नेपालमा ह्वात्तै बलात्कारका घटना : बालिकादेखि हाडनातासम्म असुरक्षित
काठमाडाैं । वैशाख १६ गते इलामको शान्तिडाँडा गाविस–५ का २५ वर्षीय सुमन राईले १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको उजुरी पर्यो । वैशाख २० गते पीडितका आफन्तले कारबाही माग गर्दै उजुरी दिए । प्रहरीले राईलाई वैशाख २० गते नै गिरफ्तार गर्यो । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी तथा हाडनाता करणीअन्तर्गतको मुद्दा दर्ता गर्यो । जिल्ला अदालतले जेठ १६ गते राईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो ।
...











