मधेस आन्दोलनले व्यापारीको उठिबास

मधेस आन्दोलनले व्यापारीको उठिबास
लहान २४ मंसिर, / सिरहाको मिर्चैया बजारमा एक वर्षअघि ‘महाराजा होटल’ खुल्यो। होटल खोल्ने व्यक्ति सर्वसाधारण थिए। होटलले ग्राहकको मन जित्दै गयो। लगानी र कारोबार बढ्दै थियो। अचानक अनिश्चितकालीन आमहडताल सुरु भयो जसले महाराजा होटल सधैंका लागि बन्द गरिदियो। ‘हडताल आज टुंगिएला, भोलि टुंगिएला भनेर आशा गर्दै कुर्यौं , तर टुंगिएन,’ नाम सार्वजनिक गर्न नचाहने उनले भने, ‘यति लामो बन्दको थपेको आर्थिक भार ...

राज्यसभामा नेपाल बहस प्रभावित पार्ने प्रयास

राज्यसभामा नेपाल बहस प्रभावित पार्ने प्रयास
काठमाण्डौ २४ मंसिर / भारतको राज्यसभामा सोमबारको बहस प्रभावित पार्न र नाकाबन्दीको स्वामित्व मधेसीकै स्थापित गर्न सरकारी समन्वयमा विपक्षी सांसदहरूसँग आइतबार र सोमबार बिहानसम्म मधेसी माेर्चाका नेताहरू दिल्लीमा दौडधुपमा व्यस्त रहे । सांसदहरू शरद यादव, करण सिंह, डिपी त्रिपाठी, सीताराम येँचुरी, पवन बर्मा, आनन्द शर्मा, केसी त्यागीलगायत सांसदहरूलाई भेटेर उनीहरूले नाकाबन्दी आफूहरूले गराएको, तर बदनामी भा...

दीपिकाको अवार्ड थाप्न रणवीर पुगेपछि…

दीपिकाको अवार्ड थाप्न रणवीर पुगेपछि…
काठमाण्डौ २४ मंसिर / बलिउडमा रणवीर–दीपीकाको प्रेम प्रसंगबारे गसिप बन्न थालेको लामो समय भइसकेको छ । यी दुईको सम्बन्धबारे अनेक अड्कलबाजी मात्र गरिएका छैनन्, समय–समयमा उनीहरुले नै यस्ता अड्कललाई सहयोग गर्ने क्लु दिइरहेका छन् । गत साता एउटा कार्यक्रममा पनि त्यस्तै भयो । फिल्म तामासा रिलिज भएपछिको एउटा अवार्ड वितरण समारोहमा दीपीकाले अवार्ड पाइन् । तर, घरायसी कारण उनी त्यो कार्यक्रममा उपस्थित थिइनन् ...

थरीथरीका आन्दोलनसँग थरीथरीका सम्झौता

काठमाडौं २४ मंसिर, / सरकारले ०६४ देखि ०७२ सम्म ७२ वटा जातीय, क्षेत्रीय तथा राजनीतिक समूहसँग सहमति गरेको छ । पहिलो संविधानसभा निर्वाचनदेखि दोस्रो संविधानसभा निर्वाचनअघिसम्म सो संख्यामा सरकारले आन्दोलनरत पक्षसँग सहमति गरेको हो । तर, लामो वार्तापछि गरिएका त्यस्ता सहमति एक–अर्काप्रति बाझिने गरेको भेटिएको छ । खासगरी राज्य पुनर्संरचनाका सन्दर्भमा आन्दोलनरत तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चा र अन्...

यहाँ पो छाप्दा रहेछन् सिके राउतले पर्चा

यहाँ पो छाप्दा रहेछन् सिके राउतले पर्चा
काठमाडौं २४ मंसिर – डा. सिके राउतले स्वतन्त्र मधेसका नामको पर्चा उपत्यकामा गोप्य रुपमा छपाएर तराईतिर पठाउने गरेको रहस्य खुलेको छ ।महानगरीय प्रहरी परिसर ललितपुरले लगनखेलस्थित औद्योगिक क्षेत्रभित्र पर्चा छाप्दै गरेको अवस्थामा रोशन साहलाई पक्राउ गरेको हो । आशुतोष पिन्टर्समा प्रहरीले छापा मार्दा एक बोरा पर्चासमेत बरामद गरेको थियो । धनुषा घर भएका साहले कुनै व्यक्तिमार्फत आफूले पर्चा छाप्ने ठेक्का पा...

टेलिभिजन र रेडियोबाट एसएलसीको तयारी कक्षा हुने

टेलिभिजन र रेडियोबाट एसएलसीको तयारी कक्षा हुने
काठमाडौं २४ मंसिर / यस वर्ष एसएलसी परीक्षा दिने विद्यार्थीलाई शुक्रबारदेखि शिक्षा मन्त्रालयले रेडियो नेपालमार्फत पढाउने भएको छ । भूकम्प र तराई–मधेसको आन्दोलनलगायतका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको र कोर्स पूरा गर्न नसकेका विद्यार्थीलाई फोकस गरी रेडियोबाट एसएलसी सामग्री प्रसारण गर्न लागिएको हो । केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार सुरुमा रेडियो नेपालबाट साढे सात बजेदेखि १...

पासपाेर्ट पृष्ठ बढाउने सरकारकाे तयारी

  काठमाण्डाै २४ मंसिर /  सरकारले एमआरपीको पृष्ठ बढाउने तयारी गरेको छ । हाल वितरण भइरहेको राहदानी बाहिरी अवरणसहित ३२ पृष्ठको छ । व्यक्तिगत विवरण, मुद्रा सहटी आवरणलगायत १८ वटा पृष्ठमा भिसा लगाउन र आउँदा, जाँदा छाप लगाउन मिल्ने छ । १० वर्षको समयावधि रहेपनि अहिले बढीमा ८ पटक विदेश यात्रा गर्दा भरिन्छ । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

बीपी राजमार्गमा बस चलाउन नपाइने

बीपी राजमार्गमा बस चलाउन नपाइने
काठमाडौं  २४ मंसिर, / सरकारले बीपी राजमार्गमा अनधिकृत रुपमा सञ्चालन भइरहेको ठूला बस रोक्ने भएको छ । यो राजमार्गमा १६ सिटभन्दा बढीका सवारी गुड्न पाउने छैनन् । जापान सरकारको सहयोगमा निर्मित बनेपा-खुर्कोट-बर्दिबास सडकमा यातायात व्यवस्था विभागले एक सय ३० वटा १६ सिटे माइक्रो र दुई सय जिपलाई मात्रै सञ्चालन अनुमति दिएको  छ । जापानले औपचारिक रुपमा नेपाल सरकारलाई सडक हस्तान्तरण गरेको एक वर्षपछि य...

१३ पेट्रोलपम्पद्वारा १५ करोड ठगी

१३ पेट्रोलपम्पद्वारा १५ करोड ठगी
२३ मंसिर काठमाडौं । मिटर बिगारेर राजधानीका १३ पेट्रोलपम्पले करिब १५ करोड ठगी गरेका छन् । रिमोट तथा चिप प्रयोग गरी डिजिटल मिटर बिगारेर उनीहरूले ठगी गरेका हुन् । महानगरीय अपराध महाशाखाले नेपाल आयल निगमसँग डाटा लिएर गरेको अनुसन्धानमा ती पम्पले १५ करोड २२ लाख रुपैयाँ ठगी गरेको खुलेको हो । करिब एक वर्ष अवधिमा पेट्रोलपम्पहरूले कम परिणाम इन्धन बेचेर करिब एक करोड रुपैयाँभन्दा बढी कमाएका हुन् । प्रह...

६० करोडको औषधि जफत

२३ मंसिर काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा पाँच महिनादेखि अलपत्र करिब ६० करोडको औषधि सरकारले जफत गरेको छ । अलपत्र औषधिको हकदाबी गर्न दिइएको गत सोमबारसम्म दिइएको समयमा कोही सम्पर्कमा नआएपछि मंगलबार विमानस्थल भन्सारले औषधि जफत गर्ने निर्णय गरेको हो । विमानस्थल भन्सारले गत १४ मंसिरमा एक साताभित्र औषधि हकदाबी गर्न आउन सूचना निकालेको थियो । गत वैशाखमा गएको भूकम्पका घाइतेलाई सह...
trusted online casino malaysia