जारी निरन्तरको बर्षासँगै कोशीको जलस्तर बढ्दै, चतरामा वार्निङ लेवलमा पानी
इनरुवा। सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । पूर्वी पहाडी भेगमा जारी निरन्तरको बर्षासँगै कोशी नदीको जलस्तर बढ्ने क्रममा छ । सप्तकोशी नदीमा हिजोको तुलनामा आज पानीको बहाव बढ्दो क्रममा देखिएको छ । पहाडी भेगमा भएको वर्षाको पानी नदीमा मिसिएर मापनमा आइपुग्न घण्टौं लाग्ने भएकाले समेत कोशीको बहाव आज रातीबाट थप बढ्न सक्ने आंकलन गरिएको छ ।
कोशीको चतरा मापन केन्द्रले दिएको जानकारी अनुसार सो स्थानमा ...












