छिमेकीलाई फकाएर विश्वशक्ति बन्ने दौडमा चीन

छिमेकीलाई फकाएर विश्वशक्ति बन्ने दौडमा चीन
काठमाडौं / बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिउ चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ । विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारण अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसियन युग’ निर्माणमा लागेको हो । अमेरिकाले भारत, अष्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाई चीनको रहेको छ । तर, चीनले अमेरिकी रणनीति ...

सुनियोजित रुपमा आफूविरुद्ध गलत व्याख्या गरी प्रचार-प्रसार भएको प्रति मन्त्री यादवको आपत्ति

सुनियोजित रुपमा आफूविरुद्ध गलत व्याख्या गरी प्रचार-प्रसार भएको प्रति मन्त्री यादवको आपत्ति
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पछिल्लो समयमा सुनियोजित रुपमा आफूविरुद्ध गलत व्याख्या गरी प्रचार-प्रसार भइरहेको बताएका छन्। दुईदिने लगानी सम्मेलनका क्रममा आफ्नो अभिष्ट पूरा नभएका व्यक्ति तथा समूहबाट नियोजित रुपमा गलत टिका(टिप्पणीभएको उनको आरोप छ।‘प्राथमिकताका आधारमा काँधमा परेको जिम्मेवारी मैले पूरा गरिरहेको छु’, मन्त्री यादवले भने, ‘तर मेरो भूमिकालाई गौण बनाइयो भनेर ...

कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा

कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा
काठमाडाैं / देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको हो । यसअघि ५२ बेडको केन्द्रीय आइसियूको अवधारणा भए पनि ३७ वटा आइसियू बेड सञ्चालनमा थिए ।...

रञ्जु दर्शनालाई खानेपानी मन्त्री बिनाको यस्तो चेतावनी

रञ्जु दर्शनालाई खानेपानी मन्त्री बिनाको यस्तो चेतावनी
काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनासँग जोडेर आफ्नो चरित्र हत्याको प्रयास भइरहेको आरोप लगाएकी छिन्।विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले मेलम्ची आयोजनामा अनियमितता गरेको भन्दै खानेपानी मन्त्रालय र मन्त्रीविरुद्ध उजुरी दिएका बेला बुधवार विज्ञप्ति जारी गर्दै मन्त्री मगरले प्रमाणविना आफ्नो स्वार्थपूर्तिका लागि चरित्रहत्या नगर्न चेतावनी दिएकी छिन्। ‘यदि अनियम...

प्रधानमन्त्रीको पहलमा धनकुमारीलाई नागरिकता

प्रधानमन्त्रीको पहलमा धनकुमारीलाई नागरिकता
काठमाडौं / नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाकी धनकुमारी राईले बिहीबार नागरिकता र सामाजिक सुरक्षा भत्ताको कार्ड प्राप्त गरेका थिए । थापाथलीको पछिल्तिर रहेको सुकुम्बासी बस्तीछेउ भेटिएकी राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोे पहल तथा जिल्ला प्रशासन कार्यालय नुवाकोेटको सहकार्यमा नागरिकताको प्रमाणपत्र र सामाजिक सुरक्षा भत्ताको प्रमाणपत्र दिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानमन्त्री ...

विश्वकै १० किलोमिटर लामो नुन गुफा भेटियो

विश्वकै १० किलोमिटर लामो नुन गुफा भेटियो
इजरायली अनुसन्धान टोलीका सदस्य बिहीबार मृत सागर क्षेत्रमा फेला परेको विश्वकै लामो नुन–गुफामा । उक्त गुफालाई ‘मल्हम’ नामकरण गरिएको छ । सोडोम पहाडमुनिबाट अघि बढेको उक्त गुफा १० किलोमिटर लम्बाइको छ । सन् १९८० बाट खोजी प्रयास भए पनि यतिबेला १० दिन लगाएर वैज्ञानिकहरूले यसलाई भेटाएका हुन् । यो गुफा त्यो क्षेत्रनजिक छ, जहाँ बाइबलमा लोटकी श्रीमती नुनको खम्बामा परिणत भएको भनी देखाइएको छ । एपि

पैसा उठाएर, पसिना बगाएर बनाएको महायज्ञको मण्डपबाट दलित लखेटिए

पैसा उठाएर, पसिना बगाएर बनाएको महायज्ञको मण्डपबाट दलित लखेटिए
वीरगञ्ज / बारामा मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पूजामा रोक लगाइएको छ । बाराको परवानीपुर गाउँपालिका, १ बुनियादमा बुधबार सुरु भएको विष्णु महायज्ञको उद्घाटन प्रदेश, २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका थिए । महाययज्ञको तयारीका काममा भने दलितहरु खटेका थिए । मण्डप बनाउने, सफा गर्ने काम दलितले पनि गरेका थिए । उनीहरुले प्रतिघर एक हजारका दरले चन्दा पनि दिएका थिए । ...

काठमाडौं महानगरले जारी गरेको भवन निर्माण मापदण्ड खारेज नहुने

काठमाडौं महानगरले जारी गरेको भवन निर्माण मापदण्ड खारेज नहुने
काठमाडौं / काठमाडौं महानगरपालिकाले जारी गरेको भवन निर्माण मापदण्ड खारेज नहुने भएको छ । महानगरले स्थानीय राजपत्रमा प्रकाशित गरेको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौ उपत्यका विकास प्राधिकरण सर्वाेच्च अदालत गएको थियो । सर्वोच्च अदालतले भवन निर्माणका लागि अनुमति प्रदान गर्ने, नक्सा स्वीकृत गर्ने र मापदण्ड विपरीत बनेका भवन भत्काउने समेतको अधिकार कानुनतः महानगरपालिकामा रहेको अवस्थामा निवेदकलाई कुनै अप...

धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’

धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’
काठमाडौँ / काठमाडौँ महानगरपालिकाभित्रका सडक अब धूलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘बु्रमर’बाट शहरका सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धूलोमुक्त हुने भएको हो । यो अभियानसँगै काठमाडौँ धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’ले धूलो सफा गर्ने देशकै पहिलो महानगरपालिका भएको छ । धूलो र धुवाँले महानगरबासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै यहाँको सम्पदामै असर पुगेको ...

बलाकृत भएकी १४ वर्षकी बालिका गर्भवती

बलाकृत भएकी १४ वर्षकी बालिका गर्भवती
राजविराज / १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन् । पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टर कहाँ पुर्‍याएकी थिइन् । भिडियो एक्सरे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा परेको छ । मजदुरीमा जाने गरेकी आमाले छोरी बलात्कृत भइरहेको ढिलो मात्र थाहा पाएकी थिइन् । बालिकालाई थप स्वास्थ्य परीक्षणका लागि सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो ।...
trusted online casino malaysia