पानीमा डुबेर बालिकाको मृत्यु

असोज २३ इनरुवा पानीमा डुबेर सुनसरीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा ५ बस्ने मो.सुमन मियाको डेढ वर्षिया छोरी खुश्बु खातुन रहेको प्रहरी जनाएको छ । छिमेकीको घर नजिकै रहेको ट्युवेलको पानी जम्ने खाल्डोमा डुबेर खुश्बुको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।

विषादी सेवनले दुई युवतिको ज्यान गयो

असोज २३ इनरुवा विषादी सेवनका कारण सुनसरीमा दुई किशोरीको ज्यान गएको छ । महेन्द्रनगर २ बस्ने वर्ष १८ कि लक्ष्मी यादवको विषादी सेवनका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अशक्त भई उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकी यादवको उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाई छ । त्यसैगरी विषादी सेवनकै कारण डुम्राहा ६ कि १६ वर्षिय विनिता सिंहको समेत...

ऐन विपरित संचालनमा रहँदा सहकारी धराषायी

ऐन विपरित संचालनमा रहँदा सहकारी धराषायी
२३ असोज, इनरुवा सहकारीको सिद्धान्त, मूल्य र मान्यता विपरित सहकारी संस्थाहरु आफुखुसी संचालन हुन थालेसँगै पछिल्लो समय सहकारी संस्थाहरु धराषायी बन्ने तर्फ उन्मुख हुन थालेको सरोकारवालाहरुले औल्याएका छन् । नवयुग बहुउद्येश्यीय सहकारी संस्था लिमिटड इनरुवाको १६औं साधारणसभामा बोल्ने वक्ताहरुले एैन कानुन विपरीत संचालित सहकारी संस्थाहरु पछिल्लो समय धराषायी उन्मुख देखिन थालेका बताएका हुन् । साधारणसभामा ब...

लागु औषध बारे विद्यार्थीलाई सचेतना कक्षा

लागु औषध बारे विद्यार्थीलाई सचेतना कक्षा
अमर काफ्ले असोज २२ इनरुवा लागु औषध दुर्व्यवसनी र त्यसको दीर्घकालिन असरका विषयमा विद्यार्थीहरुका लागि सचेतना कक्षा संचालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवा स्थित रहेको शारदा उच्च माविमा अध्ययनरत विद्यार्थीहरुका लागि सचेतना कक्षा संचालनमा ल्याएको हो ।प्रहरी नीरिक्षक धनप्रसाद सिवाकोटी, प्रहरी हवल्दार संजीवकुमार अधिकारी सहितको टोलीले उच्च माध्यमिक तहमा अध्ययनरत विद्...

तराई मधेशमा आन्दोलन चर्काउने गोइतको चेतावनी

तराई मधेशमा  आन्दोलन चर्काउने गोइतको चेतावनी
असोज २२ इनरुवा अखिल तराइ मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइत यतिवेला सुनसरीमा रहेको खुल्न आएको छ । केहिदिनयता गोइत सुनसरीका सीमावर्ति दक्षीणी गाविसहरुमा गोप्य वार्तामा सकृय रहेको स्रोतले बताएको छ ।विगत ५५ दिन देखि तराई मधेशमा जारी आन्दोलन प्रति समर्थन जनाउँदै आएका गोइतले स्वतन्त्र तराइ मधेशका लागि पक्ष्यमा बहस चर्काएको बुझिएको हो ।विषेश भेला बताइएको कार्यक्रम स्थल भने गोप्य राखिएको छ ।कार...

इनरुवामा पुत्ला दहन

इनरुवामा पुत्ला दहन
२१ असोज इनरुवा । वृहत मधेश संघर्ष समिति सुनसरीले सदरमुकाम इनरुवामा आज साँझ प्रमुख दलका शिर्षस्थ नेताहरुको पुत्ला दहन गरेको छ । मधेश र थारु विरोधी संविधान जारी गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको संघर्ष समिति सुनसरीले नारावाजी सहित शिर्षस्थ नेताहरु प्रधानमंत्री शुशिल कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड,एमाले अध्यक्ष केपी ओली, गृहमंत्री बामदेव गौतम र एमाले वरिष्ठ नेता झलनाथ खनालको सामूहिक पुत्ला...

सवारी दुर्घटना गम्भिर घाइते

२१ असोज, इनरुवा । भोक्राहा ५ स्थित राजमार्गमा रिक्सालाई को २० प १४४६ नं. को मोटरसाइकलले ठक्कर दिंदा रिक्सामा सवार नरसिंह ९ बस्ने वर्ष ७५ को लाल मोहमद मिया घाइते भएका छन् । गम्भिर घाइते उनको गोल्डन अस्पताल विराटनगरकम उपचार भैरहेको सुनसरी प्रहरीले जनाएको छ । मोटरसाइकल सहित चालक नरसिंह ९ बस्ने वर्ष ५२ को महेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी को ९ प ३६२ नं. को मोटरसाइकलको ठक्करबाट प...

रक्तदान मार्फत सद्भावको सन्देश

रक्तदान मार्फत सद्भावको सन्देश
अमर काफ्ले इनरुवा थारु समूदायका युवाहरुले रक्तदान गरी आपसी सद्भाव र वन्धुत्वको भाव दर्शाएका छन् । सुनसरीको इनरुवा ९ बलाहामा थारु कल्याणकारिणी सभा इनरुवा नगर कमिटीले आयोजना गरेको कार्यक्रममा स्थानीय युवा लगायतकाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम मार्फत ५५ पिन्ट रगत जम्मा भएको आयोजकले बताएको छ । रक्तदान सँगै थारु नगर कमिटीले औपचारिक कार्यक्रमको समेत आयोजना गरेको थियो । नगर कमिटी अध्यक्ष मह...

युद्ध जित्नु भन्दा कम छैन् पेट्रोल भर्नु

युद्ध जित्नु भन्दा कम छैन् पेट्रोल भर्नु
अमर काफ्ले इनरुवा भारतको अघोषित नाकाबन्दकीका कारण पेट्रोलियम पदार्थको अभाव चुलिएपछि सर्वसाधारणको सहजताका लागि भन्दै सुनसरी प्रशासनले सीमित पम्पबाट पेट्रोल उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षाकर्मी परिचालन गराएर सदरमुकाम इनरुवाका तीन वटा पम्पबाट पेट्रोल वितरणको व्यवस्था मिलाएको हो । इनरुवा स्थित रहेका सुनसरी, नुतन र नारायणी पम्पहरुबाट आज विहान ७ बजेबाट पेट्रोल वितरण थालिएको...

झुन्डिएर आत्महत्या

अमर काफ्ले ईनरुवा सुनसरी सत्तेरझोडा ६ बस्ने सराजुल खातुनको छोरी वर्ष १२ कि कविरा खातुन आफनै घरको दलीनको बाँसमा सलको पासो लगाई झुण्डीएको अवस्थामा फेला परेकिछिन।घटनाबारे  थप अनुसन्धान जारी रहेको सुनसरि प्रहरीले जनाएको छ।
trusted online casino malaysia