मधेशी मोर्चाद्वारा सरकारसँग वार्ता भंग गर्ने निर्णय
काठमाडौं – आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग जारी वार्ता भंग गर्ने निर्णय गरेको छ । मोर्चाको वार्तासमितिको सोमबार तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
हिजो मात्र वार्ता सकारात्मक दिशामा अघि बढेपनि आज एकाएक सरकार दमनमा उत्रिएकाले सरकार वार्ताको पक्षमा नरहेको आरोप मोर्चाका नेताहरुले लगाएका छन् । ‘वार्ताको वातावरण समाप्त’ भएको मोर्चाले जार...









