सुनसरी क्याम्पसको स्ववियू निर्वाचन स्थगित

सुनसरी क्याम्पसको स्ववियू निर्वाचन स्थगित
इनरुवा फागुन १४/मधेश केन्द्रित दल आवद्ध भातृ संगठनको विरोध र असहयोगका कारण सुनसरी बहुमुखी क्यामपस इनरुवाको स्ववियू निर्वाचन स्थगन गरिएको छ । संयुक्त मधेशी विद्यार्थी मोर्चाको लगातारको अवरोध र धम्कीपूर्ण अभिव्यक्तिपछि असहज परिस्थितीको आकंलन क्याम्पस प्रशासनले सम्पूर्ण चुनावी प्रकया रोकेको जनाएको छ । क्याम्पस प्रमुख प्रकाश नेपालीका अनुसार स्ववियु निर्वाचनलाई लक्षित गरी हुँदै आएको तालाबन्दी र विर...

चाँदवेलाको कल्भर्टमा बालिकाको शव

चाँदवेलाको कल्भर्टमा बालिकाको शव
इनरुवा फागुन १४/बिहीवारदेखि हराएकी बालिका सुनसरीको चाँदबेला ९ मा मृत भेटिएकी छिन् । ११ वर्षिया अमिताकुमारी मुडीयारी घरनजिकैको कल्भर्टमा माटोले मुरिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान जारी रहेकोे प्रहरीले जनाएको छ ।

मोटरसाईकल दुर्घटना हुदा बलाहाका दुई युवक घाईते

मोटरसाईकल दुर्घटना हुदा बलाहाका दुई युवक घाईते
१३ फाल्गुन, मोरङ। मोरङको सुन्दरदुलारी नगरपालिका-१० चिउरा मिल अगाडी मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। घाईते हुनेमा मोटरसाईकल चालक सुनसरी बलाहा बस्ने २० बर्षिय रिसिक चौधरी र मोटरसाईकलको पछाडी सवार रहेका सोहि स्थान बस्ने १९ बर्षिय बिक्रम चौधरी रहेका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को २१ प २२५१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना...

सुनसरी रेडक्रसका सवै निर्विरोध

सुनसरी रेडक्रसका सवै निर्विरोध
इनरुवा फागुन १३ । नेपाल रेडक्रस सोसाइटी सुनसरीको नयाँ कार्य समिती निर्वाचनमा सवै जना निर्विरोध निर्वाचित भएका छन । धरानमा शुक्रवार भएको निर्वाचनमा सवै पदमा एक एक जनाको मात्र उमेदवारी परेकाले १३ सदस्यीय जिल्ला कार्यसमिती निर्विरोध निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ । थप ४ बर्षे कार्यकालका लागी भएको कार्य समितीको निर्वाचनमा सभापती उमेश थापा नेतृत्वको समिती चयन भएको निर्वाचन अधिकारी विनोद कु...

सिलिण्डर पड्कदाँ गम्भिर घाइते माझीको मृत्यु (अपडेट)

सिलिण्डर पड्कदाँ गम्भिर घाइते माझीको मृत्यु (अपडेट)
सुनसरी १३ फागुन /सुनसरीको सिमरियामा लागेको शिवरात्री मेलामा वेलुनमा हावा भर्न राखेको ग्यास सिलिण्डर पडकदा गम्भिर घाइते सोमराज माझीको मृत्यु भएको छ । गम्भिर अवस्थाका माझीलाई नोवेल अस्पतालबाट थप उपचारकालागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । मृत्यु हुने माझी जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरी जवान रहेको खुल्न आएको छ ।...

शिवरात्री मेलामा शिलिण्डर पडकदा दशजना घाइते

शिवरात्री मेलामा शिलिण्डर पडकदा दशजना घाइते
सुनसरी १३ फागुन / शिवरात्रीका अवसरमा सुनसरीको सिमरिया ९ मा रहेको शिव मन्दिरमा लागेको मेलामा वेलुनमा हावा भर्न राखेको ग्याँस सिलिण्डर पड्कदा दशजना घाइते भएका छन । मेलामा वेलुन फुलाएर बेच्नका लागि भगवानलाल साहुले प्रयोग गरेको सिलिण्डर पड्कदा दस जना घाइते भएका हुन् । घाइते मध्ये तीनजना गम्भीर रहेको सुनसरी प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा मोरंग कटहरीका शोमराज माझी ,मोरंग गछियाकी तारा मण्डल ...

सुनसरीका सिडिओ फेरिए – गोपाल पराजुलीले पाए जिम्मेवारी

सुनसरीका सिडिओ फेरिए – गोपाल पराजुलीले पाए जिम्मेवारी
अमर काफ्ले, इनरुवा,१३ फागुन / सुनसरीका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । मंसिर ८ गतेबाट सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका लोकनाथ पौड्यालको बिहीवार अवेर सरुवा भएको छ । पौड्यालको स्थानमा गृहले प्रजिअका रुपमा गोपाल पराजुलीलाई सुनसरी पठाएको छ । पराजुली केहि महिनाअघि सुनसरीमा सहायक प्रजिअ रही बढुवामा परेका व्यक्ति हुन् । गृह मन्त्रालयले बिहीवार दिउँसोनै ३५ जिल्लाका प्रजिअ तथा स...

सुनसरीमा नयाँ एलडीयो

सुनसरीमा नयाँ एलडीयो
इनरुवा फागुन १२/ जिल्ला विकास समिति सुनसरीमा नयाँ एलडीयो हाजिर भएका छन् ।रामप्रसाद वाग्ले व्यक्तिगत कारण देखाउँदै मन्त्रालयबाट सरुवा मिलाएर रवाना बुझी हिँडेपछि रिक्त रहेको स्थानमा नयाँ एलडीयो तुलषी श्रेष्ठले जिम्मेवारी सम्हालेका हुन् । स्थानीय विकास अधिकारी श्रेष्ठले बिहीवारनै कार्यालय पुगी जिम्मेवारी सम्हालेका छन् ।

यथास्थितीमा राष्ट्रिय खोप कार्यक्रममा सहभागिता नजनाउने स्वास्थ्यकर्मीको निर्णय

यथास्थितीमा राष्ट्रिय खोप कार्यक्रममा सहभागिता नजनाउने स्वास्थ्यकर्मीको निर्णय
फागुन १२ इनरुवा/स्वास्थ्य सेवा ऐन कार्यान्वयनको माग गर्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुको पूर्वाञ्चल क्षेत्रीय भेलाले यथास्थितीमा कुनैपनि राष्ट्रिय कार्यक्रममा सहभागिता नजाउने निर्णय गरेको छ ।सुनसरीको इनरुवामा आज सम्पन्न संयुक्त ट्रेड युनियन पुर्वाञ्चल क्षेत्रिय संघर्ष समितिको बैठकले माग पुरा नभएसम्म कुनैपनि राष्ट्रिय कार्यक्रममा स्वास्थ्यकर्मीहरुको सहभागिता नरहने निर्णय गरेको हो । पूर्वका १४ ज...

इनरुवाका मठ मन्दिरमा सेनाको सफाई

इनरुवाका मठ मन्दिरमा सेनाको सफाई
इनरुवा फागुन १२/सुनसरी सदरमुकाम इनरुवामा रहेका मठ मन्दिरमा नेपाली सेनाको टोलीले सरसफाई गरेको छ । बटुक दल गण इनरुवा गुल्मले सदरमुकाममा रहेका मठ मन्दिर तथा सार्वजनिक पाटी पौवाको सरसफाई गरेको हो । सह–सेनानी आमोद कार्की नेतृत्वको टोलीले भगवति, काली , शनि र रामजानकी सहितका मन्दिरहरुमा सरसफाई गरेको हो ।साताव्यापी सेना दिवस मनाउने क्रममा नेपाली सेनाले मठ मन्दिर सरसफाईका साथै सार्वजनिक हितका विविध का...
trusted online casino malaysia