अब सरकार आफैंले चीन हुँदै तेस्रो मुलुकबाट इन्धन ल्याउने
काठमाडौं , १६ कात्तिक। सरकारले चीनको बाटो हुँदै तेस्रो मुलुकबाट समेत इन्धन ल्याउने भएको छ । चीनबाट नेपाल इन्धन ल्याउने समझदारी गरी फर्केको टोलीले तेस्रो मुलुकबाट इन्धनसमेत चिनियाँ भूमिबाट ल्याउने सहमति गरेको एक अधिकारीले बताए । त्यसका लागि नेपालतर्फको सडक चौडा बनाउनुपर्ने सुझाव टोलीले दिने भएको छ ।
टोलीले भ्रमणको विस्तृत प्रतिवेदन बुझाउने तयारी गरेको छ । टोलीको नेतृत्व गरेका राजदूत महेस मास...


