दैनिक झन्डै ४६ करोड रुपैयाँको नयाँ नोट सटही

दैनिक झन्डै ४६ करोड रुपैयाँको नयाँ नोट सटही
काठमाडौं। दैनिक करिब ४६ करोडका नयाँ नोट साटिन्छन् । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट प्रत्येक दिन सर्वसाधारण नागरिकले दैनिक ४६ करोडका नयाँ नोट साट्ने गरेका छन् । सर्वसाधारणले केन्द्रीय बैंकबाट आइतबारदेखि नै नयाँ नोट साट्न सुरु गरेका हुन् । आइतबार थापाथलीबाट २३ करोडका नयाँ नोट साटेका थिए । नयाँ नोट साट्ने सर्वसाधारण क्रमिक रुपमा बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । सो...

कार्की निवासमा सूचना नटाँसी फर्कियो सर्वोच्च टोली

काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्धामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी बुधबार रित्तोहात फर्किए । काठमाडौं महानगरपालिका १० नं वडासचिव सरिता राई कार्यालयमा नभेटिएपछि ती कर्मचारी कार्कीको घरमा सूचना नटाँसी फर्किएका हुन् । सर्वोच्चको टोली बुधबार दिउसो म्यादको पत्र लिएर उनको निवास पुगेको थियो । घरमा म्याद टाँस गरी मुचुल्का उठाउन सम...

सन्धि पुनरवलोकन गर्ने समझदारी

सन्धि पुनरवलोकन गर्ने समझदारी
काठमाण्डाै । नेपाल-भारत प्रबद्ध समूह (इपिजी) मा सन १९५०को सन्धि पुनरवलोकन गर्ने समझदारी जुटेको छ ।भारतको नयाँदिल्लीमा मंलबारबाट दुई दिन चलेको समूहको दोस्रो बैठकमा नेपालले सन १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन प्रस्ताव राखेकोमा भारतीय पक्ष सकरात्मक भएको हो । उक्त सन्धिका विषयमा आगामी बैठकमा विस्तृत छलफल गर्ने समझदारी दुई देशबीच भएको छ ।  प्रबुद्ध समूहका कार्यकारी निर्देशक यादब खानलले सन १...

हामी शान्ति चाहन्छौं : सरिफ

हामी शान्ति चाहन्छौं : सरिफ
काठमाडौं। भारत–पाक तनाव चर्किंदै जाँदा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले संसद्को संयुक्त बैठकलार्य बुधबार सम्बोधन गर्दै आफू शान्तिको पक्षमा भएको र आतंकवाद अन्त्य आफ्नो लक्ष रहेको बताएका छन् । कस्मिर अशान्तिमा भारतको हात रहेको उनको दाबी थियो । आफूहरुले युद्ध नचाहेको उनले स्पष्ट पारे । आफूले शान्तिको वकालत गरेको विषयलाई कसैले कमजोरी सम्झन नहुने उनको धारणा थियो । सरिफले भारतीय प्रधानमन्त्री नरेन्...

बिपीमा पिजी भर्ना अनियमितता, उपकुलपतिमाथि कारबाही सुरु

बिपीमा पिजी भर्ना अनियमितता, उपकुलपतिमाथि कारबाही सुरु
काठमाडौं। प्रक्रियाविपरीत तोकादेशका भरमा पिजी भर्ना निर्णय गर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपति डा. बलभद्रप्रसाद दासमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिष्ठनाको पोष्टग्रयाजुएट (पिजी) तहमा विद्यार्थी भर्नामा नियमविपरीत मनपरी गर्ने गरेको भेटिएपछि स्वास्थ्य मन्त्रालयले कारबाही प्रक्रिया सुरु गर्दै स्पष्टीकराण सोध्ने प्रस्ताव मन्त्रिपरिषद् लैजाने भएको छ । स्...

डिस्कोभित्र लोकमानको नाममा डाङ्डुङ्

डिस्कोभित्र लोकमानको नाममा डाङ्डुङ्
काठमाडौं । मान्छे शक्तिले मैमत्त भएपछि शर्म पचाएर जे पनि गर्छ भन्ने कुरा फेरि पनि चरितार्थ भएको छ, असोज १० गते, राति, ठमेलको डिस्कोमा । अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको रवाफ लगाउँदै डिस्कोभित्र बाउन्सर र युवतीमाथि दुव्र्यवहार गर्दा लोकमानका बडिगार्ड डिएसपी दानबहादुर थापा मध्यरात भागाभागमा मात्र परेनन्, ठूलो दुर्घतनाबाट पनि बाँचे । घटनामा अख्तियार स्वामित्वको बा१च् ९५५९ नम्बरको स्यान्ट्...

दियालोमा देखियो रामचन्द्रको बिजोग

काठमाडौं।गत महाधिवेशनमा पार्टी सभापतिमा पराजित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको पार्टीभित्रको हैसियत कतिसम्म दयालाग्दो अवस्थामा पुगेछ भन्ने कुरा गत शुक्रबार उनी आफैंले आयोजना गरेको कार्यक्रममा देखिएको छ । दसैंको अवसरमा गरिएको चियापान कार्यक्रम उनका आफ्नै गुटका नेता कार्यकर्ताले समेत पत्याइदिएनन् । पौडेलले गत शुक्रबार बसुन्धारामा रहेको दियालो पार्टी प्यालेसमा शुभकामना आदानप्रदान कार्यक्रम ...

पुनर्निर्माणमा सांसद परिचालित हुने

पुनर्निर्माणमा सांसद परिचालित हुने
काठमाडौं / पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्मा भूकम्प प्रभावित जिल्लाका सांसदहरुलाई पनि परिचालित गरिने भएको छ। मंगलबार बसेको परिषद्को बैठकले प्रभावित जिल्लाका सांसदमध्ये समावेशी सिद्धान्तका आधारमा १४ सांसद्लाई सदस्य मनोनीत गर्ने जिम्मेवारी प्राधिकरणका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। यसअघि नै सांसदहरू मनोनयन गर्ने निर्णय भए पनि अहिलेसम्म कार्यान्वयन भएको थिए...

१० दिन बित्यो, घिमिरेका तीन दाजुभाइ अझै भेटिएनन्

१० दिन बित्यो, घिमिरेका तीन दाजुभाइ अझै भेटिएनन्
काठमाडौं। सरकारले त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि अनुभवी गोताखोरसहित पाँच सय ६० सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनको दारेचोक–३ घोप्टेभीरमा ९ असोजमा जिप दुर्घटनामा परी हराइरहेका घिमिरेको खोजी तथा उद्धारका लागि सरकारले सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहेको हो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले घिमिरेको खोजीका लागि दुर्घटना भएको दिनयता च...

अरनिको यातायातको सिन्डिकेट तोडियो

अरनिको यातायातको सिन्डिकेट तोडियो
काभ्रे / काभ्रेको कोसीपारि क्षेत्रमा अरनिको यातायातको सिन्डिकेट तोडिएको छ । सुनकोसी पूर्व यातायात प्रालिले दसैंको मौका पारी १६ टाटासुमो गाडीबाट मंगलबारबाट सेवा सुरु गरेपछि अरनिकोको सिन्डिकेट तोडिएको छ। कोसीपारिमा अरनिकोको एकाधिकारका कारण थोरै गाडी चल्दै आएका छन् । थोरै गाडीमा यात्रुको चाप बढी हुँदा बेलाबेला ठूला दुर्घटना हुने गरेको छ । गत महिनामात्र कोसीपारि २७ जनाको ज्यान जाने गरी बस दुर्घटना भएक...
trusted online casino malaysia