नेमकिपाका नारायण महर्जनले उम्मेदवारी फिर्ता लिए

नेमकिपाका नारायण महर्जनले उम्मेदवारी फिर्ता लिए
कार्तिक १०/ राष्ट्रपतिमा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अब राष्ट्रपति पदमा नेकपा एमालेकी विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका कुलबहादुर गुरुङको उम्मेदवारी कायम छ । राष्ट्रपतिको निर्वाचन बुधबार हुँदैछ । उम्मेदवारी फिर्ता लिने समय सकिएको छ ।

मधेसमा दुई प्रदेश बनाउने एमाओवादी प्रस्ताव

मधेसमा दुई प्रदेश बनाउने एमाओवादी प्रस्ताव
१० कात्तिक, काठमाडौं / सत्तारुढ एकीकृत नेकपा माओवादीले तराई मधेसमा आन्दोलनरत थारु र मधेसीलाई सम्बोधन गर्न मधेसमा दुईवटा प्रदेशको प्रस्ताव उच्चस्तरीय राजनीतिक समितिमा राखेको छ । तर, मधेसी मोर्चाले भनेजस्तो झापा, मोरङ, सुनसरी र कैलाली कञ्चनपुरसहितको दुई प्रदेश भने सम्भव नभएको एमाओवादीले प्रष्ट पारेको छ । एमाओवादीले उच्चस्तरीय राजनीतिक समितिमा यस्तो प्रस्ताव राखे पनि अहिलेको सात प्रदेशको सीमांक...

तिहार अघि चीनबाट तेल ल्याउन मुस्किल : ढुवानी व्यवसायी

तिहार अघि चीनबाट तेल ल्याउन मुस्किल  : ढुवानी व्यवसायी
१० कात्तिक, काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चीनले अनुदान दिने भनेको पेट्रोल तिहार अघि ल्याउन मुस्किल पर्ने बताएको छ । चीनले १३ लाख लिटर पेट्रोल अनुदानमा दिने बताएको छ भने व्यवसायिक सम्झौता गर्न नेपाली टोली बेइजिङ गएको छ । तर, पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भने चीनसँग सम्झौता भएर सबै तयारी सक्दा समय लाग्ने भएकाले तिहार अघि चिनियाँ तेल नेपाल ल्याउन गाह्रो पर्ने बताएक...

राष्ट्रपतिमा त्रिपक्षीय भिडन्त, विद्या, नारायण र कुलबहादुरको उम्मेदवारी

राष्ट्रपतिमा त्रिपक्षीय भिडन्त, विद्या, नारायण र कुलबहादुरको उम्मेदवारी
१० कात्तिक, काठमाडौं । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । एमालेकी विद्या भण्डारी, नेमकिपाका नारायण महर्जन र कांग्रेसका कुलबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रपति चयनका लागि भोलि संसदमा गोप्य मतदान हुनेछ । सत्तारुढ दलहरुको समर्थन भएकाले एमाले उपाध्यक्ष भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना प्रवल छ । भण्डारीको प्रस्तावकमा एमाओवादी अ...

राष्ट्रपति रामवरण यादवले राजीनामा नदिने

राष्ट्रपति रामवरण यादवले राजीनामा नदिने
१० कात्तिक, काठमाडौं । नयाँ राष्ट्रपति चयन प्रक्रिया सुरु भैसके पनि बहालवाला राष्ट्रपति डा. रामवरण यादवले राजीनामा नदिने भएका छन् । यादवले नयाँ राष्ट्रपति निर्वाचित भएपछि मात्रै शीतल निवास छाड्ने छन् । ‘अन्तराष्ट्रिय प्रचलन एवं रिप्लेसमेन्टको सिद्धान्तअनुसार राजीनामा दिइरहनु पर्दैन,’ राष्ट्रपति डा. यादवका कानुनी सल्लाहकार ललितबहादुर बस्नेतले  भने, ‘अमेरिकामा पनि राष्ट्रपतिले राजीनामा गर्दैन...

कांग्रेसको चियापानमा यस्तो देखियो पाहुनाको भीड

कांग्रेसको चियापानमा यस्तो देखियो पाहुनाको भीड
काठमाडौं–नेपाली काँगे्रसले बडादशैं दिपावली छठलगायत विभिन्न चाड पर्वको अवसरमा आयोजना गरेको चियापानमा आगन्तुकहरुको भिड देखियो ।सोमबार काठमाडौं दशरथ रंगशालामा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री केपी ओली , सभामुख ओनसरी घर्ती उमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न राजनीतिक दलका उच्च पदस्त नेता, संबैधानिक आयोगका आयुक्त र कुटनीतिक नियोगका प्रतिनिधि,कलाकार पत्रकारहरुको उपस्थिती थियो । ...

राष्ट्रपति घानी र प्रम सर्राफलाई प्रम ओलीको समवेदना

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अर्साफ घानी र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद नवाज सरिफलाई बेग्लाबेग्लै समवेदना पत्र पठाउँदै सोमबार अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय र ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले हिजो पठाउनुभएको छुट्टाछुट्टै पत्रमा यस दुःखद घडीमा नेपाल स...

मिथिला क्षेत्रमा ‘चुमाउन’ विधि सम्पन्न

बर्दिवास, १० कात्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमाका दिन सोमबार राति नवविवाहित दम्पतीबीच ‘चुमाउन’ विधि सम्पन्न गरिएको छ । मिथिलामा विवाह भएपछिको पहिलो कोजाग्रत पूर्णिमाका दिन नवदम्पतीको ‘चुमाउन’ विधि गरिने परम्पराअनुसार गएराति यो विधि सम्पन्न गरिएको हो । मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मणहरुमा प्रत्येक दुई कोजाग्रत पूर्णिमाका बीच विवाह भएका जोडीबीच यो विधि मनाउने पर...

गृहमन्त्रीद्वारा सवारी सुविधा कटौती

गृहमन्त्रीद्वारा सवारी सुविधा कटौती
मुलुकमा चरम इन्धन सङ्कट भएपछि गृहमन्त्री शक्तिबहादुर बस्नेतले आफूले प्राप्त गर्दै आएको सवारी सुरक्षा सुविधा कटौती गर्नुभएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘कारगेड’(अगुवापछुवा सुरक्षा दस्ता गाडी)सहितको सवारी साधन प्रयोग नगर्ने घोषणा गर्नुभएको हो । आइतबार तीन वटै सुरक्षा निकायका प्रमुखको बैठकमा मन्त्री बस्नेतले सो प्रस्ताव गर्नुभएको र आजदेखि लागू गरिएका हो । गृहमन्त्री बस्नेतले मुलुकल...

नेताहरुलाई व्यक्तिगत चन्दा दिएको हो भने छानबिन हुनुपर्छ : योगेश भट्टराई

नेताहरुलाई व्यक्तिगत चन्दा दिएको हो भने छानबिन हुनुपर्छ : योगेश भट्टराई
एमाले सभासद राज्यलक्ष्मी गोल्छाले नेताहरूलाई व्यक्तिगत रूपमा कुस्त चन्दा दिएको खुलासा गरेपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ। केही नेताले चन्दाको विषयमा छानबिन हुनुपर्ने कुरा सार्वजनिक रूपमै उठाएका छन् भने केहीले उनको भनाइलाई ‘कपोलकल्पित’ बताएका छन्। पार्टी प्रवक्तासमेत रहेका एमाले सचिव योगेश भट्टराईले गोल्छाले उठाएको चन्दा प्रकरणमाथि पार्टीले छानबिन गर्नुपर्ने बताए। ‘गोल्छाले पार्टी नेताहर...
trusted online casino malaysia