पृथ्वी जयन्तीमा पत्रकारहरुलाई सम्मान

पृथ्वी जयन्तीमा पत्रकारहरुलाई सम्मान
इनरुवा पुष २७/ राप्रपा नेपाल जिल्ला कार्य समिति सुनसरीले सदरमुकाम इनरुवामा औपचारिक कार्यक्रमकावीच पृथ्वी जयन्ती मनाएको छ । पृथ्वी जयन्तीका अवसरमा सरकारले राष्ट्रिय विदा नदिएको प्रति रोष प्रकट गरेका पार्टी कार्यकर्ताहरुले राष्ट्र नायकको सम्मानमा कोही कसैले आनाकानी गर्न नहुनेमा जोड दिएका थिए । २ सय ९४औं पृथ्वी जयन्तीको अवसर पारी आयोजित कार्यक्रममा इनरुवाका कार्यरत कृयाशिल पत्रकारहरुलाई सम्म...

शारदाले मनायो अभिभावक दिवस

शारदाले मनायो अभिभावक दिवस
इनरुवा पुष २६ / शारदा उच्च मावि वलाहाले अभिभावक दिवसको अवसर पारेर वार्षिक उत्सव मनाएको छ ।विद्यालयले औपचारिक कार्यक्रमको आयोजना गरी ५९ औ वार्षिक उत्सव मनाएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहता, सहायक जिल्ला शिक्षा अधिकारी तुलषीनारायण अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्...

होटल व्यवसायीलाइ खाद्य स्वच्छनता तालिम

होटल व्यवसायीलाइ खाद्य स्वच्छनता तालिम
इनरुवा पुष २६/ होटल व्यवसायीहरुलाई पेशागत कारोवारलाई मात्र नभई मानव स्वास्थ्यका बारेमा समेत सचेत भएर कारोवार संचालनमा ल्याउन आग्रह गरिएको छ । सुनसरीको इनरुवामा होटल व्यवयीहरुका लागि लक्षित गरी आयोजना गरिएको खाद्य स्वच्छनता सम्वन्धि तालिममा सरोकारवालाहरुले त्यस्तो आग्रह गरेका हुन् । उद्योग वाणिज्य संघ इनरुवाको संयोजनमा खाद्य तथा गुण नियन्त्रण विभाग क्षेत्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण विभ...

विद्यालय क्षेत्र सुधार कार्यक्रम

विद्यालय क्षेत्र सुधार कार्यक्रम
इनरुवा पुष २३/ जिल्लामा रहेका सामूदायिक विद्यालयको शैक्षिक गुणस्तरका बारे सरोकारवालावीच छलफलको आयोजना गरिएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरीले आज इनरुवामा आयोजना गरेको कार्यक्रममा राजनैतिक दलका प्रतीनीधिका अलावा शिक्षक संघसंगठनका प्रतीनिधी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यालय क्षेत्र सुधार कार्यक्रम र अनौपचारिक शिक्षा तथा निरन्तर सिकाई कार्यक्रमका बारेमा चर्चा गरिए...

बालविवाह न्यूनिकरणका सन्दर्भमा महिला नेतृहरुसँग संवाद

बालविवाह न्यूनिकरणका सन्दर्भमा महिला नेतृहरुसँग संवाद
इनरुवा पुष २३/ बाल विवाह न्यूनिकरणका साथै बालअधिकारको संरक्षण लगायतका विषयमा जिल्ला तहका महिला नेतृहरुसँग संवादको आयोजना गरिएको छ । युएन एफ पिए को सहयोगमा महिला तथा बालबालिका कार्यालय सुनसरीले जिल्ला स्थित रहेका राजनैतिक दलका अगुवा महिला नेतृहरुसँग संवाद गरेको हो । बालबिवाहका अलावा, दाइजो प्रथा, बालअधिकारको संरक्षण, किशोरी शिक्षा प्रजनन स्वास्थ जस्ता विषयमा केन्द्रित रहेर बहस चलाइएको थियो । ...

पश्चिम कुशाहामा बाल भेला

पश्चिम कुशाहामा बाल भेला
इनरुवा पुष २०/ सरकारको केन्द्रिय नीति अनुरुप सुनसरीका गाविसहरुमा बाल केन्द्रित रणनीतिक योजना तर्जुमाको तयारी सुरु गरिएको छ । जिल्लाका ३९ गाविसमै क्रमश बाल योजना तर्जूमाका लागि बाल भेलाहरु ठाकिन थालिएको हो । स्थानीय तहमा रहेका बाल क्लबहरुबाट आएका सुझाव र आवश्यक्ता अनुरुपका प्रारम्भिक योजना छनौट गरी सोही अनुरुप रणनीतिक योजना तयारी गर्ने जिल्ला विकास समिति सुनसरीले जनाएको छ । जिल्ला विकास समिति...

विपन्नलाई कम्बल बितरण

विपन्नलाई कम्बल बितरण
इनरुवा पुष २०/ जिल्ला दैवि प्रकोप उद्धार तथा व्यवस्थापन समिति सुनसरीले विपन्न परिवारलाई लक्षित गरी कम्बल वितरण गरेको छ । विपन्न परिवारलाई लक्षित गरी प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ सहितको टोलीले कम्बल वितरण गरेको हो । लौकही गाविसमा आयोजित औपचारिक कार्यक्रमकावीच प्रजिअ पन्थ नेतृत्वको टोलीले स्थानीय गरिव तथा असहाय परिवारलाई कम्बल बाँडेको हो । विपन्न समूदायको बाहुल्यता रहेको लौकही ४ र ९ नम्बर...

दुवै पक्ष्यको दावीसँगै छानविन समिति

दुवै पक्ष्यको दावीसँगै छानविन समिति
इनरुवा पुष १९ / एकाएक नम्बरी जग्गाको रुख काटिएको भन्दै सुनसरीको लौकही गाविसमा दुई पक्षिय वीच विवाद बढेको छ । आफ्नो नम्बरी जग्गामा रहेको रुख काट्न पाउ भनि एक पक्ष्यले दावी गरीरहँदा अर्को पक्ष्यले समेत सो रुख आफ्नो नम्बरीमा पर्ने अडान लिएपछि दुवै पक्ष्यवीच विवाद चर्र्केको हो । सुनसरीको लौकही ५ मा रहेको कित्ता नम्बर ६ को १ कट्ठा ६ धुर बढी जग्गा आफ्नो नम्बरी भएको र आफुले लगाएका विभिन्न जातका रु...

अतिक्रमित सार्वजनिक जग्गा नियन्त्रणमा लिइने

अतिक्रमित सार्वजनिक जग्गा नियन्त्रणमा लिइने
इनरुवा पुष १९ / जिल्ला वन कार्यालय सुनसरीले वन क्षेत्र अतिक्रमण गरि उपभोगमा रहेका सरकारी जग्गा नियन्त्रणमा लिने पहल सुरु गरेको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले जिल्ला वन सँगको समन्वयमा अतिक्रमित सरकारी वनक्षेत्र फिर्ताको प्रयास थालेको हो । वनक्षेत्र फडानी गरी बसालिएका वस्ती र जग्गा जमिनमा परिणत गरिएका वन क्षेत्रको भूभागलाई समितिले मातहतका निकायसँगको संयुक्त पहलमा नियन्त्रणक...
trusted online casino malaysia