आजको राशिफल : वैशाख १५ गते शुक्रबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला। ईर्ष्या गर्नेहरूले पनि बाधा पुर्याउन सक्छन्। अर्थ अभावले चिन्ता बढाउन सक्छ। तापनि, विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, चिताएको उपलब्धि प्राप्त हुनेछ। लगनशीलताले स्थितिमा सुधार ल्याउन सक्छ।
...



