विवादास्पद गोल्छा प्रधानमन्त्रीबाटै सम्मानित
पुष ७ इटहरी। आर्थिक लेनदेनका कारण विवादास्पद बनेकी एमाले सांसद् राज्यलक्ष्मी गोल्छालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य कार्यक्रममा सम्मान गरेका छन् । एमाले पार्टी तथा विभिन्न नेतालाई सात कराड रुपैयाँभन्दा बढी नगद दिएको अभिव्यक्तिपछि गोल्छा विवादमा आएकी थिइन् । एमालेले मधेसी महिलाको कोटामा उनलाई समानुपातिक सभासद् बनाएको थियो । तर, संविधान निर्माण प्रक्रियामा सहभागी नभएको र...










