भुक्तानी नपाएको भन्दै गौतमबुद्ध विमानस्थल धावनमार्ग निर्माण कार्य रोकियो
काठमाडौँ / निर्माणको काम अन्तिम चरणमा रहेका बेला अहिले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकिएको छ ।सरकारी लापरबाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य रोकिएको हो ।
सरकारी कमजोरीकै कारण यस आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइतबारबाट रोकिएको छ । ठेकेदार कम्पनी नर्थवेस...












