इनरुवाको बिच बजारमा भिषण आगलागी

इनरुवाको बिच बजारमा भिषण आगलागी
सुनसरीको इनरुवा बजारमा भिषण आगलागी भएको छ। इनरुवाको बिच बजारमा रहेको हनुमान बस्त्रालयबाट सुरु भएको आगलागीले उग्र रुप लिएको छ। हनुमान बस्त्रालय संगै टासिएको सृजना फाईनान्स समेत भिषण आगोको चपेटामा परेकोछ। प्रत्यक्षदर्शीका अनुसार आगलागी विहान ५ बजेबाट सुरु भएको थियो । आगलागी अहिले सम्म पनि नियन्त्रण भन्दा बाहिर रहेको छ । आगलागी नियन्त्रणका लागि स्थानिय, सुरक्षानिकाय तथा दमकलले प्रयास गरिरहेको जनाई...

प्रहरी प्रवक्ताले नै कोरोना सम्वन्धी झुटो सूचना दिए पछि……..

प्रहरी प्रवक्ताले नै कोरोना सम्वन्धी झुटो सूचना दिए पछि……..
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी बिनोद शर्माले कोरोना सम्वन्धि दिएको झुटो सूचनाका कारण झण्डै २४ घण्टा नगरवासी त्रासमा बसे । स्थानीय पपुलर एफएमको कोभिड १९ सम्वन्धि कार्यक्रममा प्रवक्ता शर्माले इनरुवामा रहेको बैंकका एकजना व्यक्ति कोरोना संक्रमित भेटिएको बताएका थिए । राती ८ बजे प्रशारित उक्त कार्यक्रममा पत्रकार अजित झा सँगको कुराकानीमा डिएसपी शर्माले कोरोना पोजेटिभ पाइएका व्यक्ति सँगको...

कारको ठक्करबाट भण्टाबारीमा ७ बर्षिय बालकको मृत्यु

कारको ठक्करबाट भण्टाबारीमा ७ बर्षिय बालकको मृत्यु
इनरुवा । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीमा कारको ठक्करबाट एकबालकको मृत्यु भएको छ । शनिबार अन्दाजी १ बजेको समयमा बा १६ च १९३० नम्बरको कारको ठक्करबाट बालकको मृत्यु भएको छ । स्थानीय ७ बर्षिय नुरुल इस्लामको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयवासीले केही सडक बन्द गर्दै नाराबाजी गरेका थिए । बालकको शवलाई पोस्टमार्टमको लागि इनरुवामा राखिएको छ...

देवांगञ्ज, हरिनगर र भोक्राहामा थप १० जनामा संक्रमणको पुष्टी

देवांगञ्ज, हरिनगर र भोक्राहामा थप १० जनामा संक्रमणको पुष्टी
सुनसरीमा आज थप १० जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। सुनसरीको हरिनगर गाउपालिका, भोक्राहा नरसिंह गाउपालिका र देवांगञ्ज गाउपालिकामा थप संक्रमित व्याक्ति फेला परेका हुन। आज देवांगञ्ज गाउपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको हो। देवांगञ्ज वडा नं. १ घर भएका वर्ष २४ की एक महिला तथा वडा नं. २ घर भएका वर्ष ३० का एक पुरुषमा संक्रमण देखिएको देवांगञ्ज गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद मेह...

जनप्रतिनिधिको दवाब पछि प्रशासकीय अधिकृतले कार्यालय छाडे

जनप्रतिनिधिको दवाब पछि प्रशासकीय अधिकृतले  कार्यालय छाडे
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ३ मा बनिसकेको कालोपत्रे सडकलाई कागजी प्रकृयामा नयाँ देखाएर भुक्तानीको प्रकृया अघि बढाउन खोजिएको विषयलाई लिएर केहि दिन यता कर्मचारी र जनप्रतिनिधिमा मनमुटाव चुलिएको थियो ।काम सम्पन्न भई भुक्तानी लगायतका सबै प्रकृया सम्पन्न भैसकेको अवस्थामा जनप्रतिनिधि कै रोहवर र दबाबमा सोही सडकका नाममा थप रकम निकासा गर्न लागिएको विषयलाई कर्मचारीहरुले गैर कानुनी ठहरिने ...

सुनसरीमा विपी कोईराला अध्ययन प्रतिष्ठान गठन

सुनसरीमा विपी कोईराला अध्ययन प्रतिष्ठान गठन
इनरुवा । सुनसरीमा विपी कोईराला अध्ययन प्रतिष्ठान गठन गरिएको छ । सुनसरी निर्वाचन क्षेत्र नं ४ मा विपी कोईराला अध्ययन प्रतिष्ठान गठन गरिएको हो। निर्वाचन क्षेत्र नं ४ का कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भेलाले सो प्रतिष्ठानको गठन गरेको हो। विपी कोईराला अध्ययन प्रतिष्ठानको अध्यक्ष पदमा नन्द कुमार सिग्देललाई चयन गरिएको हो। प्रतिष्ठानको उपाध्यक्षमा ध्यानी उराँव, सचीवमा नजामुद्दिन अन्सारी, कोषाध्यक...

इनरुवाका शैलुन असार १५ सम्म नखुल्ने

इनरुवाका शैलुन असार १५ सम्म नखुल्ने
लक डाउन खुकुलो हुँदै जाँदा बजार पसल खुल्न थालेपनि इनरुवाका शैलुन पसल भने तत्काल नखुल्ने भएको छ । इनरुवाको बजार विहान १० बजेदेखि अपरान्हको ४ बजेसम्म खुल्न थालेपनि नाई संघले भने शैलुन असार १५ सम्म पूर्ण रुपमा बन्द राख्ने निर्णय गरेको छ । नेपाल नाई संघ कार्य समिति इनरुवाका सचिव संजिव ठाकुरका अनुसार भिडभाड बढ्दा कोरोना भाइरसको जोखिम बढ्ने तर्फ सचेत रहँदै तत्काकालागि पसल बन्द राख्ने निर्णय गरिएको हो...

बराहक्षेत्र नगरपालिकाको थप एक जनामा कोरोना संक्रमणको पुष्टी

बराहक्षेत्र नगरपालिकाको थप एक जनामा कोरोना संक्रमणको पुष्टी
आज बराहक्षेत्र नगरपालिकाको थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। बराहक्षेत्र नगरपालिका ६ स्थित महेन्द्र माबिको क्वारेन्टिनमा रहेका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उक्त क्वारेन्टिनमा रहेका २० जनाको स्वाब संकलन गरिएकोमा मंगलबार एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको बराहक्षेत्र नगरपालिकाकि स्वास्थ प्रमुख सुलोचना चौधरीले जानकारी दिइन। उनका अनुसार संक्रमित ब्यक्ति बराहक्षेत्र नपा ...

पूर्वाधारको सडक तर कमसल सामाग्री ! मुछिए गाउँकै प्रतिष्ठितहरु । किन लाग्यो आरोप ? (भिडियो)

पूर्वाधारको सडक तर कमसल सामाग्री ! मुछिए गाउँकै प्रतिष्ठितहरु । किन लाग्यो आरोप ? (भिडियो)
पूर्वाधारको सडक तर कमसल सामाग्री ! मुछिए गाउँकै प्रतिष्ठितहरु । किन लाग्यो आरोप स्थलगत रिपोर्ट भिडियोकालागि तल क्लिक गर्नुहोसः

कोशीको क्वारेन्टिनमा बस्दै आएका युवामा कोरोना संक्रमणको पुष्टी

कोशीको क्वारेन्टिनमा बस्दै आएका युवामा कोरोना संक्रमणको पुष्टी
इनरुवा। सुनसरीको कोशी गाउपालिकामा एक जना कोरोना संक्रमितको पुष्टी भएको छ। कोशी गाउपालिकाको क्वारेन्टिनमा बसेका १९ वर्षिय युवामा कोरोनाको संक्रमण देखिएको कोशी गाउपालिका स्वास्थ्य शाखाका प्रमुख मो. जमिल अख्तरले बताएका छन। संक्रमित युवा कोशी गा. पा. वडा नं. ५ मा रहेको दारुल हुदा अल सलफिया क्वारेन्टिनमा जेठ १३ गते देखि बस्दै आएका छन। उनि भारतको माहाराष्ट्रमा अध्यनरत थिए। स्वास्थ्य शाखाका प्रमुख अख...
trusted online casino malaysia