भोक्राहामा एमालेको चियापान

भोक्राहामा एमालेको चियापान
कात्तिक १८ भोक्राहा/नेकपा एमाले भोक्राहाले बडादशै, दिपावली तथा छैठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । श्री निमावी भोक्राहामा आयोजित कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता, स्थानिय संघसंस्थाका प्रतिनीधिहरुका साथै नेकपा एमालेका केन्द्र तथा जिल्ला तहका नेताहरुको सहभागीता रहेको थियो । आपसी सदभाव र भाइचारा कायम राख्ने उद्येश्यसाथ कार्यक्रमको आयोजना गरिएको अज...

स्वर्गद्वारीमा सरसफाई

स्वर्गद्वारीमा सरसफाई
इनरुवा कात्तिक १८/स्वर्गद्वारी घाट सहित आसपासको क्षेत्रमा सरसफाई गरिएको छ । घाट निर्माण समितिका अध्यक्ष पहलबहादुर कटुवालको नेतृत्वमा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । नजिकिँदो छठ पर्वलाई मध्यनजर गरी आयोजना गरिएको कार्यक्रममा घाट परिषरका साथै सुनसरी खोला किनारमा रहेको फोहोर सफाई गरिएको थियो । स्वर्गद्वारी घाट निर्माण समितिका पदाधिकारीका साथै नेपाली सेना,ससस्त्र ,जनपथ प्रहरी र युथ अफ इनर...

करेण्ट लागेर मृत्यु

करेण्ट लागेर मृत्यु
सुनसरी कात्तिक १८। सुनसरीको चिमडीमा तिहारका अवसरमा लागेको मेलाको विद्युतीय सामान खोल्ने क्रममा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चिमडी ३ घर भएका झोपी मेहताले बाँस उखेल्ने क्रममा ११ हजार भोल्टको हाईस्टेशनमा छुदाँ घटनास्थलमा मृत्यु भएको हो । यसै गरि सोही घटनामा परि अमडुवा २ का प्रकाश यादव र विजय ऋषिदेव गम्भिर घाइते भएका छन । घाइते दुवै जनाको लाइफ गार्ड अस...

मानव अधिकार संगठनलाई विस्तार गरिने

मानव अधिकार संगठनलाई विस्तार गरिने
इनरुवा कात्तिक १८/नेपाल मानव अधिकार संगठनलाई सुनसरीमा विस्तार गरिने भएको छ । सुनसरी शाखा सभापति विरेन्द्र साहले शाखा विस्तार गर्न लागिएका जानकारी दिएका हुन् । पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष साहले संगठनको मजबुतिकरणकालागि जिल्लाभर अभियान चलाइन लागेको बताए । मानव अधिकार संगठन सुनसरी शाखाले समग्र जिल्लाको मानव अधिकारको अवस्था, मानव अधिकारको रक्षा, अनुगमन र सामाजिक सहभागिता जस्ता क्षेत्रमा काम...

देउसीको रकम सामाजिक कार्यमा खर्चने

देउसीको रकम सामाजिक कार्यमा खर्चने
इनरुवा कात्तिक १८/युथ अफ इनरुवाले देउसी खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा खर्चने भएको छ । देउसी कार्यक्रम मार्फत संकलन भएको ४० हजार रकम विविध सामाजिक कार्यकालागि खर्चिने युथ अफ इनरुवाका अध्यक्ष सहयोगी मिथलेसले बताए । युथले इनरुवामा पहिलो पटक देउसीभैलो कार्यक्रम गरेको हो । जातीय पहिरनमा सजिएका युवायुवती सहितको टोलीले देउसी खेलेको थियो । युथ अफ इनरुवाका सल्लाहकार सरोज वराल नेतृत्वमा रहेको ...

सुनसरीमा बन्ने भए १५३ वडा

सुनसरीमा बन्ने भए १५३ वडा
अमर काफ्ले इनरुवा कात्तिक १८ । सुनसरीमा १५३ वटा वार्ड कायम गरिएका छन् । स्थानीय निकाय पुर्नसंरचना समिति सुनसरीले जिल्लालाई १५३ वटामा वडामा विभाजन गरेको हो । समितिले सुनसरीलाई १२ वटा स्थानीय निकाय कायम गरेको छ । स्थानीय विकास अधिकारी संयोजकत्वको समिति स्थानीय निकाय पुर्नसंरचना समितिले धरान र इटहरी उपमहानगरपालिका बाहेकका गाविस थपिएका नगरपालिका र गाउँपालिकाको वार्ड विभाजनलाई अन्तिम रुप दिएको हो । ...

भोटेपुलमा दुर्घटना हुदा मामा भाञ्जिको मृत्यु

भोटेपुलमा दुर्घटना हुदा मामा भाञ्जिको मृत्यु
१७ कार्तिक, इनरुवा। इनरुवा सडक खण्ड अन्तर्गत भोटेपुलमा माइक्रो र मोटरसाइकल आपसमा ठोकिदा दुई जनाको घटना स्थलमा ज्यान गएको छ। बा ४ ख ५०७६ नं. को माइक्रो र माइक्रोको टक्करबाट को १ प ८३६३ नं. मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी ८ का अशोक यादव र १७ बर्षिया निशा यादव रहेका छन्।मृत्यु हुने दुबै जना मामा भाञ्जि हुन्। प्रहरीका अनुसार माइक्रोले मोटर...

संसोधन दर्ता पश्चात मधेशका विरोधीको पहिचान : महतो

संसोधन दर्ता पश्चात मधेशका विरोधीको पहिचान : महतो
इनरुवा /सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान कार्यान्वयनका लागि मधेशका मुद्धा सम्बोधन बाहेकको विकल्प नरहेको बताउनु भएको छ । सुनसरीको इनरुवा पुग्नु भएका महतोले प्रचण्ड नेतृत्वको सरकारलाई मोर्चाको समर्थन संविधान संसोधनका लागि भएको स्पष्ट पार्दै संसोधनको प्रकृयामा देखिएको ढिलासुस्तीले आशंका उब्जाएको बताउनुभयो । सीमाङकनका सवालमा आफुहरुले उठाएका मुद्धा सम्बोधनकालागि समेत संविधान सं...
trusted online casino malaysia