न्युरोडमा २ किलो सुन चोरी

न्युरोडमा २ किलो सुन चोरी
काठमाडौं, १४ पुस । न्युरोडको सुनचाँदी पसलबाट आइतबार राति करिब दुई किलोबराबरको सुनको गहना चोरी भएका छन् । चोरले साँचो नै चोरी गरेर सटर फोडेको हो ।न्युरोडस्थित न्यू लक्ष्मी सुनचाँदी पसलमा चोरी भएको हो । बुद्धनगर बस्ने विष्णु रिजालले सञ्चालन गरेको उक्त पसल घरबाटै साँचो चोरी गरी फोडिएको प्रहरीले जनाएको छ । पसल चोरीमा उनका आफन्त नै संलग्न भएको प्रहरी आशंका छ । सञ्चालक रिजालले सुरुमा दुई किलो बराबरका सु...

प्रधानमन्त्रीद्वारा भारतसँग सामूहिक संवाद गर्न प्रस्ताव

प्रधानमन्त्रीद्वारा भारतसँग सामूहिक संवाद गर्न प्रस्ताव
काठमाडौं, १४ पुस । आफूलाई दिएको आश्वासन अनुसार नाकावन्दी नखुलेकामा आक्रोशित देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सामूहिक रुपमा सम्वाद गर्न प्रमुख प्रतिपक्षी दल काँग्रेस र सत्ता साझेदार दल एमाओवादीलाई आग्रह गरेका छन। भारतले असहयोग गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काँग्रेस,एमाले र एमाओवादीका शिर्ष नेताहरुको सोमबार बालुवाटारमा बसेको बैठकमा भारतसँग सामूहिक रुपमा सम्वाद गर्नुपर्न...

अाेलीविरूद्द यसरी बन्दैछ भित्रभित्रै गठबन्धन

१३ पुष काठमाडौं । सत्तारुढ गठनबन्धनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको छ।सरकार गठन भएको लामो समयसम्म पनि देशले सामना गर्दै आएका प्रमुख समस्या समाधान गर्न प्रभावकारी कदम नचालेको भन्दै असन्तुष्टि बढेको हो। ओली सरकार गठन हुनुअघि नै सुरु भएको मधेस आन्दोलनलाई समाधान गर्न प्रयास नभएको, भारतसँग नाकाबन्दी खुलाएर समस्या समाधान गर्न प्रभावकारी काम नगरेको, क...

चमेलियाकाे डेड लक फुकायाे समितिले

चमेलियाकाे डेड लक फुकायाे समितिले
१३ पुष काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनामा भएको अनियमितताको मूल्यांकन गर्दै ठेकेदारलाई भुक्तानी गरेर काम थाल्ने जिम्मा ऊर्जा मन्त्रालयलाई दिएको छ ।खुम्चिएको सुरुङ पुनर्निर्माणका क्रममा भ्रष्टाचार ठहर गर्दै झन्डै २ वर्षदेखि रकम भुक्तानी नदिन गरेको निर्देशनको चर्को आलोचना भएपछि मूल्यांकन गरी काम गराउने जिम्मा मन्त्रालयलाई दिएको हो ।समितिको आइतबारको बैठकले भुक्तानी दिन...

भूकम्पपीडित भोकै, चामल कुहाएर नष्ट

भूकम्पपीडित भोकै, चामल कुहाएर नष्ट
सिन्धुली,पुस १३ । सिन्धुलीका भूकम्पपीडितले दैनिक एक छाक खाने अन्न पनि नभएको गुनासो गरिरहेका बेला प्रशासनले भने एक सय २० क्विन्टल चामल कुहाएर नष्ट गरेको छ।भूकम्पपीडितका लागि विभिन्न सहयोगी निकायबाट प्राप्त चामल समयमा वितरण नगर्दा कुहिएपछि जलाएर नष्ट गर्नुपरेको हो।जिल्ला दैवी प्रकोप उद्धार समितिले भण्डारण गरेर सभागृह हलमा राखेको ३० केजी दरका चार सयभन्दा बढी बोरा चामल कुहिएर कामै नलाग्ने भएपछि रातारा...

बेसीमा शीतलहर, लेकमा तुसारो : ठिहीले मर्दै भूकम्प पीडित

बेसीमा शीतलहर, लेकमा तुसारो : ठिहीले मर्दै भूकम्प पीडित
सिन्धुपाल्चोक, पुस १३ । ठिहीले अस्थायी टहरोभित्र कठ्यांग्रिएर शनिवार हिमाली गाउँ गुन्सा ७ का ८० बर्षीय जंग गोलेले प्राण त्यागे । दमका पुराना रोगी उनलाई तुसारो बोकेर आउने लेकाली सिरेटोसँगै लिएर गयो ।शीत चुहिने र स्याँठ छिर्ने अस्थायी टहरोको बासले दम बढेपछि उनी दुई महिनाअघि उपचारका लागि जिल्ला अस्पताल पुगेका थिए ।‘दमको घाउमा ठन्डीले हिर्कायो, गाविस सचिव रामप्रसाद न्यौपानेले भने–चिसोबाट जोगाउन सकेको ...

केएल दुगड जोगाउन वाणिज्य विभाग नै सक्रिय

केएल दुगड जोगाउन वाणिज्य विभाग नै सक्रिय
काठमाडौँ, पुस १३ । मुलुक गम्भीर समस्यामा परेको मौका छोपेर उपभोक्ता ठग्दै खाने तेलमा कालोबजारी गर्ने केएल दुगड समूहको कर्तुत लुकाउन वाणिज्य तथा आफूर्ति व्यवस्थापन विभाग नै लागिपरेको तथ्य फेला परेको छ ।बजार अनुगमन तथा कारबाहीको जिम्मेवारी पाएको विभागका पदाधिकारीले नै दुगडसँग आर्थिक लाभ लिएर जोगाउन लागेका हुन् । लामो समयदेखि कालोबजारी गर्दै आएको र्केएल दुगड समूहको गोदाममा छापा मारी आवश्यक कारबाही गर्...

कहाँ गयो साढे ४ लाख सिलिन्डर ग्यास ?

कहाँ गयो साढे ४ लाख सिलिन्डर ग्यास ?
काठमाडौँ, पुस १३ । आधा सिलिन्डर ग्यासका लागि महिनौँ पालो कुर्दा पनि नपाएका सर्वसाधारण दिनहुँ ग्यासका बुलेट भित्रिएको समाचार सुनैरै चित्त बुझाउन बाध्य छन् । अघोषित नाकाबन्दीका कारण सामान्य अवस्थामा अस्तै ग्यास आउन नसकेपनि १२ दिनमा मात्रै १ सय ७७ बुलेट ग्यास भित्रिए पनि ती ग्यास कहाँ गए र कसले ग्यास पायो भन्नेबारे उपभोक्ता अन्योलमा छन् ।गत १ पुसयता भारतवाट ४ लाख ४२ हजार ५ सय सिलिन्डर पुग्ने १ सय ७७ ...

प्रधानमन्त्री अोलीले त्रिपक्षीय वार्ता नराखेपछि प्रचण्ड आक्रोशित

प्रधानमन्त्री अोलीले त्रिपक्षीय वार्ता नराखेपछि प्रचण्ड आक्रोशित
काठमाडौं, पुस १३ । प्रधानमन्त्री केपी ओलीले तराई-मधेसको गतिरोध अन्त्य हुने गरी तीन दलको साझा धारणा बनाउन त्रिपक्षीय बैठक बोलाउने समझदारी गरे पनि त्यसको पालना नगरेको भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट भएका छन्।प्रधानमन्त्री ओली र दाहालबीच आइतबार बिहान बालुवाटारमा त्रिपक्षीय बैठक बोलाउने समझदारी भएको थियो। कांग्रेस र मधेसी मोर्चासँग शन...

मन्त्रालय खोज्दै नयाँ मन्त्रीहरु

काठमाडौँ, पुस १३ । जनमुक्ति पार्टीबाट विज्ञान तथा प्रविधि मन्त्री बनेका शिवलाल थापाले आफू बस्ने कार्यकक्षको व्यवस्थापनमा सहयोग गरिदिन आइतवार जनुंख्या तथा वातावरण मन्त्री विश्वन्द्र पासवानलाई आग्रह गरे । थापाले पाएको मन्त्रालय पासवानले नेतृत्व गरेकै (विज्ञान, प्रविधि तथा वातावरण)बाट टुक्राएर बनेकाले वातावरण मन्त्री पासवानलाई त्यस्तो आग्रह गरेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ । पसवानले स्वास्थ...
trusted online casino malaysia