बुधबार र बिहीबार भारी बर्षा हुने : केही दिन अझै देशैभर पानी पर्ने
काठमाडौं । देशैभरी भइरहेको वर्षा अझै केही दिन जारी रहने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सक्रिय बनाउने न्यूनचापीय क्षेत्र नेपाल नजिक भएका कारण बुधबार र बिहीबार पनि देशैभर वर्षा हुने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको छ । नेपालमा वर्षा गराउन बंगालको खाडी र अरब सागर दुबैतिरबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ ।
भारी वर्षाभने बुधबारदेखि नै क्रमशः घट्दै जाने ...










