‘निर्वाचन कुण्ठित नहोस्’

‘निर्वाचन कुण्ठित नहोस्’
काठमाडाैं, फागुन ३ / राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचन नागरिकको अधिकार भएकाले त्यसलाई कुण्ठित नगर्न दलका नेताहरूलाई सुझाव दिएकी छन् । असंसद्मा रहेका सात दलका नेतालाई सोमबार संयुक्त रूपमा शीतलनिवास बोलाएर राष्ट्रपतिले भनिन्, ‘निर्वाचनले मुलुकलाई अगाडि बढाउने भएकाले यसको कुनै विकल्प छैन । आवधिक निर्वाचन नागरिकको अधिकार हो, यो कुण्ठित हुनु हुँदैन ।’  शीतलनिवासमा सोमबार अपराह्न उपराष्ट...

मोर्चा–एमाले वार्ता विफल

मोर्चा–एमाले वार्ता विफल
काठमाडौं, २ फागुन । ‘पानी बाराबार’ को जस्तै अवस्थामा रहेका एमाले र मधेसी मोर्चाबीच सम्बन्ध सुधार्न दुवै पक्षका दोस्रो तहका नेताले अघिल्लो साता गरेको प्रयास खेर गएको छ । चिसिएको सम्बन्ध सुधार्न दुवै पक्षका दोस्रो तहका नेताहरुले विभिन्न चरणमा अनौपचारिक छलफल र संवाद गरेका थिए । एमाले अध्यक्ष केपी ओलीले समेत तमलोपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोनमा क...

निर्वाचन प्रतिबद्धता अझै अलमलमै सरकार

काठमाडौं, २ फागुन । आगामी जेठभित्र निर्वाचन सम्पन्न गर्ने गरी यसै साता निर्वाचन मिति घोषणा गर्ने विषयमा सरकार फेरि अलमलमा परेको छ ।सरकार तत्काल निर्वाचन मिति घोषणा गरे मधेसी मोर्चालगायत असन्तुष्ट पक्षले निर्वाचनमा भाग नलिने र मिति घोषणा नगरे संविधानले तय गरेको समयसीमा गुज्रँदै गएकाले कस्तो रणीनीति अख्तियार गर्ने भन्ने अन्योलमा परेको हो । मोर्चाले संविधान संशोधनअघि निर्वाचन मिति घोषणा भए बहिष्कार ...

उद्योग वाणिज्य महासंघमा महाभारत

काठमाडौं, २ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको आगामी ३वर्षका लागि नयाँ नेतृत्व चयन गर्नका लागि हुने साधारणसभा अब ५६ दिनमात्र बाँकी रहेको छ । ०७३ चैत २८ गतेबाट सुरु हुने महासंघको साधारणसभाको एक मात्र एजेण्डा आगामी तीन वर्षकालागि नेतृत्व चयन हुनेछ । महासंघको संशोधित विधान ०७३ बमोजिम निर्वाचन भएमा र यो बीचमा कुनै कानूनी व्यवधान आइ परेन भने यस पटक साधारणसभाले वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणालार्...

पूर्वराजा दिल्लीकै सल्लाहमा अघि बढ्दै ?

पूर्वराजा दिल्लीकै सल्लाहमा अघि बढ्दै ?
काठमाडौं, २ फागुन । बाहिरभन्दा भित्र र स्वदेशमा भन्दा विदेशमा धेरै सक्रिय देखिन थालेका पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डको राजधानी बैंककको आठ दिने राजनीतिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । यसअघि पनि उनी बैंकक गएका थिए र त्यतैबाट चीन पुगेका थिए । यसपटकको बैंकक भ्रमणमा पनि उनले चीन र भारतका रहस्यम दूतहरुसँग भेटघाट गरेको स्रोतको दावी छ । प्रमुख तीन दल संविधान कार्यान्वयनका लागि निर्वाचनको मिति घो...

पार्टीको नाम फेर्ने तयारीमा विप्लव माओवादी

पार्टीको नाम फेर्ने तयारीमा विप्लव माओवादी
काठमाडौं, २ फागुन । नेकपा (माओवादी) को आठौँ महाधिवेशन आइतबारबाट सुरु भएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले खुलामञ्चमा आयोजित सभामा महाधिवेशन उद्घाटन गरे । उद्घाटनअघि माओवादीले काठमाडौंको मुख्य तीन स्थान कालिमाटी, लैनचौर र बबरमहलबाट र्‍याली निकालेको थियो ।  र्‍यालीका सहभागीले रातो झन्डा बाकेर रातै क्याप लगाएका थिए । सहिदगेटमा तीनवटै र्‍याली मिसिएका थिए । सहिदगेटबाट र्‍यालीको नेतृत्व महासचिव...
trusted online casino malaysia