थुनुवा मृत्यु प्रकरणमा प्रशासनमा सर्वपक्षीय बैठक
इनरुवा। जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवा मृत्युको विषयलाई लिएर सुनसरी प्रशासनमा सर्वपक्षीय बैठक डाकिएको छ । बैठक थुनुवाको मृत्यु पश्चात चर्केको माहोल साम्य पार्ने विषय केन्द्रीत रहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसिरहेको छ । सो बैठकमा सुरक्षा निकायका प्रमुख सहित राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
बैठकले शवको अन्त्यष्टीको विषयसँगै घटनाको छानविन र क...












