प्रकृयामा आउन आर्युवेद क्लिनिकलाई प्रशासनको निर्देशन

प्रकृयामा आउन आर्युवेद क्लिनिकलाई  प्रशासनको निर्देशन
इनरुवा बैशाख २५ /आयुर्वेद औषधीको प्रयोग बढाउने सोच अनुरुप सरकारले पहल चालेपनि संचालनमा रहेका अधिकांश त्यस्ता क्लिनिकहरु भने कानुनी दायरामा छैनन् ।सरकारी निकायको उदाशिनताका साथै नियमित अनुगमन अभावमा मनोमानी ढङ्गले व्यवसायका रुपमा आर्युवेद क्लिनिक संचालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको अनुगमनका क्रममा धरान, इटहरीका क्षेत्रमा संचालनमा रहेका आयुर्वेद क्लिनिकका साथै होमिय...

बागमती सरसफाई अभियान सुनसरीमा लागु

बागमती सरसफाई अभियान सुनसरीमा लागु
इनरुवा बैशाख २२/बागमती सरसफाई अभियानलाई निरन्तरता दिने सरकारी निर्णय शुक्रबारबाट सुनसरीमा समेत लागु गरिएको छ ।अभियान अन्र्तगत शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरी हातामा सरसफाई गरिएको छ । सरसफाई अभियानमा सबैको सहभागिता भन्ने अभियानको मूल उद्येश्य अनुरुप प्रजिअ गोपाल प्रसाद पराजुली सहितको टोली सरसफाईमा सहभागि बनेको थियो । जिल्ला प्रशासन कार्यालयको सरसफाईका क्रममा प्रजिअ पराजुली सहित सहायक प्रजि...

पत्रकारलाई प्रेस स्वतन्त्रता अभिलेखिकरण तालिम

पत्रकारलाई प्रेस स्वतन्त्रता अभिलेखिकरण तालिम
इनरुवा बैशाख २२/ सुनसरीको इटहरीमा दुई दिने प्रेस स्वतन्त्रता अभिलेखिकरण तालिम सुरु भएको छ । यूरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहयोमा नेपाल पत्रकार महासंघ नेपालको आयोजना तथा सुनसरी शाखाको संयोजनमा तालिम थालिएको हो । तालिमको मूल उद्येश्य प्रेस स्वतन्त्रता उल्लघंन र त्यसको अनुगमन एवम विषय वस्तुको अभिलेखिकरण रिपोर्टिङ्गका केन्द्रित रहेको छ ।कार्यक्रमको नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा...

खर्च धान्नै छाडेपछि बन्द भयो इनरुवाको कमल टाकिज

खर्च धान्नै छाडेपछि बन्द भयो इनरुवाको कमल टाकिज
२२ वैशाख, अमर काफ्ले इनरुवा/चल काँवरिया शिव के धाम र जय सन्तोषी माता जस्ता धार्मिक फिल्म महिना दिन सम्म हाउसफुल चलेको इतिहास बोकेको इनरुवाको कमल टाकिज सुनसान बनेको छ । हात्ति मेरा साथी, काशमिर कि कली, नदीया के पार, शोले, मर्द, हातिम ताई, आराधना जस्ता १९८० ताका कमल टाकिजमा महिनौं चलेका हिन्दी चलत्रित्र हुन् । त्यसताका अन्य फिल्म समेत खुबै रुचाइएका थिए । कान्छी, चिनो, हामी एक हौं जस्ता नेपाली चलचि...

युवाहरुलाई जेसिजको क्षमता अभिवृद्धी तालिम

युवाहरुलाई जेसिजको क्षमता अभिवृद्धी तालिम
इनरुवा बैशाख २१/इनरुवा जेसिजले युवाहरुमा क्षमता अभिवृद्धी सहित बोल्ने क्षमताको विकास गर्ने उद्देश्यका साथ प्रशिक्षण तालिमको आयोजना गरेको छ । इनरुवा जेसिस २०१७ ले आयोजना गरेको तालिममा इनरुवा जेसिजका वोर्ड सदस्यका साथै मावि तहका विद्यार्थी र युवा उमेर समूहका शिक्षकहरुको सहभागिता रहेको थियो । युवामा नेतृत्व विकास र क्षमता प्रष्फुटनको उद्येश्यसाथ आयोजना गरिएको तालिम सहभागिहरुमाझ प्रभावकारी बन्ने ...

निलम्बनमा परेका स्वास्थ्यकर्मी काममा फर्किए

निलम्बनमा परेका स्वास्थ्यकर्मी काममा फर्किए
इनरुवा बैशाख २०/स्वास्थ्य मन्त्रालयले राष्ट्रिय कार्यक्रममा असहयोग गरेको भन्दै निलम्बन गरेका सुनसरीका स्वास्थ्यकर्मी काममा फर्केका छन् । स्वास्थ्यकर्मीहरुको हकहीतका लागि भन्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा कार्यक्रम बहिस्कार गरेको तथा सेवा छाडी तालाबन्दीमा उत्रेर कामकाज ठप्प पारेको भन्दै स्वास्थ्य मन्त्रालयले उनिहरुलाई निलम्बन गरेको थियो । फागुन २२ गतेको स्वास्थ्य मन्त्रालय...

आमाको काखबाट खसेर बालकको मृत्यु

आमाको काखबाट खसेर बालकको मृत्यु
इनरुवा बैशाख २० /आमाको काखबाट झरेको बच्चा तातोपानीमा परेपछि सुनसरीको कोशी गाउँपालिकाका ७ महिने बालकको ज्यान गएको छ । हरिनगरा माइती घर गएकी सोगर खातुनको ७ महिने छोरो नसिम अन्सारी चिउरा बनाउनका लागि धान भिजाउन तताएको पानीमा खसेका थिए । काखमा छोरो लिएर तातोपानीमा धान भिजाउन लाग्दै गर्दा आमाको काखबाट तातोपानीमा झरी घाइते भएका बालकलाई उपचारकालागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएक...

किर्ते अभियोगमा राष्ट्रिय बाणिञ्य बैक इनरुवा शाखाका सहायक प्रबन्धक तारणी पक्राउ

किर्ते अभियोगमा राष्ट्रिय बाणिञ्य बैक इनरुवा शाखाका सहायक प्रबन्धक तारणी पक्राउ
इनरुवा बैशाख १४/किर्ते अभियोगमा राष्ट्रिय बाणिज्य बैंक इनरुवा शाखाका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडा पक्राउ परेका छन् । साविकको रामनगर भुटाहा तथा हालको हरिनगरा १ मा रहेको चपराही निम्म माध्यमिक विद्यालयको खाताबाट किर्ते गरी ५ लाख ६० हजार रकम निकाल्ने कार्यमा संलग्न रहेको पाइएपछि सहायक प्रबन्धक खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको हो । किर्ते गरी बैंक खाता परिवर्तन गरेको अभियोगमा जिल्ला प्रह...

इटहरीमा लिम्बुवान कार्यकर्ता र प्रहरीवीच झडप सवारी साधनमा तोडफोड, आधा दर्जन बढी घाइते

इटहरीमा लिम्बुवान कार्यकर्ता र प्रहरीवीच झडप सवारी साधनमा तोडफोड, आधा दर्जन बढी घाइते
इटहरी १२/इटहरीमा लिम्बुवान कार्यकर्ता र प्रहरीवीच झडप भएको छ । संघीय लिम्बुवानले निकालेको लाठी जुलुसका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । लाठी सहित निस्केको जुलुस रोकेर प्रहरीले लाठी खोस्न थालेपछि झडपको अवस्था सीर्जना भएको हो । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले लाठी खोस्ने क्रममा मोर्चा कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुडा गरेको बताए । सो क्रममा प्रहरी सहित आधा दर्जन बढी घाइत...
trusted online casino malaysia