सुनसरी काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

सुनसरी काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी
इनरुवा जेठ २६ /उम्मेदवार छनौट प्रति असन्तुष्ट कार्यकर्ताहरुले नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीमा तालाबन्दी गरेका छन् । इटहरी उपमहानगरपालिकाको मेयरमा बलियो जनाधार भएका व्यक्तिलाई पाखा लगाइएको भन्दै उनिहरुले पार्टी नेतृत्वप्रति रोष प्रकट गरेका हुन् । नाराबाजी सहित इनरुवा पुगेका हेमकर्ण पौडेल समर्थक काँग्रेस कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालय परिषर नाराबाजी गरेका थिए । रोहित प्...

सुनसरीमा मतदान अधिकृतकालागि सुरुभयो प्रशिक्षण

सुनसरीमा मतदान अधिकृतकालागि सुरुभयो प्रशिक्षण
इनरुवा जेठ २६/दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा सुनसरीमा मूख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावी कार्यक्रमलाई तिव्रता दिन थालेको छ । सुनसरीमा आजबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतकालागि दुई दिने प्रशिक्षण दिन थालिएको छ । ४ सय ८५ निर्वाचन अधिकृत र सोही संख्याका सहायक निर्वाचन अधिकृतलाई मूख्य निर्वाचन अधिकृतको कार्यालयले दुई चरणमा प्रशिक्षण दिने छ । पहिलो चरण अन्र्तगत आजब...

इनरुवामा राजपाको ४० मिनेट चक्काजाम

इनरुवामा राजपाको ४० मिनेट चक्काजाम
जेठ २५ इनरुवा/राष्ट्रिय जनता पार्टी सुनसरी आज इनरुवामा ४० मिनेट चक्काजाम गरेको छ । आन्दोलनको केन्द्रिय तालिका अनुसार राजपाले आजकालागि तराई मधेशका क्षेत्रमा २ घण्टे चक्काजामको कार्यक्रम निर्धारण गरेको थियो । राजपा कार्यकर्ताहरुको न्यून उपस्थितीका बाबजुत पूर्वपश्चिम राजमार्ग अन्र्तगत इनरुवा बसचौक खण्डमा चक्काजामका कारण ४० मिनेट सवारी आवागमन वाधित बनेको थियो । निर्वाचन आचारसंहिता लागुरहेको अवस्थाम...

नेपाली चलचित्रका चर्चित निर्माता चिरञ्जीवी बस्नेत इनरुवा १ को वडा सदस्यमा

नेपाली चलचित्रका चर्चित निर्माता चिरञ्जीवी बस्नेत इनरुवा १ को वडा सदस्यमा
२५ जेठ, इनरुवा । इनरुवा नगरपालिकाका स्थानिय बासिन्दा चिरञ्जीवी बस्नेत कुनै समय नेपाली चलचित्र जगतका चर्चित निर्माता रहिसक्नु भएका अहिले  स्थानीय तह अन्तर्गत बडा सदस्यका लागि मत माग्न ब्यस्त रहेका छन । चण्डाल ,चोर, चक्रब्यु,चलचित्र लगायतका  दुई दर्जन बढी चलचित्रहरु निर्माण गरी सकेका चिरञ्जीवी एक दसक देखि इनरुवा मै बसोवास गर्दै आएका छन । एक दसक अघि नेपाली चलचित्र क्षेत्रमा लगातार चलचित्र बनाउने न...

म आफैमा राम्रो होइन, इनरुवा बासीले मलाई राम्रो बनाउनु परो : शीतोष पोखरेल (भिडियो)

म आफैमा राम्रो होइन, इनरुवा बासीले मलाई राम्रो बनाउनु परो : शीतोष पोखरेल (भिडियो)
इनरुवा अनलाइनको निर्बाचन विशेष कार्यक्रम अन्तर्गत इनरुवा नगरपालिका वाड.न. ३ का नेपाली कांग्रेसबाट वडा अध्यक्षका प्रतिनिधी शीतोष पोखरेल सँग गरिएको कुराकानीका केहि अंशहरु : तपाई के कारणले राम्रो उम्मेदवार हो जस्तो लाग्छ ? मैले आफुलाई आफैले राम्रो भन्दा पनि भोलि निर्बाचनको परिणामले राम्रो भन्दियोस् भन्ने मेरो कुरा हो जाहा सम्म स्थानिय तहको कुरामा शीतोष पोखरेल भनेको निर्नतर एउटा राजनितिककर्मी रुपम...

मधेशा एमालेका असन्तुष्ट खेमा स्वतन्त्र प्यालनको आन्तरिक तयारीमा

मधेशा एमालेका असन्तुष्ट खेमा स्वतन्त्र प्यालनको आन्तरिक तयारीमा
इनरुवा २४/उम्मेद्वारी घोषणा प्रति असन्तुष्ट मधेशाको एक खेमा स्वतन्त्र उम्मेद्वारीको प्यानलको आन्तरिक लबिङमा जुटेको छ । पार्टीको नियर्णप्रति असन्तुष्ट देखिएको एमाले सम्वद्ध मधेशाका नेता तथा कार्यकर्ताहरु स्वतन्त्र उम्मेद्वारीको आन्तरिक गृहकार्यमा जुटेको स्रोतले बताएको छ ।इनरुवा नगरपालिका वडा नम्वर ६ रहेको साविकको मधेशा गाविसमा उम्मेद्वार छनौटको विषयलाई लिएर एमाले भित्रै असन्तुष्टि बढेको स्रोतको ...

विश्व वातावरण दिवसमा वृक्षारोपण

विश्व वातावरण दिवसमा वृक्षारोपण
  इनरुवा २२ जेठ/विश्व वातावरण दिवसको अवसरमा इनरुवामा दुई सय बढी विरुवा रोपिएका छन् । वातावरण दिवस मनाउने क्रममा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय हातामा वृक्षारोपण गरिएको हो । प्रकृतिसँग हाम्रो सम्वन्ध, रहिरहोस अनन्त भन्ने मूल नाराकासाथ दिवस मनाइएको हो । जिल्ला समन्वय समिति सुनसरीले कार्यक्रमको आयोजना गरेको थियो । स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठको संयो...

नगरपालिकाले पुर्न थाल्यो सडकको खाल्डा

नगरपालिकाले पुर्न थाल्यो सडकको खाल्डा
अमर काफ्ले इनरुवा/ इनरुवा नगरभित्रको मूल सडकमा रहेका खाल्डाखुल्डी नगरपालिकाले पुर्न थालेको छ । कालोपत्रे उक्किएर सडकमा बनेको खाल्डाले निमत्याएको जोखिमलाई इनरुवा नगरपालिकाले गिटी हालेर सम्याउन थालेको छ । लोकतान्त्रिक चौकदेखि सखुवागाछी र जिल्ला समन्वय समितिको कार्यालय सम्मको सडक जिर्ण भई निकैस्थानमा रहेका खाल्डा नगरपालिकाले पुर्न थालेको हो । सडकमा बढ्दै गएको खाल्डाले जोखिम बढाएको भन्ने आशयको इनरु...

एमाले मधेशामा अन्तरघातको संकेत – अध्यक्षमा कोषराजलाई चिठ्ठा-सदस्यमा पोखरेललाई पन्छाइएको भन्दै कार्यकर्तामा असन्तुष्टी

एमाले मधेशामा अन्तरघातको संकेत – अध्यक्षमा कोषराजलाई चिठ्ठा-सदस्यमा पोखरेललाई पन्छाइएको भन्दै कार्यकर्तामा असन्तुष्टी
 इनरुवा जेठ १९/साविक मधेशा गाविस रहेको हालको इनरुवा नगरपालिका वडा नम्वर ६ मा एमालेको उम्मेदवारी चयनको विषय निकै पेचिलो बनेको छ । वडा अध्यक्षकालागि ५ जना आकांक्षीवीचको हानाथाप पार्टी पंक्तिले जसोतसो टुङ्ग्याएपनि त्यसले अन्तरघातको सम्भावना बढाएको स्रोतको भनाई छ ।   निकै लामो रस्साकस्सीकावीच साविक मधेशा हालको इनरुवा ६ को वडाअध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाइएको एमाले स्रोत बताउँछ । जसमा कोषराज ...

बबिया चौकमा भ्यानको ठक्करबाट एक बिद्यार्थी घाईते

बबिया चौकमा भ्यानको ठक्करबाट एक बिद्यार्थी घाईते
१८ जेठ, सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका ९ स्थित बबिया चौक स्थित भित्री सडक खण्डमा म्याजिक भ्यानको ठक्करबाट एक जना बिद्यार्थी घाईते भएका छन्। दक्षिणबाट ईनरुवा जाँदै गरेको को १ ज २५५३ नम्बरको म्याजिकको ठक्करबाट पुर्णिमा बोर्डिङ स्कुलमा अध्ययनरत सोही ठाउँ बस्ने देव नारायण यादवको १२ बर्षिय छोरा आशिष यादब घाईते भएका हुन्। घाईते बालकको जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा थप उपचारकालागी न्यूरो अस्पताल ...
trusted online casino malaysia