जोडो छल्न भत्किएकै घरमा बास
ललितपुर, १५ पुस । मध्य पुसमा जाडो बढ्दै जाँदा प्युटार गाविस–९ की सुन्तली थिङ भूकम्पले चर्काएर खतराको सूचीमा परेको घरमै फर्किएकी छन् । गत वैशाखमा गएको विनाशकारी भूकम्पले घर चर्किएर बस्नै नमिल्ने भएपछि उनी जस्ताको ‘अस्थायी टहरा’ मा बस्दै आएकी थिइन् । जस्ताको टहरामा जाडो छेक्न गाह्रो भएपछि उनी चर्किएकै घरमा फर्किएकी हुन् ।
तिहारसम्म टहरामा बसेकी थिङ तिहारपछि जाडो बढेकाले चर्किएको घरमा सरेकी हुन् ।
...











