शिवकुमार कुर्मी हत्या प्रकरण : प्रेमिका र भाइलाई थुनामा पठाउने आदेश
कपिलवस्तु । कपिलवस्तु नगरपालिका–४ पिपरीमा युवकको हत्या आरोपमा पक्राउ परेकी प्रेमिका र उनका भाइलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत फागुन ५ गते महाराजगञ्ज नगरपालिका–६ भलवारीका २७ वर्षीय शिवकुमार कुर्मीको हत्या गरी कुलोमा गाडिएको अवस्थामा शव भेटिएको थियो ।
हत्या आरोपमा प्रहरीले फागुन ७ गते मृतकका प्रेमिका पुष्पादेबी (गुडिया) उपाध्याय र उनका भाइ श्यामकुमार उपाध्यायलाई ...












