भारतले ट्रमा सेन्टरललाई दिएको ८ करोडको मेसिन स्टोरमै थन्कियो

भारतले ट्रमा सेन्टरललाई दिएको ८ करोडको मेसिन स्टोरमै थन्कियो
काठमाडौं / सरकारी अस्पातलले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएकाले खिया लागेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सअन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरमा तीन वर्षअघि ल्याइएको सिटी एन्जिओग्राम (क्याथ ल्याब) सञ्चालनमा आउन सकेको छैन । त्यस्तै अत्याधुनिक इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि विगत एक वर्...

जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा, मार्च दोस्रो सातासम्म सम्झौता हुने

जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा, मार्च दोस्रो सातासम्म सम्झौता हुने
काठमाडौँ / जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्र श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै मुलुक सहमत भइसकेका छन् । मन्त्रालयका अनुसार ...

दोलखामा ८२ वर्षीय वृद्धले गरे सम्बन्धविच्छेद

दोलखामा ८२ वर्षीय वृद्धले गरे सम्बन्धविच्छेद
चरिकोट – उनले ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गरे । दुई छोरा र दुई छोरीका बुवाआमा भए । ती दिन कस्ता रमाइला थिएनन् । तर, बुढेसकाल उल्टो भएको छ । घरपरिवार र सम्बन्ध जस्ता कुरामा उनलाई वितृष्णा जागेको छ ।‘त्यो बेला दुःखसुख गरी घर सम्हालेँ,’ दोलखाको गौरीशंकर गाउँपालिका, ८ खारेका ८२ वर्षीय वृद्धले भने, ‘मर्ने बेला छोडपत्र गर्न कसलाई रहर हुन्छ र ?’ उनले भदौ ७ गते ७८ वर्षीया श्रीमतीसँग सम्बन्धबिच्छेदका ...

कोरियाबाट मात्रै वर्षमा साढे ४४ अर्ब हुन्डीमार्फत नेपाल भित्रिन्छ

कोरियाबाट मात्रै वर्षमा साढे ४४ अर्ब हुन्डीमार्फत नेपाल भित्रिन्छ
काठमाडौं । दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले प्रत्येक वर्ष झन्डै ४४ अर्ब रुपैयाँ हुन्डीमार्फत नेपाल पठाउने देखिएको छ । औपचारिक प्रणालीबाट कोरियाबाट नेपाल भित्रने रेमिट्यान्स र दक्षिण कोरियामा रहेका नेपालीको कुल कमाइलाई तुलना गर्दा त्यहाँबाट झन्डै आधा खर्ब रकम हुन्डीमार्फत नेपाल भित्रिने गरेको देखिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दक्षिण कोरियाबाट आर्थिक वर्ष २०७४/७५ मा रेमिट्यान्स ...

सिरहाका नेपाली विद्यार्थी गाउँछन् भारतीय राष्ट्रिय गान

सिरहाका नेपाली विद्यार्थी गाउँछन् भारतीय राष्ट्रिय गान
काठमाडौँ । सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–४ मा पर्ने ठाडीबजार भारतीय सीमासँग जोडिएको अन्तिम नेपाली गाउँ हो ।गाउँपालिका क्षेत्रमा तीन माविसहित १६ वटा सामुदायिक विद्यालय छन् । विद्यालयको संख्या धेरै भए पनि नियमित पठनपाठन हुँदैन । जसका कारण ठाडी क्षेत्रका ६ सयभन्दा धेरै नेपाली विद्यार्थी भारतीय लौकाहा बजार क्षेत्रमा पर्ने भारतीय विद्यालयमा पढ्न बाध्य छन् । स्थानीय जमुवा, बिसौल, कल्याणपुर ...

गुठिको करोडौंको जग्गामा भूमाफियाको रजाई

गुठिको करोडौंको जग्गामा भूमाफियाको रजाई
काठमाडौं । मृगस्थली गोरखनाथ गुठीको करोडौं मूल्य पर्ने जग्गा व्यक्तिलाई नामसारी गरिएको छ। नापी र मालपोतका कार्मचारी तथा भूमाफियाले साविकको बालाजु गाविस २ ‘क’ को कित्ता नम्बर ३४३ को २ रोपनी ७ आना गुठीको जग्गा प्लटिङ गरी व्यक्तिलाई नामसारी गरेका हुन्। ०२२ सालमा जग्गा ऐनअनुसार गुठीको नाममा दर्ता भई संस्थानले पुर्जा पाएको अभिलेख सुरक्षित छ। जग्गाधनी पुर्जामा गुठीको जग्गा भएको स्पष्ट देखिन्छ। ०४५÷४६ साल...

अश्वमेध गायत्री महायज्ञमा देवपूजन र हवन सुरु, १७ सयले गरे एकैसाथ पुजापाठ

अश्वमेध गायत्री महायज्ञमा देवपूजन र हवन सुरु, १७ सयले गरे एकैसाथ पुजापाठ
काठमाडौं । वीरगन्जमा भएको अश्वमेध गायत्री महायज्ञमा देवपूजन र हवन सुरु भएको छ । आइतबारदेखि जारी महायज्ञमा सोमबार हवन सुरु भएको हो ।आदर्शनगर रंगशालामा आयोजित अश्वमेध महायज्ञको विधिवत उद्घाटन आइतबार गरिए पनि देवपूजन र हवन सोमबार सुरु भएको हो । सोमबार बिहान एक हजार सात सय ५७ जना मुख्य यजमानहरुले एकै साथ पूजापाठ, गायत्री मन्त्र उच्चारण र हवन गरेर महायज्ञमा देवपूजन र हवन कार्यको शुभारम्भ गरेका हुन् । म...

खाना पकाउने ग्यास पर्याप्त छ, अभाव हुँदैनः नेपाल आयल निगम

खाना पकाउने ग्यास पर्याप्त छ, अभाव हुँदैनः नेपाल आयल निगम
काठमाडौँ / उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने नेपाल आयल निगम र ग्यास उद्योगीहरुले बताएका छन् । ती निकायले हल्लाका पछि नलाग्न उपभोक्तालाई आग्रह पनि गरेका छन् । कमिसन वृद्धिलगायत १० बुँदे माग रोखर ग्यास उद्योगीले शुक्रबारबाट ग्यास ल्याउने अनुमति (प्रोगेक्ट डेलीभरी अर्डर–पिडिओ) नउठाएपछि ग्यास अभाव हुन सक्ने आशंकामा उपभोक्ताले खाली सिलिन्डर भर्न थालेपछि उद्योगी र निग...

नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नवरपरासीमा राख्न सकिने

नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नवरपरासीमा राख्न सकिने
काठमाडौं / नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ । नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले सोमबार अध्ययन गरी सुस्ता गाउँपालिकामा पर्ने गण्डक नदीको स्पर (ठोकर) नम्बर १२ आसपास तत्कालका लागि टर्मिनल बनाउन सकिने सम्भावित निष्कर्ष निकालेको हो । त्रिवेण...

तिन इरानीलाई नेपाल प्रवेशमा पाच वर्ष प्रतिबन्ध

तिन इरानीलाई नेपाल प्रवेशमा पाच वर्ष प्रतिबन्ध
काठमाडौं । गृह मन्त्रालयले टर्की र ग्रिसको नक्कली राहदानीमा काठमाडौं पसेका ३ इरानीलाई नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाएको छ। गृहले मोहम्मद नाज्मी, उनकी पत्नी आतेफ र छोरा अमिन इस्ताकरलाई ५ वर्षका लागि निष्काशन गरेको हो। उनीहरू भारतबाट स्थलमार्ग हुँदै काठमाडौं आएका थिए। पुस १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड जाने क्रममा त्यहाँको अध्यागमनले ग्रिसको राहदानीमा भएको नेपालको भि...
trusted online casino malaysia