रेल नआएपछि रेलकाे लिकमा खेलेरै दिन बिताउँछन् बालबालिका
जनकपुरधाम । जनकपुर जयनगर रेल संचालनमा ढिलाई भएपछि लिक क्षेत्र अहिले बालबालिकाहरुको खेल्ने ठाउँ बनेको छ । बालवालिका दिनभरी लिकमै खेलेर रमाइलाे गरेकाे भेटिन्छन् ।जनकपुरधाम जयनगर बीचमा एकदर्जन गाउँ छन् ती गाउँका बालवालिका रेलको लिकमै खेलेर दिन बिताउने गर्छन् ।
वैदेही स्टेशनमा खेलिरहेका ८ वर्षीय पंकजले भने, ‘हामी विद्यालयबाट आएपछि घण्टौँ यही खेल्ने गर्छौ ।’ पंकजसंगै त्यहाँ एकदर्जन बालबालिका त्यहाँ ...












