आजको राशिफल : असोज ६ गते शुक्रबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अधिकारका लागि संघर्षमा उत्रनुपर्ने हुन सक्छ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। धेरै फाइदा उठाउन नसकिए पनि नियमित काम सम्पादन हुनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। परिवारजनको साथ जुट्नाले नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।...



