बिराट पेट्रोलियमलाई इन्धन ल्याउन स्वीकृती

बिराट पेट्रोलियमलाई इन्धन ल्याउन स्वीकृती
काठमाडाैं , कात्तिक १८ । नेपाल आयल निगमले बिराट पेट्रोलियमलाई इन्धन ल्याउन स्वीकृती दिएको छ । निगमले इन्धन आपूर्तिका लागि आह्वान गरेको आशयपत्रमध्ये बिराटलाई मात्र स्वीकृती दिएको हो । निगमले सुचना प्रकाशित गरेपछि स्वदेशी तथा बिदेशी गरी २२ वटा कम्पनीले दर्ता गराएका थिए । ‘इन्धन आपूर्तिका लागि दर्ता गराएका मध्ये एउटा -बिराटलाई) स्वीकृती दिइएको छ,’  निगमका निर्देशक  मुुकन्द घिमिरेले भने, ‘ इन्धन ल...

प्रधानमन्त्री र उर्जामन्त्रीलाई प्राधिकरणका गाडी !

प्रधानमन्त्री र उर्जामन्त्रीलाई प्राधिकरणका गाडी !
१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विद्युत् प्राधिकरणसँग सुविधासम्पन्न गाडी मागिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाडी उपलब्ध गराउन ऊर्जा मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भने प्राधिकरणले निर्माण गरिरहेको भरतपुर–हैटौँडा प्रसारण लाइनको बा.१३च ९७१३ नम्बरको टोयोटा ल्यान्ड क्रुजर गाडी ल...

प्रहरीको एस्कर्टिङमै तस्करीका सामान

प्रहरीको एस्कर्टिङमै तस्करीका सामान
१८ कात्तिक, काठमाडौं । असोज २१ गते बिहान ५ बजे। जाँचपास भई विराटनगर भन्सार यार्डमा थन्किएका गाडी एस्कर्टिङका लागि लाम लागे। सुरक्षाकर्मी एस्कर्टिङ चलाउने तारतम्य मिलाउँदै थिए। केही प्रहरीको नजर एचआर३८एफ ३७६९ नम्बर गाडीमा थियो जुन तीन दिनदेखि एस्कर्टिङमा आउन मानेकै थिएन। इलेक्ट्रोनिक्स सामान बोकेको त्यो ट्रक आफूलाई प्रहरीले पछ्याइरहेको चाल पाएपछि एस्कर्टिङको लामबाट बाहिरियो। लगत्तै उक्त गाडीसँग...

मोर्चाका नेतामाथि भारतीयद्वारा हातपात

मोर्चाका नेतामाथि भारतीयद्वारा हातपात
वीरगन्ज, १८ कात्तिक । रक्सौल नाकास्थित मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी गरिरहेका मधेसी दलका नेताकार्यकर्तालाई मंगलबार साँझ भारतीय नागरिकले हातपात गरेका छन् । ३०-४० जनाको संख्यामा रहेका भारतीयले धर्नास्थल मितेरी पुलमै गएर मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गर्दै हातपात गरेका हुन् । मोर्चाको आन्दोलनका क्रममा सोमबार वीरगन्जमा प्रहरीको गोली लागेर भारतीय युवक आशीषकुमार रामको मृत्यु भएपछि भारत ...

दलित भन्दै भाडावाल निकाल्ने घरधनी पक्राउ

दलित भन्दै भाडावाल निकाल्ने घरधनी पक्राउ
विराटनगर, १८ कात्तिक: दलित भन्दै भाडावालालाई अपमानजनक ढंगले डेराबाट निकाल्ने घरधनी दम्पत्ती पक्राउ परेका छन् । दलित भएकै कारण बेइज्जतीपूर्ण ढंगले घरबाट निकाल्ने सुनसरीको इटहरी उपमहानगरपालिका –८ का ४२ वर्षीय श्याम भण्डारी र उनकी पत्नी ४० वर्षीया शर्मिाला भण्डारी पक्राउ परेका हुन् । उनीहरुले भाडावाल शान्ति गजमेर (विश्वकर्मा) को परिवारलाई सानो जातको भन्दै बेइज्जतीपूर्ण ढंगले घरबाट निकालेका हुन...

विराटनगरमा ब्यवसायीले आजदेखि गाडी चलाउने

विराटनगरमा ब्यवसायीले आजदेखि गाडी चलाउने
१८ कात्तिक, काठमाडौं । ८१ दिनदेखिको बन्दले यातायात क्षेत्र अस्तब्यस्त भएको भन्दै विराटनगरका ब्यवसायी र मजदुरले बुधवारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् । ब्यवसायी र मजदुरबीच मंगलबार विराटनगरमा भएको छलफलले बुधवारदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल यातायात ब्यवसायी महासंघ कोशी अञ्चल उपाध्यक्ष उत्तमराज चौंलागाईँले यातायात ब्यवसायी पलायन हुने अवस्थामा पुगिसकेकाले जो...

भिटामिन ‘ए’ खुवाउन सुरु, पहिलो दिन ३५ हजारलाई खुवाइयो

१७ कात्तिक, काठमाडौं । भिटामिन ‘ए’ खुवाउने कार्यक्रमअन्तर्गत सोमबार पहिलो दिन काठमाडौँ महानगरपालिकाका ३५ वटा वडाका झन्डै ३५ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाएका छन् । छ महिनादेखि पाँच वर्षसम्मको बालबालिकालाई जुकाको औषधि, भिटामिन ‘ए’ बालभिटा खुवाउने र कुपोषण छ छैन भनी जाँचका लागि महानगरपालिका अन्तर्गतको ३५ वटा वडाको एक लाख २० हजार बालबालिकाका लागि कार्यक्रम सुरु गरेको काठमाडौँ महानगरपालिका जनस्...

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २० वर्ष कैद

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २० वर्ष कैद
ताप्लेजुङ ,कात्तिक १७ । आफ्नै छ वर्षीया नाबालिका छोरीलाई बलत्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लेजुङ नगरपालिका–१ का ३५ बर्षे बाबुलाई जिल्ला अदालत ताप्लेजुङले दोषी ठहर गर्दै २० वर्ष कैद हुने फैसला सुनाएको छ।सोमबार जिल्ला अदालतले गएको असोज ३ गतेबाट प्रारम्भ भएको नेपालको संबिधान २०७२ अनुसार अनाथ तथा असहाय वालबालिकाको संरक्षण राज्यको दायित्व भित्र पर्ने भन्दै यो घटनाबाट पीडित बालिकास...

एम्बुलेन्स नपाउँदा गोरुगाडा र ठेलामा बिरामी बोक्नुपर्ने बाध्यता

एम्बुलेन्स नपाउँदा गोरुगाडा र ठेलामा बिरामी बोक्नुपर्ने बाध्यता
काठमाडौं , १७ कात्तिक । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले आहृवान गरेको अनिश्चितकालिन आमहड्तालका कारण ईन्धनको अभावमा एम्वुलेन्स संचालनमा समेत समस्या भएपछि सप्तरीका ग्रामीण क्षेत्रमा गोरुगाडा (वयलगाडा), टायरगाडा, ठेलागाडा र रिक्सा प्रयोग गर्न र विरामी वोक्न थालिएको छ । मोर्चाको लगातारको वन्दका कारण यातायात ठप्प हुनुका साथै ईन्धनको अभावमा एम्वुलेन्सहरु ग्यारेजमा र अस्पताल परिसरमै थन्क्याएर राखिएकाप...

औषधि अभाव चर्कंदै

औषधि अभाव चर्कंदै
काठमाडौं, १७ कात्तिक। भारतले गरेको नाकाबन्दीका कारण आपूर्ति प्रभावित हुँदा राजधानीका अस्पतालमा औषधि अभाव हुन थालेको छ । अस्पतालहरुले सलाइन र आपतकालीन उपचारमा चाहिने औषधिको अभाव सुरु भएको र भण्डारण गरिएका अन्य औषधिले एक साताभन्दा बढी नपुग्ने जनाएका छन् । ‘अत्यावश्यक औषधि पाइन छाडेको छ, अब पनि औषधि आएन भने छिट्टै संकट हुन्छ,’ वीर अस्पतालका निर्देशक स्वयंप्रकाश पण्डितले सोमबार भने । पण्डितका अ...
trusted online casino malaysia