२९ असोज, सप्तरी । विगत दुई महिनादेखि अत्यन्तै भीडभाड देखिएको राजविराजको आन्दोलन (नेता) चोक बुधबार सुनसानजस्तै देखियो । सुनसानको अर्थ, जसरी यहाँ मान्छेहरुको भीड देखिन्थ्यो, त्यसरी बिल्कुलै देखिएन ।
राजविराजको मुख्य आन्दोलनस्थलका रुपमा परिचित जनआन्दोलन चोक (पहिलाको नेता चोक) मा विगत दुई महिनादेखि व्यापक जनलहर देखापर्दै आएको थियो । बुधबार भने जिल्ला तहका नेताहरु एक्लै भाषण ठोकिरहेका देखिए ।
...
शुक्रबार, आश्विन २९, २०७२