तीन शीर्ष नेताको बैठक सकियो, पदाधिकारी जारी
काठमाडौं, असोज २१
नयाँ सरकार निर्माणबारे पार्टीको धारणा सार्वजनिक गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक अघि शीर्ष नेताहरू सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवाको बैठक बसेको थियो।
तीन शीर्ष नेताको बैठक लगत्तै पदाधिकारी बैठक बसेको हो। बैठकले अब सरकारको नेतृत्व आफैले गर्ने कि अरू कसैलाई सघाउने भन्ने बारे निर्णय गर्ने छ।...






