सुनसरीमा करम पुजाको रौनक
इनरुवा असोज ३ /सुनसरीमा यतिवेला उराँव समूदाय करम पुजामा व्यस्त छन् ।नेपालकै सबैभन्दा बढी उराँव समूदायको बसोबास रहीआएको सुनसरीमा करम पुजा तथा महोत्सव आयोजना गरिएको छ ।करम पुजा उराँव समूदायको ठुलो र महत्वपूर्ण चाड हो । भाद्र पुर्णिमाको दिन सामूहिक जमरा राखेर नाँचगान सहित पर्व मनाउन सुरु गरिन्छ ।
घरघरमा गएर जातिय भेषभुषा सहितको नृत्यका साथै सामूहिक जमरा राखिएको स्थानमा पुजाआजा गरी बाजागाजा सहित...












