दिल्ली जादाँ कमल थापासँग उद्योगपति बिनोद चौधरी पनि साथैमा

दिल्ली जादाँ कमल थापासँग उद्योगपति बिनोद चौधरी पनि साथैमा
नयाँदिल्ली, मंसिर २० । अघिल्लो साता धार्मिक गुरु रविशंकरलाई भेट गर्न बेंग्लोर पुगेका परराष्ट्र मन्त्री कमल थापासँग उद्योगपति बिनोद चौधरी पनि साथैमा थिए । दिल्ली केन्द्रमा भाजपा सरकार निकटस्थ मानिने उद्योगपति चौधरीले भेटवार्ताहरुमा गरेको ‘सहजीकरण’का बारेमा उनी स्वयम केही बताउन चाहँदैनन् । तर, भेटवार्तामा अघिपछि रहेका कुटनीतिक अधिकारीहरु भने चौधरीको पहुँच र प्रभावबारे सन्दर्भ झिकिरहेका हुन्छन् । ...

गम्भीर अपराधमा संलग्नलाई पुलिस रिपोर्ट

गम्भीर अपराधमा संलग्नलाई पुलिस रिपोर्ट
काठमाडाैं , मंसिर २० ।  कुनै पनि अपराधमा संलग्न नभएकालाई प्रहरीले चालचलन प्रमाणपत्र (पुलिस रिपोर्ट) दिनुपर्ने हो । तर, नीतिगत त्रुटिका कारण गम्भीर अपराधमा संलग्नले समेत प्रहरी रिपोर्ट पाउने गरेका छन् । प्रहरीले दायर गर्ने फौजदारी मुद्दालाई मात्र आधार बनाएर पुलिस रिपोर्ट दिने गरिएको  छ । वन्यजन्तुको तस्करी, अवैध मुद्राको कारोबार, राजस्व छली, सम्पत्ति सुद्धीकरण, भ्रष्टाचार, वैदेशिक रोजगार ठगीजस्त...

म्याच फिक्सिङमा संलग्न खेलाडीहरुले अपिल गर्ने

काठमाडाैं , मंसिर २० ।  म्याच फिक्सिङमा संलग्न भएको अभियोगमा एएफसीको अनुशासन समितिद्वारा आजीवन प्रतिबन्ध लगाइएका खेलाडीहरुले अपिल गर्ने बताएका छन् ।एएफसीले १० दिनभित्र अपिल गर्ने समय दिएको छ । हामी त्यस निर्णयविरुद्द पक्कै पनि अपिल गर्नेछौं, नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सागर थापाले शनिबार बताए । उनीसहित उपकप्तान सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, र प्रशिक्षक अन्जन केसीलाई सन २००८...

बाहुनीसँग बिहे गर्दा पार्टी नै छाड्नुपर्‍योः मीन विश्वकर्मा

बाहुनीसँग बिहे गर्दा पार्टी नै छाड्नुपर्‍योः मीन विश्वकर्मा
काठमाडौं , २० मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माले आफूले बाहुनीसँग बिहे गरेकै कारण पार्टी छोड्नुपरेको बताएका छन् । विश्वकर्माले आफूले बाहुनीसँग बिहे गरेपछि कम्युनिष्ट राजनीति गरिरहे पनि पार्टीले अहिले नै सामाजिक परिवर्तन भइसकेको छैन भन्दै आफू रहेको कमिटीले कारबाहीको पत्र लेखेको सुनाएका छन् । भोजपुर सदरमुका टक्सारमा जन्मिए हुर्किएको आफू भोजपुर सदरमुकामबाटै एमाले अ...

मोर्चालाइ के होला दिल्लीको संदेश

मोर्चालाइ के होला दिल्लीको संदेश
काठमाडौं , २० मंसिर । कूटनीतिक सूत्रहरूका अनुसार अहिलेकै अवस्था लम्बिए मधेस आन्दोलन मोर्चाको कमान्डभन्दा बाहिर जाने खतरा रहेको भारतको बुझाइ छ । ‘उनीहरू मोडरेट समूह हुन् जसको हातबाट तराईको राजनीति बाहिर गयो भने विखण्डनवादीहरूको हातमा जानेछ, पश्चिमाहरूको सहयोगमा सञ्चालित त्यो आन्दोलनले भारतको हितमाथि अर्को धावा बोल्नेछ,’ स्रोतले नयाँ पत्रिकासाग भन्यो, ‘भारतका लागि त्यो दोब्बर चिन्ता हुनेछ । त्यसकारण...

‘चीनबाट इन्धन ल्याउन पहल नै भएन’

‘चीनबाट इन्धन ल्याउन पहल नै भएन’
काठमाडौं , २० मंसिर । नेपाल आयल निगमका कार्यकारीनिर्देशक गोपाल खड्काले चीनबाट इन्धन ल्याउने विषयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरमा कुनै पहल नगरेको बताएका छन् । खड्काले मन्त्रालयले उच्चस्तरमा पहल र चासो नदेखाएका कारण चीनबाट इन्धन ल्याउने योजना सेलाउँदै गएको पनि बताए । चिनियाँ पक्षले इन्धन आपूर्तिका लागि नेपालका तर्फबाट उच्चस्तरमा पहल होस् भन्ने चाहना राखेपनि वाणिज्य तथा आपूर्ति मन्त्र...

विस्फोटको त्रासले रक्सौलका ग्यास बुलेट जंगलमा सारिए

विस्फोटको त्रासले रक्सौलका ग्यास बुलेट जंगलमा सारिए
काठमाडौं , २० मंसिर । लामो समयदेखि रक्सौल बजारनजिकै लाइनमा बसेका ग्यास बुलेट भारतीय पक्षले धमाधम खुला स्थान र जंगलतिर सार्न थालेको छ । शुक्रबार ग्यासका तीनवटा बुलेट चुहिएपछि विस्फोट हुने त्रासले अन्यन्त्र सार्न थालिएको छ । सीमा क्षेत्रमा रोकिएका ग्यास नेपाल नपठाएर रक्सौलको स्थानीय प्रशासनले पछाडि सार्दै लगेको नेपाल आयल निगमका अमलेखगन्ज डिपो प्रमुख भानु खनालले बताए । अाजकाे नयाँ पत्रिकामा खबर  र...

मधेसी मोर्चाभित्र पनि एकता छैन

मधेसी मोर्चाभित्र पनि एकता छैन
काठमाडौं, मंसिर १९ । आन्दोलनको विषयमा मधेसी मोर्चा एक भए पनि समाधानको विषयमा पहिलेदेखि नै विवाद छ । अहिले पनि वार्तामा जाने कि अझै आन्दोलन चर्काउने भन्नेमा सहमति हुन सकेन । दिल्लीको संकेत र बालुवाटारको सन्देश पाएपछि बिहीबार सर्लाहीको लालबन्दीको कार्यक्रम छाडेर मोर्चाका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौं आएका थिए । तर, वार्ताको विषयमा मोर्चाभित्र मतैक्य...

बालुवाटार छोडेर लैनचौर, डिनर मिटिङ

काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार बिहान ट्वीट गरे। आज साँझ ५ बजे सत्तापक्ष, प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाबीच वार्ता हुदैँछ।  तर प्रधानमन्त्रीले आह्वान गरेको त्यो वार्ता हुन सकेन्। साँझ मोर्चा नेताहरु बालुवाटार होइन लैनचौरतिर सोझिए, राजदूत रणजित रायसँग सघन संवाद गर्न । हुन त उपेन्द्र यादबले सर्लाहीमा बिहीबारको मोर्चा सभामा सरकारी दमन भएको र वार्ताको माहोल जानाजान सरकारले भ...

किन बाेलायो अख्तियारले पूर्वसभासद पौडेललाई

काठमाडाैं , मंसिर १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमालेको पोलिटब्युरो सदस्य एवं पूर्वसभासद विजय पौडेललाई कुनै विषय नखुलाई बयान दिन बोलाएको छ । अख्तियारले सार्वजनिक पद (राज्यको कुनै लाभको पद) मा कहिल्यै नबसेका पौडेललाई सात दिनभित्र बयान दिन आउन शुक्रबार पत्र थमाएको छ ।अख्तियारले पौडेललाई पठाएको पत्रमा आयोगले गरिरहेको अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने भएकाले सात दिनभित्र हाजिर हुन आउन निर...
trusted online casino malaysia